कञ्चनपुरकी निर्मला पन्तको परिवारले अहिलेसम्म पनि न्याय पाउन सकेको छैन । यो घटनाले नेपालको अन्तराष्ट्रि रुपमा पनि कडा रुपमा आलोचना भइरहेको छ । निर्मला प्रकरणमा वर्ष बित्दा पनि सरकारले को दोषी हो भनेर पत्ता लगाउन सकिरहेको छैन ।

 

 

योबीचमा बझाङकी सम्झना कामी को घटना बाहिर आएको छ । जसले एक पटक फेरी सबै नेपालीहरुलाई सोच्न बाध्य बनाएको छ । वर्ष वितिसक्दा पनि निर्मला पन्त लाई न्याय दिलाउन नसकेका नेपालीहरु अहिले फेरि सम्झनाको न्यायका लागि लडिरहेका छन् । यो भिडमा लामो समयदेखि संघर्षरत सोनिका रोकायाले पनि सम्झनाको न्यायका लागि आवाज बुलन्द गर्दै आएकी छिन् ।

 

 

 

सोनिकाले फेसबुकमा लेखेकी छिन, ‘हार्दिक श्रदाञ्जिल सम्झना । मेरो विवाह भएछ भने सम्झनाले फेरी मेरो कोखबाट जन्म लिनेछ । सम्झना राख्नेछु छोरीको नाम र उ लड्नेछ नेपाली नारीहरुका लागी’ आज जिल्लाका केही राजनीतिकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा सम्झनाको अन्त्येष्टि गरिएको छ ।

 

 

सम्झना को घटनामा संलग्न मष्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको थियो । आज भन्दा आठ दिन पहिले अर्थात ७ असोजमा मष्टा गाउँपालिका–२ खिकालाकी सम्झनाको लाश सिममन्दिरभित्र फेला परेको थियो । आज सरकारले दिएको १० लाख राहत र सम्झनाको लाश परिवारले बुझेको छ ।

 

 

 

योबीचमा सोनिकाले एक भिडियो सन्देश पनि सामाजिक सञ्जाल फेसबुकमा राखेकी छिन् । भिडियोमा उनी भन्छिन्,‘ तिम्रो न्यायका लागि प्रत्येक दिन लागिपरेकी थिए । त्यसैले होला आज आकाश पनि हाँसेजस्तो लाग्यो । आज सम्झना विश्वकर्माको अन्तिम संस्कारमा हामी उपस्थित भएका थियौँ । मन एकदमै तरङ्गित भएको थियो ।’

 

आफन्तले सातापछि बुझे बझाङकी सम्झनाको लाशसँगै १० लाख रुपैया राहत

कञ्चनपुर । व’लl’त्क’lरपछि ह’त्य’l’ गरिएकी बझाङकी वालिका सम्झना कामीको लाश आफन्तले एक हप्तापछि बुझेका छन्। बुधबार अ’पर’lधी’लाई कानुनी कारवाही गर्ने र पीडित परिवारलाई राहत दिने सहमतिपछि आफन्तले लाश बुझेका हुन्।

 

बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कार्कीका अनुसार मंगलबार सार्वजनिक गरिएका अभियुक्तलाई हदैसम्मको कानुनी का’रवाही गर्ने र पीडित परिवारलाई राहत स्वरुप १० लाख रुपैया दिने सहमति भएको छ। गृह मन्त्रालयले पीडित परिवारलाई १० लाख दिने जानकारी प्राप्त भईसकेको उनले बताए।

 

बझाङको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना का’मीको गत बुधबार व’लl’त्क’lर’पछि ह’त्य’l भ’एको थियो। प्रहरीले अभियुक्तका रुपमा मंगलबार सोही गाउँका राजेन्द्र बोहोरालाई सार्वजनिक गरेको थियो। अभियुक्त सार्वजनिक भएको दोस्रो दिन आफन्तले लाश बुझेर दा’हसं’स्कार गर्न सहमत भएका हुन्।

READ MORE NEWS

१० बजे क्याबिनेट बैठक बस्दै

काठमाडौं, १५ असोज । मन्त्रिपरिषद्को नियमति बैठक बिहीबार बिहान १० बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा छलफल हुने विषयबारे भने केही खुलाइएको छैन । यद्यपि, मन्त्रिमण्डल पुनर्गठन र मन्त्रालय छिन्नभिन्न बनाउने विषयमा छलफल गरी पारित गर्ने स्रोतको भनाइ छ ।

यस्तै मुख्यसचिव नियुक्ति, राजदूत नियुक्तिलगायत विषय पनि आजको मन्त्रिपरिषद् बैठकको प्रस्ताव रहेको बुझिएको छ ।

मन्त्रिपरिषद्का अधिकांश नियमित बैठक दिउँसोमा बस्ने गरेको भए पनि आज बिहानै बोलाइएको छ ।


Your Views
Related News