काठमाडौ । रुसले बनाएको कोरोनाविरुद्धको खोपको सफल परीक्षण भए आगामी मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ। रूसले बनाएको कोरोनाविरुद्धको स्पुतनिक खोपको तेस्रो चरणको परीक्षण चलिरहेको छ। यसको सफल परीक्षण भए नेपालमा पनि ल्याउने सहमति भएको हो।

रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच परीक्षण क्रममा रहेको खोप सफल भए मंसिरको दोस्रो साता खोप नेपाल ल्याइने सहमति भएको छ।

रुसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टोबर पहिलो साता अर्थात् यही असोज तेस्रो साता प्रयोगमा अनुमति पाउनेछ।

एक महिनाअघि रसियन फन्डसँग खोप ल्याउने सहमति भएको थियो। परीक्षण क्रममा रहेको खोप नेपालले पनि बुक गरेको ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिए।

उनका अनुसार खोपले सफलता प्राप्त गरे नेपालले पहिलो प्राथमिकतामा पाउनेछ। खोप ल्याउने चरणमा पुगेपछि नेपाल सरकारसँग सहमति मागिने उनले बताए।

अहिले ट्रिनिटी फर्मास्युटिकल्स कम्पनी र रसियन फन्डसँग सम्झौतामात्र भएको छ। नेपालस्थित रूसी राजदूतावासको सहकार्यमा यस्तो सम्झौता भएको हो। तर यो बारेमा सरकारसँग भने कुनै जानकारी छैन ।

खोप सरकार आफैले ल्याएर वितरण गर्ने वा नीजि क्षेत्रलाई दिने भन्नेपनि कुनै एकिन छैन । यो खोप नेपालका लागि निशुल्क लिने वा शुल्क लिने भन्नेपनि कुनै खुलेको छैन ।

READ MORE NEWS

‘सिरी ए’ मा इन्टरको लगातार दोस्रो जित

मिलान — रोमेलु लुकाकुको दुई गोलमा इन्टर मिलानले बुधबार इटालीको ‘सिरी ए’ मा आफ्नो शतप्रतिशत जित कायम राख्दै  बेनेभेन्टोलाई सजिलै ४–१ ले हराएको छ ।

तस्बिर : इन्टरको ट्विटरबाट

इन्टरले लिगका सुरुवाती दुवै खेलमा ‘हाइ स्कोरिङ’ जित निकालेको छ ।

यसअघि उसले फियोरेन्टिनालाई ४–३ ले हराएको थियो । एन्टोनियो कोन्टेको इन्टरलाई उपाधिका होडमा युभेन्ट्सको मुख्य प्रतिस्पर्धा मानिएको छ । बुधबारका अन्य खेलमा एटलान्टाले लाजियोलाई ४–१ ले हरायो ।

लाजियोको घरमै यो हारलाई स्तब्धपूर्ण मानिएको छ । यस्तै अर्को खेलमा स्पेजियाले युडिनेजीलाई २–० ले हरायो ।

सेरेनाले छाडिन् फ्रेन्च ओपन

पेरिस — कीर्तिमानी ग्रान्ड स्लाम उपाधिको अभियानमा रहेकी सेरेना विलियम्सले अब त्यसका लागि अर्को वर्ष कुर्नुपर्ने भएको छ । उनले ‘अचिल्लेस टेन्डन’ चोटका कारण बुधबार फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन् ।

तस्बिर : रोयटर्स

यसै साता ३९ वर्षकी हुने यी अमेरिकी खेलाडी दोस्रो चरणमा बुल्गेरियाकी स्भेटाना पिरोन्कोभाको सामना गर्ने क्रममा थिइन् । तर ‘वार्म अप’ का क्रममा चोट बल्झेपछि उनले नखेल्ने घोषणा गरेकी हुन् ।

सेरेनाले भनिन्, ‘वार्म अपका क्रममा समस्या चर्को देखियो, मैले आफ्ना प्रशिक्षकसँग पनि कुराकानी गरें । मलाई अहिले हिँड्न पनि गाह्रो भइरहेको छ । त्यसैले अब मेरो पूरा ध्यान यस चोटबाट मुक्त हुनेतर्फ हुनुपर्नेछ ।’

यूएस ओपन सेमिफाइलनमा उनलाई ‘अचिल्लेस टेन्डन’ चोट लागेको हो । तीनपल्टकी फ्रेन्च ओपन विजेता सेरेनाले यो वर्ष बाँकी प्रतियोगितामा नखेल्ने घोषणा पनि गरेकी छिन् ।

ईपीएस नियम केही सहज हुने

दक्षिण कोरिया — दक्षिण कोरियाली सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) सम्बन्धी नियम केही सहज बनाउने भएको छ ।

यहाँको श्रम मन्त्रलयले बिहीबार नियम संशोधनका लागि संसद्‌मा पठाएको छ । नियम पारित भए पछि कोरियामा रहेका पाँच लाख भन्दा बढी ईपीएस भिसामा काम गरिरहेका विदेशी लाभान्वित हुने छन् ।

कोरियामा हालसम्म कम्पनीको कारण बाहेक कामदारले कम्पनी परिवर्तन गरेमा ४ वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि कोरिया आउन चाहे भाषा परीक्षा दिन पर्ने नियम छ । नयाँ नियम अनुसार कार्यस्थल परिवर्तन गरेको कामदारले पहिले गरेकै जस्तो काम गरेमा भाषा परिक्षा नदिइ नै कमिटेड कामदारको रुपमा कोरिया फर्कन पाउने छन् तर नयाँ कम्पनीमा १ वर्ष भन्दा बढी काम गरेको हुनु पर्नेछ ।

त्यसैगरी कमिटेड कामदारले ३ महिना पछि मात्रै कोरिया आउन पाउने हालको व्यवस्था परिवर्तन गरेर १ महिनामा पछि नै पहिलेको कम्पनीमा आउन पाउने छन् । कामदारले कम्पनीमा यौन दुर्व्यवहारमा परि कार्यस्थल परिवर्तन गरेको भए नयाँ कम्पनीमा १ वर्ष काम नगरे पनि सम्बन्धित निकायको सिफारिसमा पुन: कमिटेड कामदारको रुपमा आउन पाउने भएका छन् ।

यस अघिको ईपीएसको नियम राम्रो नभएको भन्दै कोरियाली मजदुर युनियन (केसीटीयू) र विदेशी कामदारहरुको लागि काम गर्ने प्रवासी मजदुर संगठन (एमटीयू)ले विरोध गर्दै आएका छन् । दुवै संस्थाले सरकारको कदम सकारात्मक भए पनि अझै धेरै सुधार हुन पर्ने प्रतिक्रिया दिएको छ ।


Your Views
Related News