काठमाडौँ । २१औं सताब्दीमा महिलाको गर्भपात हुनु निकै दु:खदायी र शारीरिक तथा भावनात्मक रूपमा भयावह हुनसक्छ । गर्भपात गर्भावस्थाको क्षतिको सामान्य प्रक्रिया हो र प्राय भ्रुण सामान्यरुपमा विकसित भएको हुँदैन ।

आमा बन्नु एक सुखी अनुभव मानिन्छ तर आमा बन्दा हुने नौं महिनाको यात्रामा भने गर्भवती महिलाको मनमा गर्भसंग सम्बन्धित थुप्रै प्रकारको आशंका रहेको हुन्छ र सबै भन्दा सामान्य डर भनेको गर्भपातको डर !

गर्भपात भएको वा हुने आशंका भए तुरुन्त डाक्टरकहाँ जाँच गराउनुपर्छ र पर्याप्त रेखदेखले यसलाई रोक्न सकिन्छ ।

गर्भपात गर्भावस्थाको पहिलो केहि महिनामा हुनसक्ने सम्भावना अधिक हुन्छ । गर्भावस्थाको प्रारम्भिक चरणमा विशेषरूपमा रेखदेख तथा स्याहारको आवश्यकता हुन्छ । प्रायजसो गर्भधारणमा करिब १० देखि २५ प्रतिशत महिलामा गर्भपात हुने गर्दछ । गर्भावस्थामा गर्भपात सामान्य हो तर पनि यो मानिसको लागि विनाशकारी र पीडादायी अनुभव बन्न सक्छ ।

गर्भपात हुँदा एउटा महिलामा कस्तो प्रभाव पर्नसक्छ ?

मिसक्यारेज अर्थात गर्भपातको सामना गर्नुपरेको महिलालाई  निश्चित रूपमा मानसिक आघात पुगेको हुन्छ किनभने यो सामान्य स्थिति होइन ।

महिलाहरु केहि समयको लागि डिप्रेशनको सिकार पनि हुन सक्छन् र यस समयमा उनीहरुलाई भावनात्मक समर्थनको आवश्यकता हुन्छ । यस संगै गर्भपातबाट केहि महिलामा गर्भधारणको विषयमा डर उत्पन्न हुन सक्छ जसको कारण उनीहरु अर्को समयमा इच्छुक हुँदैनन् । यो निकै कठिन र दुखद समय हुन्छ तर चिन्ता लिनुभन्दा पनि भविष्यको बारेमा राम्रो सोच्नुपर्दछ ।

गर्भपातको प्रारम्भिक लक्षण

शुरुवातको केहि हप्तामा गर्भपात हुनुको मुख्य कारण पिरियड्स/महिनावारी आफ्नो समयमा नहुनु रहेको छ ।

यस्तो अवस्थामा  महिलालाई महिनावारीको समयमा पहिला देखिएको लक्षण देखिन्छ जस्तै स्पटिंग वा  ब्लीडिंग, कम्मरमा दुखाई र पेट थोरै सुनिन्छ ।

यस्तो लक्षण छिट्टै पूर्णरूपले रक्तस्रावको अवधिमा जान सक्छ त्यसैले गम्भीर दुखाई र ब्लड क्लट देखिए तुरुन्त डाक्टर संग जाँच गराउनुपर्छ वा गायनोलजिस्टसंग सम्पर्क गर्नुपर्छ ।

गर्भपातको कतिपय अवस्थामा महिलालाई रक्तस्राव पनि हुँदैन र दुखाई पनिकाम हुनेगर्दछ । स्क्यानको माध्यमबाट थाहा हुन्छ कि भ्रुणलाई हानी पुगेको छ वा छैन । यसलाई साइलेन्ट गर्भपात वा साइलेन्ट मिसक्यारेज भानिन्छ ।

प्रारम्भिक गर्भावस्थामा गर्भपातको कारण ?

गर्भपातको सबै भन्दा ठुलो कारण क्रोमोसोम्समा समस्या हुनु हो, जसले भ्रूणलाई पूर्ण तरिकाले विकसित हुन रोक लगाउछ । एक आनुवंशिक असामान्यता बाहेक गर्भावस्थामा गर्भपातको अन्य कारणहरु:

हर्मन्स वा असामान्य स्तर: भ्रूणको विकासको लागि गर्भावस्थामा हर्मनको स्राव महत्वपूर्ण हुन्छ , हर्मनको असामान्य स्तर पनि गर्भपातको कारण बन्न सक्छ ।

मधुमेह: अनियन्त्रित मधुमेह गर्भपातको सम्भावनालाई बढाउन सक्छ । खतरनाक सामग्रि संग निकटता: कार्यस्थलमा खतरा, केमिकल्स, रेडिएशन्सको वातावरण र टक्सिक पदार्थको सम्पर्कमा आउदा पनि गर्भपात हुन सक्छ । दुखाई कम गर्ने औषधि जस्तै इबुप्रोफेन, नेप्रोक्सन आदि को प्रयोग ।  गर्भावस्थाको क्रममा अत्याधिक धूम्रपान वा मादकपदार्थ सेवन । अवैध औषधिको प्रयोग ।

केहि एन्टीबडीज शरीरको रक्षा गर्दछन भने केहि हानिकरक हुन्छन् र यसको कारणले रोग प्रतिरोधात्मक प्रणालीलाई प्रभावित गर्दछन् र गर्भपातको कारण बन्दछन् ।

विभिन्न प्रकारका गर्भपात: महिलाहरुको शारीरिक अवस्थाको आधारमा विभिन्न प्रकारको गर्भपात हुन्छ । जस्तै : केमिकल्स प्रेग्नेन्सी: केमिकल प्रेग्नेन्सी को अवस्थामा, अण्डा निषेचित (फर्टिलाइज) हुन्छ र कहिलेकहिँ  गर्भाशयमा प्रत्यारोपित (इम्प्लान्टेड) गर्न मिल्दैन । यस्तो अवस्थामा शरीरलाई केहि कठिनाईको सामना गर्नुपर्ने हुन्छ र जसको परिणाम स्वरूप गर्भावस्थामा हर्मनको निर्माण हुन्छ र यसले महिलालाई आफ्नो  महिनावारीको तीन/चार दिन पहिला एक सकारात्मक गर्भावस्थाको लक्षण देखिन्छ ।

अण्डा प्रत्यारोपित हुन रोक लगाउने र त्यसले गर्भाधारण हुँदैन । यस्तो अवस्थामा गर्भावस्थाको बारेमा थाहा हुँदैन ।केहि अन्य संकेतहरुमा सकारात्मक गर्भावस्थाको परिणाम प्राप्त गर्न केहि दिन भित्र महिनावारीको क्रममा रक्तस्रावको समस्या हुनसक्छ ।

मिस्ड गर्भपात: मिस्ड गर्भपात तब हन्छ जब गर्भपातलाई एक क्लीनिकल जाँच जस्तै कि अल्ट्रासाउन्डको  माध्यमबाट थाहा हुन्छ तर महिलालाई कुनै प्रकारको गर्भपातको संकेत वा लक्षण देखिएको हुँदैन । यस्तो प्रकारको गर्भपातलाई मूक (साइलेन्ट) गर्भपात पनि भानिन्छ ।

ब्लाईटेड ओभम : ब्लाईटेड ओभममा  भ्रूण पूर्णतरिकाले विकसित भएको हुँदैन र यसको कारण गर्भाशयमा बिलिन हुन्छ । यस्तो स्थितिमा महिला गर्भावस्थाको लक्षण अनुभव गर्दछन् र गर्भकालीन थैली पनि बन्दछ तर बच्चाको विकास हुँदैन ।

आधा गर्भपात: केहि अवस्थामा  गर्भाशयको टिस्यु भित्र हुनेगर्दछ र यसको कारण अधिक दुखाई र रक्तस्राव हुन्छ किनभने गर्भाशय आफैलाई खाली गर्नको लागि बाँकि रहेको टिस्युलाई बाहिर निकाल्न कोशिश गरिरहन्छ ।  यस्तो अवस्थामा डाक्टरकहाँ जानुपर्छ र गर्भावस्थाको टिस्युलाई निकालेर गर्भाशय खाली गर्न तुरुन्त अप्रेसन गर्नुपर्छ ।

पूर्ण गर्भपात: पूर्ण गर्भपात तब हुन्छ जब गर्भाशयमा बाँकी सबै सामग्रिहरुलाई सफलतापूर्वक खाली गरिन्छ । रक्तस्राव र दुखाई निरन्तर हुन सक्छ किनभने गर्भाशय खुम्चिन्छ र रगतलाई बग्न दिन्छ ।

आवर्तक गर्भपात: केहि महिलालाई गर्भावस्थाको क्रममा बारम्बार गर्भपातको अनुभव हुन्छ । बारम्बार गर्भपात हुनु कुनै सामान्य कुरा होइन र क्रोमोसोनाल डिसअर्डर यस्तो स्थितिको कारक तत्व हुन्छ । यस्तो भए तुरुन्त गायनोलोजिस्टसंग सम्पर्क गर्नुपर्छ ।गर्भपातबाट बच्नको लागि निकै सावधानी अपनाउनुपर्छ । यसको लागि प्रेग्नेन्सीको क्रममा शारीरिक र मानसिक रुपमा स्वास्थ्य रहनुपर्छ । गर्भधारणको क्रममा कुनै प्रकारको औषधि खानु हुँदैन र औषधि सेवन गर्नुपर्यो भने पनि डाक्टरको सल्लाह अनुसार मात्र खानुपर्दछ ।
आफ्नो चिकित्सकसंग परामर्श गरेर हरेक दिन प्रसवपूर्व भिटामिन र फोलिक एसिडको सेवन गर्नुपर्छ ।

एक पटक गर्भपात भएपछि दोश्रो गर्भावस्थाको लागी प्रयास गर्दा आफ्नो गायनोलोजिस्ट संग परामर्श लिनुपर्दछ ।

गर्भपातको लागि कुनै निश्चित उपचार छैन । डाक्टरहरुले पूर्ण तरिकाले आराम गर्न वा अप्रेसनद्वारा आफ्नो गर्भाशायलाई भित्र बाँकी रहेको भ्रूण टिस्यु निकाल्ने सल्लाह दिन सक्छन् । गर्भपात एक दुर्भाग्यपूर्ण घटना हो,  यसबाट हुने खतराको बारेमा जान्नकोलागी महिला कति महिना देखि गर्भवती छिन् भन्ने थाहा हुनुपर्दछ । प्रायजसो गर्भधारण भएको २० हप्ता गर्भपात हुने खतरा हुनसक्दछ ।


Your Views
Related News