चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ । फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन् ।

उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा सङ्कलन गरिरहेका छन् । अण्डा सङ्कलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारीले बताउनुभयो ।

अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ । यसले पातको तल्लो भागमा अण्डा पार्छ । कहिलेकाँही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ । यसले एउटा मकैको पातमा १५० देखि २०० अण्डा पार्छ । १५ देखि २१ दिनको जीवन अवधिमा यसले १ हजार ५०० देखि २ हजार अण्डा पार्ने भण्डारीले जानकारी दिनुभयो ।

अण्डा कसरी पहिचान गर्ने ?   

यो मकैको पातको तल्लो भागमा सेतो धब्बा जस्तो हुन्छ । बाहिरपट्टी कपास जस्तो पत्र देखिन्छ । एउटै ठाउँमा १५० देखि २०० अण्डा हुन्छ ।’यही अवस्थामा अण्डा पारेको पात चुडेर व्यवस्थापन गरियो भने एउटै पातबाट २०० लार्भा निस्कनबाट जोगाउन सकिन्छ’उहाँले भन्नुभयो,’मुख्य गरेर सानो बिरुवा जोगाउन सक्यौं भने ठूलो भएपछि बिरुवाले आफैँ लड्ने क्षमता बनाइसकेको हुन्छ ।’

प्रकोप कसरी थाहा पाउने

फौजीकीराको लार्भा सुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ । हुर्कँदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ । टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । लार्भाको जीवन १४ देखि २१ दिनको उहाँले बताउनुहुन्छ ।

अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने बताउँदै वैज्ञानिक भण्डारीले भन्नुभयो,’जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् । लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ ।’ लार्भाले खाँदै गर्दा आलो दिसा हुने जानकारी दिँदै उहाँले भन्नुभयो,’पछि गुभोभित्रसमेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ । यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ ।’ घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्ने उहाँको भनाइ छ ।

अनुसन्धान केन्द्रमै फौजीको आक्रमण     

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरमा ६५ विगाहा क्षेत्रफलमा वर्षेनी मकैका विभिन्न जातको अनुसन्धान र विकास हुँदै आइरहेको छ । सुरुमा नवलपरासी पूर्वको गैंडाकोटमा देखिएको फौजीकीरा यतिबेला अनुसन्धान कार्यक्रमका लागि पनि चुनौतीको विषय बनेको छ । अनुसन्धान कार्यक्रमको अनुसन्धान ब्लकमा लगाइएको मकैमा पनि फौजीको प्रकोप देखिएको छ ।

अमेरिकन फौजीकीराले मकैसहित ८० प्रकारका बालीमा क्षति पुर्याउने अनुसन्धानकर्ताका दाबी छ । यो कीराले मकैको पात, डाँठ, घोगा र बोट नै सखाप पार्ने गरेको छ । मकै उम्रेदेखि नै आक्रमण सुरु गर्ने फौजी कीराले बोट नै सखाप पार्छ भने पाक्न लागेको मकैबालीमा समेत यसले क्षति पुर्याउँछ । अमेरिकी रैथाने फौजी कीरा सन् २०१६ मा पश्चिम अफ्रिकामा देखा परेको थियो ।

अफ्रिकाको एक ठाउँमा देखिएको फौजी कीरा त्यसको दुई वर्षमै पूरा अफ्रिकाभर फैलिएको थियो । वैज्ञानिकहरुले अफ्रिका लगत्तै सन् २०१८ मा यो कीरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यबाट प्रवेश गरेको बताएका छन् । पुतलीको रुप बनेका बेला फैलने यो कीरा एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकको दाबी छ ।

फौजीकीरा आएको कसरी थाहा पाउने

बालिमा फौजीकीरा आएको छ की छैन भन्ने थाहा पाउन किसानले बजारबाट ‘फेरोम्यान ट्रयाप’ (फौजीकीरा पत्ता लगाउने साधन) किनेर लैजाने र बालीमा झुण्ड्याउने हो भने पत्ता लाग्ने भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,’यदी त्यहाँ फौजी कीराको माउ भए फेरोम्यान ट्रयापमा झुण्डिएर मर्छन् । यसले बालीमा फौजी कीरा आएको छ की छैन भन्ने कुराको सूचना दिन्छ ।’

उहाँका अनुसार त्यसबाहेक क्षतिको आधारमा पनि फौजीकीराको जाँच गर्न सकिन्छ । यो कीरा लाग्यो भने मकैको पात सेतो देखिन्छ । त्यस्तै मकैको गुभोमा कीराको आलो दिशा पनि देखिन्छ । मकैको गुभो कोट्याएर हेर्याे भने त्यहाँ कीरा भेटिन्छ । त्यो कीराको पछाडि भागमा बराबर ४ वटा प्वाल देखियो भने त्यो फौजी किरो हो ।

नियमित अनुगमन जरुरी     

मकै लगाएको ८/१० दिनमै यसले क्षति गर्ने भएकोले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने विज्ञ बताउँछन् । पातको माथिल्लो भागहरुमा यो कीराको पोथीले पारेका अण्डा देख्न सकिन्छ ।

त्यस्तो देखिए लगत्तै व्यवस्थापनको विधि सुरु गर्नुपर्छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक डा केशवबाबु कोइरालाले उत्पादन र भण्डारण दुवै अवधिमा विभिन्न कीराले मकैमा क्षति पुर्याउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,’५५ प्रकारका कीराले मकैमा क्षति पुर्याउने गरेका छन, त्यसको नियन्त्रणका लागि हामीले अनुसन्धान गरिरहेका छौँ।’

उहाँले अनुसन्धानबाट सकरात्मक नजिताहरु पनि आइरहेको जानकारी दिनुभयो ।

READ MORE NEWS

दल दाहिना भएपछि 

काठमाडौं- २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं र रौतहटबाट पराजित भएका माधवकुमार नेपाल संविधानसभा सदस्यमा मनोनित भएर आए। पहिलो संविधानसभामा गठित संवैधानिक समितिको सभापति बनेका उनी २०६६ सालमा प्रधानमन्त्री निर्वाचित भए।

नेपाल नेतृत्वमा सरकार गठन भएपछि राष्ट्रिय योजना आयोगको सदस्यमा ल्याइए डा युवराज खतिवडा। खतिवडा त्यसअघि राजाको प्रत्यक्ष शासनकालमा योजना आयोगका सदस्य भइसकेका थिए। अर्थशास्त्री डा शंकर शर्मालाई उपाध्यक्ष बनाएर खतिवडालाई सदस्य बनाइएको थियो।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा कार्यरत खतिवडालाई नेपालले योजना आयोगको उपाध्यक्ष बनाएका थिए। योजना आयोगको उपाध्यक्ष रहेकै बखत नेपाल राष्ट्र बैंकमा गभर्नरको पद रिक्त भयो। तत्कालीन प्रधानमन्त्री नेपालले राष्ट्रिय योजना आयोगबाट खतिवडालाई गभर्नर बनाए।

राजकीय पदमा गभर्नरभन्दा योजना आयोगको उपाध्यक्ष माथिल्लो हैसियतमा भए पनि खतिवडा ‘ग्लामरस’ जागिरकाे केन्द्रीय बैंक गए। ५ वर्ष गभर्नर भएपछि उनी २०७१ मा त्यहाँबाट बाहिरिए।

२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भए। प्रधानमन्त्री ओलीले फेरि खतिवडालाई पुरानै जिम्मेवारीमा ल्याए। अर्थात् खतिवडा दोस्रोपटक उपाध्यक्षको हैसियतमा योजना आयोग प्रवेश गरे। त्यबसेला उनी करिब ८ महिना योजना आयोगमा बसेका थिए।

योजना आयोगबाट बाहिरिएपछि उनी केही समय खाली बसे। २०७४ सालको निर्वाचनका लागि तत्कालीन नेकपा एमालेका तर्फबाट निर्वाचनको घोषणापत्रको मस्यौदाकार मध्येका एक खतिवडा निर्वाचनपछि अर्थमन्त्री नियुक्त भए।

पार्टीभित्रका शक्तिशाली नेताहरूलाई पन्छाउँदै खतिवडा अर्थमन्त्री नियुक्त भएका थिए। राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुअघि नै प्रधानमन्त्री ओलीले उनलाई अर्थमन्त्री बनाए। पछि उनी राष्ट्रपतिबाट मनोनित हुने ३ जनामध्ये एक हुँदै राष्ट्रिय सभा प्रवेश गरे।

खतिवडाले राष्ट्रिय सभामा भएको गोलाप्रथामा २ वर्षको कार्यकाल रोजेका थिए। त्यसपछि उनको कार्यकाल २०७६ फागुन २० गते सकिने भयो।
तर, प्रधामन्त्री ओलीले दोस्रोपटक मिर्गौलाको उपचार गर्न जानुअघि २०७६ फागुन १७ गते खतिवडालाई दोस्रो कार्यकालका लागि सिफारिस गरिसकेका थिए। खतिवडाले अर्थमन्त्रीमा निरन्तरताका लागि २०७७ भदौ २० गतेभित्रमा राष्ट्रिय सभाको सदस्यका लागि सपथ गर्नुपर्ने थियो। तर नेकपाका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभामा जाने अडान लिएपछि खतिवडा बाहिरिए, गौतम राष्ट्रिय सभामा पुगे।
अर्थमन्त्रीबाट बाहिरिएलगत्तै प्रधानमन्त्री ओलीले खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरे। मन्त्रीसरहको सुविधा पाउने गरी खतिवडा त्यहाँ पुगेका थिए। तर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त भएको १ महिना पनि नपुग्दै खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतका लागि सिफारिस भए।

खतिवडाले अब संसदीय सुनुवाइको प्रक्रिया पुरा गरेपछि राजदूतको नियुक्ति पाउनेछन्।

खतिवडाका लागि तत्कालीन नेकपा एमाले र अहिलेको नेकपाको एउटा समूह सधैँ दाहिना रह्यो। प्रधानमन्त्री ओलीले उनलाई सधैं आफ्नो मुख्य सहयोगीका रूपमा वरिपरी नै राखिरहे। अहिले उनलाई राजदूत बनाएका छन्।


Your Views
Related News