एजेन्सी – एल क्लासिको स्पेन मात्र होइन विश्व फुटबलमै चर्चित खेलमा पर्छ । स्पेनिस ला लिगाका दुई बलिया टोली रियल म्याड्रिड र बार्सिलोनाबीचको जुनसुकै प्रतिस्पर्धालाई पनि एल क्लासिकोको नामले परिचित छ ।

लिगमा यो खेल बेग्लै महत्त्वका साथ हेरिन्छ । स्तरीय खेलाडीसँगै दुई टोलीबीच मैदानभित्र लामो समयदेखिको पृथक सम्बन्धले एल क्लासिकोलाई झनै रोचक बनेको छ । त्यसैले पनि एल क्लासिको फुटबल समर्थकको प्रतिक्षाको खेल हुने गर्दछ ।

नयाँ सिजनको एल क्लासिको अक्टुबर २५ मा क्याम्प नोउमा हुनेछ । दोस्रो एल एल क्लासिको अप्रिलमा रियलको मैदानमा हुनेछ । तर, त्यसअघि नै अर्को एल क्लासिको अक्टोबर पहिलो सातामा हुनेछ ।

तर त्यो पुरुषतर्फको नभई महिला तर्फ एल क्लासिको  प्रतिस्पर्धा हुनेछ । महिला लिगमा बार्सिलोना र रियलबीच अक्टुबर ४ आइतबारको दिन हुने तय भएको छ । रियलको अभ्यास मैदानमा हुने खेलको समय भने अझै तय हुन बाँकी रहेको छ । महिला लिग शनिबार सुरु हुनेछ । पहिलो खेल लोग्रोनो र लेभान्तेबीच हुनेछ ।

सन् १९८८ देखि सुरु भएको महिला लिगमा १८ टोलीको सहभागिता रहेको छ । युरोपका शीर्ष ६ महिला लिगमध्ये स्पेन पनि एक हो । अहिले सम्म १२ अलग अलग क्लब च्याम्पियन बन्दा सबैभन्दा बढी एथलेटिको बिलबाओ र बार्सिलोनाले समान ५ पटक उपाधि जितेका छन् । बार्सिलोना महिला लिगको साविक विजेता हो ।

रियल म्याड्रिडले भने आफ्नै क्लबको नाममा पहिलो सिजन खेल्न लागेको हो । यसअघि सिडी ताकोन क्लबको नाममा खेल्दै आएको टोलीलाई रियलले स्वामित्व खरिद गरेपछि यसै सिजनबाट रियल म्याड्रिडको नामबाट खेल्न लागेको हो ।

READ MORE NEWS

चेल्सीका बार्कले एस्टन भिल्लामा

एजेन्सी – लन्डन क्लब चेल्सीका मिडफिल्डर रोस बार्कले आश्चर्यचकित रुपमा प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्धित भएका छन् ।

एस्टन भिल्लाले २६ वर्षीय बार्कलेलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा अघिल्लो सिजन ३१ खेलमा मौका पाएपनि यो सिजन चेल्सीले काई हाभर्टज र हाकिम जियाचलाई अनुबन्ध गरेपछि उनले पहिलो रोजाईमा खेल्ने सम्भावना न्युन बनेपछि उनले निरन्तर पहिलो रोजाईमा खेल्नकै लागि भिल्ला रोजेका हुन् ।

चेल्सीले यो समरमा ८९ मिलियन पाउन्डमा काई हाभर्टज तथा ३८ मिलियन पाउन्डमा जियाचलाई अनुबन्ध गरेको थियो । बार्कलेले गत सिजन प्रिमियर लिगमा दुई पटक मात्रै सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । अब उनी २०२०–२१ को सिजनको लागि भिल्ला पार्कमा प्रशिक्षक डिन स्मिथ र सहायक प्रशिक्षक जोन टेरीसँग रहनेछन् ।

भिल्लाका व्यवस्थापक डिन स्मिथले रस बार्कले जस्तो खेलाडी समात्न सक्नु क्लबको लागि वास्तविक सफलता रहेको बताउँदै उनको आगमनले टोलीको प्रदर्शनमा सुधार आउनेमा विश्वस्त रहेको बताएका छन् । भिल्लाका कप्तान ज्याक ग्रेलिसले उनको आगमनले टोलीको प्रदर्शन राम्रो हुने बताएका छन् ।

बार्कले नयाँ सिजनमा कारवाओ कपको तेस्रो चरणमा बान्र्सलेविरुद्धको खेलमा मात्रै अवसर पाएका थिए । उनले उक्त खेलमा गोलसमेत गरेका थिए । मंगलबार राति चौथो चरणको टोटेनहमविरुद्धको खेलमा भने उनी बेञ्चमा रहेका थिए । उक्त खेलमा चेल्सी पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएको थियो ।

इंग्लिस मिडफिल्डर बार्कले चेल्सीका लागि ८६ खेलमा ११ गोल गरेका छन् । उनी २०१८ जनवरीमा १५ मिलियन पाउन्डमा एभर्टनबाट स्टामफोर्ड ब्रिज आएका थिए । उनले इंग्ल्यान्डबाट ३३ खेलमा ६ गोल गरेका छन् ।

बार्कलेले बिहीबार राति हुने कारवाओ कपको चौथो राउन्डको स्टोक सिटीविरुद्धको खेलबाट भिल्लाबाट डेब्यु गर्ने सम्भावना रहेको छ । भिल्लाले प्रिमियर लिगमा दुई खेलमा जित हात पारिसकेको छ ।

सिटी र युनाइटेड क्वाटरफाइनलमा

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको खेलमा आ–आफ्नो टोलीविरुछ सफलता आत पार्दै सिटी र युनाइटेडले अन्तिम आठको यात्रा तय गरेको हो ।

इंग्लिस फरवार्ड रहिम स्ट्रलिङको दुई गोल सहयोगमा म्यानचेस्टर सिटीले बर्नलीलाई ३–० ले पराजित गर्दै कारवाओ कपको क्वाटरफाइनलमा स्थान बनाएको छ । सिटीले बर्नलीलाई उसकै मैदानमा सहज जित हात पारेको हो । सिटीको सहज जितमा थप एक गोल फेरान टोरेसले गरेका थिए ।

बुधबार राति भएको एकपक्षीयमा खेलमा सिटीले खेलको ३५औं मिनेटमा रहिम स्ट्रलिङको गोलबाट अग्रता लिएो थियो । उनले बेन्जामिन मेन्डीको पासलाई सदुपयोग गरेका थिए ।

४९औं मिनेटमा रहिमले फेरना टोरेसको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा फेरान टोरेसले रहिमको पासमा गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।

यस्तै अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले पनि ब्राइटनमाथि ३–० को सहज जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

युनाइटेडको जितमा स्कट म्याकटोमिने, जुआन माटा र पल पोग्वाले गोल गरे । ब्राइटनको मैदानमा युनाइटेडले खेलको ४४औं मिनेटमा स्कट म्याकटोमिनेलेको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

७३औं मिनेटमा जुआन माटाले डानी भान डि बिकको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । ८०औं मिनेटमा पल पोग्वाले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए ।


Your Views
Related News