काठमाडौं, असोज १४ : श्रीराम ग्रुप अफ कम्पनीले दशैंलाई लक्षित गर्दै घरमै जिउँदो खसी पुर्‍याउने सुविधा ल्याएको छ।

अनलाइन खसी डटकमबाट ग्राहकको छनोट अनुसारको खसी घरमै पुर्‍याउने सुविधा कम्पनीले ल्याएको हो। यो सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र उपलब्ध हुने कम्पनीका बजार व्यवस्थापक ईश्वर ढकालले जानकारी दिए।

कोरोना महामारीको अवस्थामा ग्राहकले खसीको लागि हाटबजार चाहार्नु नपरोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको ढकालले बताए। ‘दशैंमा खसी घरमै बसी-बसी भन्ने हाम्रो नारा छ। हामी ग्राहकको माग अनुसारको स्वस्थ खसी घरमै पुर्‍याउँछौँ,’ उनले भने।

सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, उदयपुरमा स्थानीय कृषकले पालेका लोकल खसी अनलाइन खसी डटकममार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ। खसी खरिदका लागि सुरुमा ग्राहकले २५ सय रुपैँया भुक्तानी गर्नुपर्ने र घरमै खसी आएपछि बाँकी रकम तिर्न सकिने ढकालले बताए।

कृषकबाट खसी खरिद अघि कम्पनीको भेटनरी चिकित्सकले त्यसको स्वास्थ्य परीक्षण गर्ने र स्वस्थ रहेको यकिन भएपछि मात्रै खरिद गरी ग्राहककोमा पुर्‍याउने कम्पनीले जनाएको छ। कृषक र ग्राहकलाई जोड्ने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले बताएको छ।

READ MORE NEWS

इजरायलसँग कृषि र श्रम सम्झौता

काठमाडौं – नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिनेछ ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गर्नुभएको छ । इजरायली अन्तरराष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा सो हस्ताक्षर भएको हो । नेपालका तर्फबाट हस्ताक्षर गर्न यही असोज ११ गते बसेको मन्त्रिपरिषद्ले सहमति दिएको थियो ।

विश्वका सयभन्दा बढी मुलुकका विज्ञलाई तालीम र सीप विकासको तालीमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो । राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै सो विषयमा निरन्तर पहल गरेको र सफलता प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने अपेक्षा गरिएको जानकारी दिनुभयो ।

बुधबार नै नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको थियो । यससँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ । यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ ।

 


Your Views
Related News