काठमाडौँ । भनिन्छ, मायामा नै संसार अडिक छ। साँचो माया त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ।

माया विश्वास हो, मायामा आत्मसन्तुष्टि, सद्विचार, सद्भावना र सद्चरित्र छ भन्ने कुरामा दुई मत नहोला । मायामा सर्मपण, दया, करुणा, सहयोगी भावना हुनैपर्छ । मायामा सुख, आनन्दका सारा संसारको खुसीमा नै मायामा छ।

ज्योतिषको अनुसार केही यस्ता राशि भएका व्यक्ति छन्, जसलाई प्रेममा निकै बफादार मानिने गरिन्छ।

आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि :

वृष राशि
वृष राशिका मानिसहरु धेरै नै शान्त स्वाभावका हुन्छन् । जुन युवतीको राशि वृष हुन्छ उनी प्रेमको सम्बन्धमा कहिले पनि धोका नदिने खालकी हुन्छिन् भन्ने मान्यता छ। यस राशिकी युवतीले आफ्नो पार्टनरलाई धेरै नै माया गर्छिन् ।

कर्कट राशि
यस राशिका युवतीहरु निकै नै भावुक हुन्छन् । त्यसैले यिनीहरु आफ्नो पार्टनरलाई धोका दिँदैनन् र आफ्नो पार्टनरलाई धेरै नै माया गर्छन् ।

कन्या राशि
कन्या राशि भएकाहरुलाई धेरै नै समझदार मानिन्छ । कन्या राशि भएकी युवतीले पनि प्रेममा कहिले पनि धोका दिँदैनन् ।

वृश्चिक राशि
वृश्चिक राशि.यस राशिका मानिसहरु धेरै नै भावुक मानिन्छन्। यस राशिकी युवतीहरुले आफ्नो पार्टनरलाई साँचो माया गर्ने खालका मानिन्छन् र यिनीहरुले सम्बन्धको महत्वसमेत राम्ररी बुझेका हुन्छन् ।

मकर राशि
मकर राशिका युवतीहरु पनि धेरै नै भावुक खालका हुन्छन् । यिनीहरु जब कुनै केटासँग प्रेम गर्छन् तब पूरा सच्चाइका साथ गर्छन् र कहिले पनि अलग हुन चाहँदैनन् ।

READ MORE NEWS

यी राशिका पुरुष, जसले गर्छन् श्रीमतीलाई आफूभन्दा धेरै माया

काठमाडौँ । विवाह बन्धनमा बाँधिनु महिला पुरुष दुवैका लागि निकै सोचविचार गरि मात्र निर्णयलिनुपर्ने हुन्छ।

विवाह अघि नै महिला पुरुष दुबै जनाले यस्तो जीवन साथी होस् भन्ने सोच्छन् जसले उनीहरूलाई जिन्दगीभरिको साथ दिइरहोस् । विवाह पछि जीवनमा आउने हरेक दुख सुखमा जीवन साथीले साथ दिइयोस् भन्ने सबैको चाहाना हुन्छ।

ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुषहरूले आफ्नो प्रेमिका, श्रीमतीलाई धेरै माया गर्छन् उसको हरेक कठिनाइमा साथ दिइरहन्छन् । यी राशि हुने पुरुष विवाहका लागी सबैभन्दा उत्तम मानिन्छन्।

ती राशि यी हुन्ः

कर्कट राशि
ज्योतिषका अनुसार कर्कट राशिका पुरुषहरु विवाहका लागि अति नै योग्य मानिन्छन् । यिनीहरु पारिवारिक व्यक्ति हुन्छन्। यी राशि भएका पुरुषहरु विवाहपछि असल पति र जिम्मेबार पिता बन्छन् । भनिन्छ कि कर्कट राशिका पुरुषसँग उनीहरुका श्रीमती प्रसन्न रहन्छिन्।

मिथुन राशि
तपाई विवाहको लागि योग्य पुरुष खोजीरहनु भएको छ भने मिथुन राशि भएका पुरुषसँग विवाहको लागि भरोसा गर्नसक्नुहुन्छ । ज्योतिषका अनुसार मिथुन राशिका पुरुषले कहिले पनि सम्बन्धमा धोका दिँदैनन्।

तुला राशि
तुला राशिका पुरुष सधैँ अरुको मद्धतको लागि तयार हुन्छन्। विवाहपछि यस राशिका पुरुषहरु आफ्नो पत्नीलाई हरेक कुरामा साथ दिन्छन्। तुला राशिका पुरुषहरु धेरै नै सहयोगी र मिलनसार हुन्छन्।

वृश्चिक राशि
ज्योतिषका अनुसार विवाहको लागि योग्य राशिमध्ये वृश्चिक पनि एक हो। भनिन्छ कि वृश्चिक राशिका पुरुषलाई युवतीले कुनै सोचविना नै अपनाउन सक्छिन् । यस राशिका पुरुष सधैँ आफ्नो जीवनसाथीप्रति उदार र लालायित हुन्छन्।

 


Your Views
Related News