एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनलाई चुनौती दिइरहेका विपक्षी डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जोन बाइडेन मंगलबार क्लिनल्यान्डमा पहिलो बहसका दौरानमा आमने–सामने भए । राष्ट्रपतिय बहसका क्रममा टेलिभिजन प्रस्तोता फक्स न्युजका क्रिस वालेस र विपक्षी उम्मेदवार बोलिरहँदा ट्रम्पले निरन्तर हस्तक्षेप गरिरहे । उनी जसरी रिपोर्टहरुसँग स्पाइरिङ खेल्छन्, बहसमा पनि त्यही रणनीतिमा प्रस्तुत भए ।

९० मिनेटको यस बहसका दौरानमा ट्रम्पले नीतिका विषयमा बहस गर्ने प्रयासलाई छाँयामा पारे, उनले दुबै उम्मेदवारले बराबर समय आफ्ना धारणा राख्न पाउनुपर्ने नियम तोड्दै आफैं एक्लैले अन्यलाई हप्काइरहे । जसकारण प्रस्तोता वालेसले बाध्य भएर  ‘बाइडेनलाई बोल्न दिऔं’ भन्नुपर्यो ।  बाइडेनले पनि पटक–पटक ट्रम्पलाई शान्त रहन भने । बहसकै दौरानमा टेलिभिजन प्रस्तोताले पनि आफुलाई कार्यक्रम सञ्चालन गर्नै अफ्ठ्यारो भएको धारणा राखे ।

‘यो निकै तातो बहस थियो,’ न्युजर्सीका पूर्वगभर्नर तथा ट्रम्पका सल्लाहकारले एबीसीसँग भने । उनले बाइडेनको प्रस्तुतिको पनि आलोचना गरे ।  ‘यो ९० मिनेट निकै रोचक रह्यो,’ निष्कर्षमा वालेसले भने । ३ नोभेम्बरमा राष्ट्रपतिय निर्वाचन हुनअघि फेरि पनि दुईबीच यस्तै बहस हुनेछ, त्यसक्रममा थप वादविवाद हुने अनुमान गरिएको छ ।

बहसका क्रममा ट्रम्पलाई स्वेत सर्वोच्चतावादी तथा सैन्य समूहको निन्दा गर्न भनियो, तर यो प्रश्नलाई उनले छल्न खोजे । यसअघि एफबिआई तथा होमल्यान्ड सेक्युरिटीका उच्च अधिकारीहरुले यसै महिना स्वेत सर्वोच्चतावादी समूहले हिंसात्मक गतिविधि निम्त्याउने खतरा अमेरिकामा बढेको चेतावनी दिएका थिए ।

कोभिड १९ का कारण बहसको सुरुवातमा  ट्रम्प र बाइडेनले हात मिलाउनु परेन । यद्यपि, दुबैको बडी ल्याङ्ग्वेजले धेरैको ध्यान खिच्यो ।  बहसको अधिकांश समय ट्रम्प आफ्नो प्रतिस्पर्धीविरुद्ध खनिए, उनले कहिले औंला ठड्याए भने कहिले बाइटेडका कुरामा असहमति जनाउन हात हल्लाए ।

यता, बाइडेनले ट्रम्पले हस्तक्षेप गरेर जनताका कुरा राख्न नदिएको आरोप लगाए ।  ‘तपाईहरु (अमेरिकी जनता) जे चाहनुहुन्छ, त्यसबारे ट्रम्प कुरा गर्न चाहाँदैंनन्,’ उनले बहसका क्रममा भने ।   ट्रम्पले बोलिरहेका बेला बाइडेनले कहिले टाउको हल्लाए, कहिले मुस्कान दिए त कहिले हाँसेर उनका कुरालाई उडाइदिए ।

जब, प्रस्तोता वालेसले ट्रम्पलाई २०१६ र २०१७ मा केवल ७ सय ५० डलरमात्रै कर तिरेर ठूलो रकम छली गरेको विषयमा प्रश्न राखे, तब ट्रम्पले यसलाई खारेज गरिदिए । यसअघि न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले कर छली गरेको समाचार छापेको थियो ।

ट्रम्पले भने, ‘मैले दशौं लाख डलर तिरेको छु र यसबारे तपाईहरुले हेर्न पाउनुहुनेछ ।’ यद्यपि, उनले कुनै प्रमाण भने पेश गरेनन् ।  ‘तपाईको ट्याक्स रिटन्र्स हामीलाई देखाउनुस्,’ बाइडेनले पनि बोलिहाले ।  जब वालेसले बाइडेनलाई प्रश्न सोधे । तब, उनले तुरुन्तै आफ्नो आर्थिक योजना पेश गरे । उनले कर्पोरेशन र धनाढ्यलाई फाइदा पु¥याउने ट्रम्पको कर कटौती योजना खारेज गर्ने बताए ।

READ MORE NEWS

अनअराइभल भिसासम्बन्धी सरकारको मापदण्डप्रति टानको असन्तुष्टि

काठमाडौं । नेपाल ट्रेकिङ एजेन्सिस् एशोसिएशन अफ नेपाल (टान) ले विदेशी पर्यटक आगमनका लागि नेपाल सरकारले व्यवस्था गरेको मापदण्डप्रति असन्तुष्टि जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रायले गत असोज ९ गते बनाएको पदयात्रा तथा पर्वतारोहण सर्त सम्बन्धी मापदण्ड २०७७ ले व्यवस्था गरेको पर्यटक क्वारेन्टिन र अनअराइभल भिसाको मापदण्ड प्रति टानले असन्तुष्टि जनाएको हो ।

मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आउने पर्यटकले अनिवार्य रुपमा ७ दिन क्वारेन्टिनमा बस्नु पर्ने छ भने अनअराइभल भिसाका लागि ट्राभल वा ट्रेकिङ एजेन्सीको सहयोगमा पर्यटन विभाग, बोर्ड र अध्यागमन विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ ।

७ दिन लामो क्वारेन्टिन र झन्झटिलो भिसा प्रक्रिया पर्यटकका लागि अव्यवहारिक भएको भन्दै उक्त मापदण्ड तत्काल संशोधन गर्न टानले सरकारसँग माग गरेको छ ।
‘कि त पर्यटक आगमन बन्द नै गर्नु प¥यो, कि त वातावरण सहज गर्नु प¥यो । अनावश्यक र झन्झटिलो व्यवस्था गरेर किन पर्यटकलाई अल्झाउने ?,’ टानका अध्यक्ष खुम सुवेदीले भने, ‘बरु नेपाल ‘नो मोर टुरिस्टि’ भनौं, जनवरी फेब्रअरीसम्म रोकौं । किन समस्या लिने ? नत्र, पर्यटक क्वारेन्टिन र अनअराइभल भिजामा लगाइएको प्रावधान तत्काल संशोधन गरियोस् ।’

कोभिड–१९ कै बीच खुल्ला गरिएको पदयात्रा तथा पर्वतारोहणको अनअराइभल भिसाका लागि अन्य स्वास्थ्य सुरक्षा तथा प्रावधानहरु ठीक भएपनि क्वारेन्टिन र भिसा प्रक्रिया भने उचित नभएको सुवेदीको भनाइ छ ।
७ दिन लामो क्वारेन्टिनमा र झन्झटिलो भिसा प्रक्रियाका कारण कोही पनि पर्यटक नेपाल नआउने दावी गर्दै अध्यक्ष सुवेदीले उक्त मापदण्डलाई संशोधन गरेर क्वारेन्टिनको समय अधिकतम तीन दिन बनाउनु पर्ने र अनअराइभल भिजा एयरर्पोट अध्यागमनमा नै उपलब्ध गराउने व्यवस्था हुनुपर्ने बताए ।

टानले आजै मन्त्रालयलाई मापदण्ड संशोधनका लागि आग्रह गर्ने उनले जानकारी दिए ।

भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता

रामेछाप । नगरलाई दूधमा आत्मनिर्भर बनाउन मन्थली नगरपालिकाले भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता दिँदै छ । नगरपालिकाभित्र स्थायी बसोबास गर्नेले दर्ता गरेको भैँसी फार्म एवं कृषकलाई भैँसी सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने भएको हो ।

नगरपालिकाले कार्यविधि नै बनाएर चालु आर्थिक वर्षमा ६०  भैंसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउने तयारी गरेको छ । नगरपालिकाले ३० दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न आग्रह गर्दै सूचना जारी गरेको छ ।

मापदण्ड नपुगेका, म्यादपछि प्राप्त भएका र बढीमा तीन माउ भैँसीभन्दा बढी सङ्ख्यामा प्राप्त भएका प्रस्तावलाई छनोट प्रक्रियामा समावेश नगरिने मन्थली नगरपालिका, पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले बताए ।  उनका अनुसार भैँसीको सुत्केरी भत्ता प्राप्त गर्न भैंसी सुत्केरी भएको निवेदन, वडा कार्यालयको सिफारिस, सम्बन्धित भैंसीधनी कृषकको नागरिकता, मान्यताप्राप्त पशु बीमा कम्पनीबाट भैँसी बीमा गराएको पोलिसीको प्रतिलिपि आवश्यक पर्छ ।
नगरपालिकाका उपप्रमुख मायाकुमारी कार्कीले कृषकलाई प्रोत्साहनस्वरुप भैँसीलाई सुत्केरी भत्ता वितरणको काम अगाडि बढाइएको बताए । मापदण्ड पूरा गरेर आउने कृषकलाई रु तीन हजार भैँसी सुत्केरी भत्ता उपलब्ध गराइन्छ । गत वर्षदेखि सुत्केरी भत्ता वितरणको काम अगाडि बढाएको नगरपालिकाले प्रोत्साहनभत्ता वितरणको कामलाई निरन्तरता दिने जनाएको छ ।


Your Views
Related News