काठमाडौं । गम्भीर प्रकरणमा संलग्न दुई जना पक्राउ परेका छन् । विभिन्न प्रलोभन देखाई भारतमा ब–लि दिन लैजाँदै गरेका दुई युवतीलाई सुनसरीबाट प्रहरीले उद्धार गरिएको छ । युवतीहरुलाई फकाएर ब–लि दिन लैजाँदै गरेको आरोपमा सुनसरीबाट प्रहरीले दुई जना जनालाई बुधबार पक्राउ गरेको हो ।

 

 

 

पक्राउ पर्नेमा सिरहाको लाहान नगरपालिका–१९ बस्ने ३२ वर्षीय विवस कुमार साह र कृष्णसवरण गाउँपालिका–४ बस्ने २९ वर्षीय महमद साहिल अन्सारी रहेका छन् । सप्तरीको दौलतपुर नगरपालिका–३ बस्ने १८ वर्षीया विपना चौधरी र शम्भुनाथ नगरपालिका–७ बस्ने २२ वर्षीया सुचिकला चौधरीको उद्धार गरिएको नेपाल–भारत सीमा भण्टाबारी बीओपीका प्रहरी निरीक्षक भुवन खड्काले बताउनुभयो ।

 

 

 

खड्काका अनुसार चौधरीद्वयलाई भारतको कुनै ठाउँमा बाबाजीले गर्ने पूजामा ब–लि दिन लैजाँदै गरेको अवस्थामा उद्धार र दुई जना युवकहरुलाई पक्राउ गरिएको हो । युवतीहरुलाई लिएर उनीहरु सुनसरीको कोशी गाउँपालिका–८ पूर्वीटोल र भारतीय सीमा क्षेत्र सुपौलको भीमनगर ग्राम पञ्चायत–१२ मा पर्ने बोर्डर पार गर्न लागेका बेला दुबै तर्फका सीमा सुरक्षामा खटिएका प्रहरीले रोकेर चेकजाँज गर्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

 

 

घट्नामा प्रमुख योजनाकार समेत रहेका गिरोहका नाइके मन्सुरी रहेको पनि प्रहरीले जनाएको छ । दुबै तर्फका प्रहरीले सीमामा सोधपुछ गर्दा साह र मन्सुरीले भारतको मन्दिरमा बाबाजीको पूजा भइरहेकाले दर्शन गराउन युवतीलाई लगेको बयान दिएका छन् । प्रहरीलाई शंका लागेपछि प्रारम्भिक अनुसन्धान गर्दा युवतीहरुलाई विभिन्न प्रलोभन देखाएर ब–लि दिन लैजान लागेको रहस्य खुलेको छ ।

 

 

 

धार्मिक अन्धविश्वासको कारण भारतमा मा–नव ब–लि दिने चलन कायमै रहेकाले अविवाहित र कुनै पु–रुषसँग सं–स–र्ग नगरेको युवतीको खोजी गर्दै भारतीय गिरोहले आर्थिक लोभ देखाएर नेपाली नागरिकलाई नै परिचालन गरेको अनुसन्धानमा खुलेको छ । उनीहरुले प्रयोग गरेको मोबाइलबाट कल डिटेल निकालेपछि यु–वतीको ब–लि दिन खोज्ने भारतीय गिरोहसम्मको सञ्जाल फेला पार्न सकिने प्रहरीले जनाएको छ ।

READ MORE NEWS

काठमाडौं । सामान्य विवादमा एक जनाको ज्यान लिइएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मिना राईको ज्यान लिइएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कार्कीका अनुसार चटपटेको विषयमा भएको सामान्य विवादमा ती बालिकाको ज्यान लिइएको हो ।

 

 

 

घटनामा संलग्न स्थानीय १६ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न बालकको उमेर सानै भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन । घटना विवरण अनुसार मृतक बालिकाकी अभिभावक छोरीलाई घरैमा राखेर नजिकैको छिमेकीको घरमा धामी बसेको हेर्न गएको बेला चटपटे किन्न आएका बालकसँग विवाद भएको थियो ।

 

 

 

डीएसपी कार्कीले घट्ना शनिबार रातिको भएको जानकारी दिनुभयो । चटपटे किन्न आएका बालिकाले रातको समय भएकाले चटपटे नभएको बताएपछि भनाभन भएको र १६ वर्षीय बालकले मिनाको टा’उ’कोमा बो’त’लले हा’ने’का थिए । टा’उ’को’मा बो’त’ल हा’ने’पछि भे’ष्ट र रु’मा’लले घाँ’टी’मा क’से’र ज्या’न लिएका हुन् । बालिकाको ज्या’न लि’एर आफ्नै घरमा गएर सुतेको बयान दिएका छन् ।

 

 

 

प्रहरीका अनुसार मिनाका अभिभावक आइतबार बिहान २ बजे घर आएपछि मात्र छोरी मिनालाई मृत अवस्थामा फेला पारेका थिए । राति नै मिनाका अभिभावकले सूचना दिएपछि घट्ना स्थलमा प्रहरी टोली पुगेको थियो । मृत बालिकाको लाश शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट लैला नामको कुकुर सहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो ।

योपनि

READ MORE NEWS

इजरायलसँग कृषि र श्रम सम्झौता : अब यसरी नेपाली लगिने

काठमाडौ । नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिनेछ ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गर्नुभएको छ । इजरायली अन्तरराष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा सो हस्ताक्षर भएको हो । नेपालका तर्फबाट हस्ताक्षर गर्न यही असोज ११ गते बसेको मन्त्रिपरिषद्ले सहमति दिएको थियो ।

 

विश्वका सयभन्दा बढी मुलुकका विज्ञलाई तालीम र सीप विकासको तालीमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो । राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै सो विषयमा निरन्तर पहल गरेको र सफलता प्राप्त गरेको जानकारी दिनुभयो ।

 

 

उहाँले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने अपेक्षा गरिएको जानकारी दिनुभयो ।

बुधबार नै नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको थियो । यससँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ । यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ ।

 


Your Views
Related News