काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनलाई सचेत गराउनु भएको छ । नेपाल बिद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङको बिषयमा उर्जामन्त्री पुनको फट्याईंलाई लिएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमा सचेत गराउँदै हप्काउनु भएको खुल्न आएको छ ।

 

बिद्युत प्राधिकरणमा कुलमानलाई जसरी पनि हटाउने र म्याद थप नगर्ने निर्णयमा रहनुभएका मन्त्री पुनले चार बर्षे कार्यकाल सकिने बेलासम्म कुनै प्रस्ताव नल्याए पनि प्रधानमन्त्री ओलीमाथी दोष थोपर्नुभएको थियो । भदौ ३१ गते विद्युत प्रा,धिकरणका कार्यकारी निर्देशक घिसिङको ४ बर्षे कार्यकाल सकिएको थियो ।

 

 

सामाजिक सञ्जालदेखि सडकबाट समेत घिसिङको पुनर्नियुक्ति हुनुपर्ने पक्षमा लबिङ भइरहेको थियो । तर ऊर्जामन्त्री पुनले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा म्याद थपको प्रस्ताव मन्त्रिपरिषदमा लैजानुभएन । तर दोष भने प्रधानमन्त्रीमाथि थोपर्न लगाउनु भयो ।

आफ्ना सचिवालयमार्फत उहाँले घिसिङको पुनर्नियुक्तिका लागि ऊर्जा मन्त्रालयबाट प्रस्ताव लगेको तर प्रधानमन्त्री ओलीले रोकेको औपचारिक धारणा स्वकीय सचिवलाई फेसबुकमार्फत सार्वजनिक गर्न लगाउनु भयो । ऊर्जा मन्त्रालयबाट यस बिषयमा कुनै प्रस्ताव नै नलगी लगेको भनेर प्रधानमन्त्री ओलीले नियुक्ति रोकेको प्रचार गराएपछि मन्त्री पुनले असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकमा नराम्रोसँग हप्की खानुपरेको हो ।

मन्त्री पुनको सचिवालयबाट धारणा आएलगत्तै प्रस्ताव नै नगली प्रधानमन्त्रीबिरुद्ध जनता भड्काउन यस्तो काम भएको तथ्य सार्वजनिक गरेको थियो ।

मन्त्री पुनले, चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछानेको सिधा कुुराा जनता संगको कार्यक्रममा पनि, आफुले प्रस्ताव लगेको ,र आफूले पनि कुलमान नै चाहिएको बताउनुभएको थियो । तर उहाँले सबै नेपाली हरुलाई झुट बोलेको साबित भयो , खासमा कुलमान नचाहने प्रधानमन्त्री नभएर मन्त्री पुुन रहेको खुल्न आएको छ ।

उनले लोडसेडिङ हटाएको र विद्युत प्राधिकरण नाफामा गएको विषय आफ्नो मात्र विज्ञापन बनाएको क्रेडिट सरकारलाई नदिई आफै गर्न खोजेको रिस पोखेको बुझिएको छ । यति मात्र हैन । उनीसँगै पूर्व उर्जा मन्त्री जनार्दश शर्माले समेत कुलमानलाई नियुक्ति गराउन नखोजेको बुझिन्छ ।

उनले समेत पार्टीमा कुलमानलाई नियुक्ति रोक्नुपर्ने अडान राख्दै आएका थिए । उनले पार्टी र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको मिसन भिजन अनुसार उज्यालो नेपाल बनाउँन सफल भएपनि एउटा कर्मचारीले मिडियालाई पैसा बाँडेर क्रेडिट लिएको उनीहरुको गुनासो छ ।

READ MORE NEWS

अलपत्र परेकी २१ वर्षीया युवतीको उद्धार

विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक युवतीको उद्धार गरेको छ । सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गरेका हुन् ।  स्थायी ठेगाना बताउन नसक्ने अवस्थामा रहेकी विश्वकर्मा एक सातादेखि सडकमा देखिएकाले स्थानीय युवाले मन्त्रालयलाई जानकारी गराएपछि उद्धार गरिएको हो ।

सडकबाट उद्धार गरी जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरी आइसोलेसनमा राखिएको छ । कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लैजाने मन्त्रालयले बताएको छ । महिलाको उद्धार गर्दै सहयोगापेक्षी मुक्त सडक प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले जानकारी दिए । प्रदेश सरकारले विगत केही महिनादेखि सडक बालबालिका र बृद्ध-बृद्धाको उद्धार गर्दै आएको छ ।

मन्दिरमा बली दिन भारत लैजाँदै गरेका दुई युवतीको उद्धार

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई युवतीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट युवतीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए । शंका लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकोमा १९ र २२ वर्षकी दुई युवतीरी रहेका छन् ।

भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका –४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीव कुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताए । नियन्त्रणमा लिएका एकले आफू किशोरीको आफन्त रहेको प्रहरी समक्ष बयान दिएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाको लागि भारत लैजाने सहमति अनुरुप आफू सुरक्षाका लागि सँगै आएको भनी उनले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ ।

सीमा पारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाको लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन् । भारततर्फ लैजानु पूर्व उनीहरुको उचाईसमेत नापिएको थियो । त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो । सीमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाबेला ध्यानमा बसेवापत दुई लाख रुपैयाँ रकम दिने भनिएको थियो । चौधरी थर भएका युवतीहरु निकै सोझा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

आजको मौसमः केही जिल्लाहरुमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि केही जिल्लाहरुमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको जनाइएको  छ । साथै राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ  स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


Your Views
Related News