काठमाडौँ । चाय पिउदा शरीरबाट थकान कम हुन्छ, टाउको दुखेको कम हुन्छ,  तनाव कम हुन्छ  आदि जस्तो चिया पिउनुको फाइदाहरु त सबैलाई थाहा छ । यसको अर्को फाइदा पनि रहेको छ, हर्वल टि मतलब आयुर्वेदिक चिया पिउँदा शरीरको पाचन शक्ति बलियो हुँदै जान्छ र पाचन सम्बन्धि समस्या कम हुन्छ ।

आजभोली मानिसहरु आफ्नो रोग प्रतिरोधात्मक शक्ति बढाउन लागिपरेका छन्, कोरोना भाइरसको समयमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुपर्ने आवस्यकता बढ्दै गएको छ ।

हाम्रो शरीरलाई रोगबाट बचाउनको लागि रोग प्रतिरोधक क्षमता महत्वपुर्ण हुन्छ । यस रोग प्रतिरोधक क्षमता, ७० प्रतिशत सम्म हाम्रो पेटको अवस्थामा निर्भर हुन्छ । शरीरको पाचनलाई सन्तुलित बनाउन सहयोग गर्ने आयुर्वेदिक चिया:

केमोमाइल चिया

केमोमाइल चिया पाचन क्षमतालाई सन्तुलनमा राख्नको लागि निकै प्रभावकारी रहेको छ । यस चियाले शरीरको हानिकारक ब्याक्टेरियालाई बढ्न रोक्छ र राम्रो ब्याक्टेरियालाई अधिक स्वास्थ्य बनाउन सहयोग गर्छ । झाडापखाला मतलब लुज मोसन भएको समयमा केमोमाइल-चिया पिउँदा फाइदा गर्दछ । यसले पेट दुखाईबाट राहत दिन्छ र लुज मोसनलाई रोक्न पनि प्रभावकारी रहेको छ । दिनमा दुई कप केमोमाइल-चिया सेवन गर्दा फाइदा हुने गर्दछ

अदुवाको चिया

सामान्यरुपमा अदुवाको चिया जाडो महिनामा पिउने गरिन्छ किनभने यस समयमा अदुवाको नयाँ बाली उठाउने समय भएको हुन्छ । तर सुकाइएको अदुवाको प्रयोग वर्ष भरी हुन्छ यसलाई सुठो भनिन्छ ।

कोरोना संक्रमणबाट बच्नको लागि प्राय चिया बनाउदा सुठोको प्रयोग गर्नुपर्छ । यसले शरीरको श्वासप्रश्वास बलियो बनाउँछ र घाँटीको समस्याबाट पनि टाढा राख्छ ।

कालो चिया/ ब्ल्याक टि

ब्ल्याक टि दुधबिना बनाउने चिया हो र यसलाई तयार गर्न केवल तातो पानी र टिब्यागको आवश्यकता पर्दछ । यदि टि ब्याग छैन भने चियापत्तीलाई तातोपानीमा हल्का उमालेर पनि कालो चिया तयार गर्न सकिन्छ ।

ब्ल्याक टि पिउँदा पाचन पक्रिया सन्तुलित रहन्छ र यसले टाउको दुख्ने र रुघा लाग्ने समस्याबाट छुटकारा दिन्छ । ब्ल्याक टि बनाउने समयमा एउटा ल्वांग र एउटा कालो मरिच मिसाएर पकाउनुपर्छ जसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बलियो राख्दछ ।

पुदिनाको चिया 

एक कप पुदिनाको चिया बनाउनको लागि चार-पाँच वटा पुदिनाको पातलाई पानीमा मिसाउने र सानो आगोमा पकाउनुपर्छ । जब पानी राम्रो संग उम्लिएपछि त्यसलाई छानेर मन तातो बनाएर खानुपर्दछ । यसले पाचन प्रणालीलाई ठिक राख्दछ ।

दालचिनीको चिया 

दालचिनी मतलब सिनामनको चियाको उपयोग निकै सिमित मात्रामा गर्नुपर्दछ । त्यसैले दालचिनीको चिया बनाउने समयमा आधा इन्च भन्दा पनि छोटो टुक्रालाई पिसेर पानीमा उमाल्नु पर्दछ । यदि दालचिनी पाउडरको प्रयोग गर्ने हो भने एक चिम्टी पाउडर लिनुपर्दछ ।

यसको साथै हल्का चियापत्ती, एउटा हरियो अलैची , दुई तीन वटा तुलसाको पात मिसाएर चिया बनाउन सकिन्छ । स्वाद अनुसार यसमा चिनी वा सख्खरको प्रयोग गर्न सकिन्छ । दिनमा एक पटक बिहानको समयमा यस चिया पिउँदा लाभ हुन्छ ।

READ MORE NEWS

यी घरेलु उपाय प्रभावकारी हुन्छन् मोटापन घटाउन

काठमाडौँ । आजको समयमा मोटोपन सबै भन्दा ठुलो समस्या बनेको छ ।

यसको कारण विभिन्न रोगहरु, जस्तै मधुमेह, मुटुको समस्या, क्यान्सर, हृदयघात आदि को सम्भावना बढ्दो रहेको छ ।

मोटोपन कुनै विशेष उमेर पुगेपछि हुने होइन, यो कुनैपनि उमेरका व्यक्तिमा हुन सक्छ । प्राय चिल्लोयुक्त खानेकुरा सेवन गर्ने र खराब जीवनशैली मोटोपनको प्रमुख कारण हुने गर्दछ । जब एक पटक तौल बढ्छ तब त्यसलाई कम गर्न निकै कठिन हुनेगर्दछ ।

केहि घरेलु उपायबाट शरीरको मोटोपन तुरुन्त घटाउन सकिन्छ । जसलाई अपनाएर शरीरको तौल कम गर्न सकिन्छ । के हुन् त ती उपायहरु?

कागतीको रस र मह 

कागतीको रस र महको मिश्रणले शरीरको तौल घटाउन निकै प्रभावकारी रहेको छ र यो दुब्लाउने सबैभन्दा लोकप्रिय उपाय मध्य एक हो ।

यसको लागि एक आधा कागतीको रसलाई एक गिलास पानिमा मिसाउने र त्यसमा दुई चम्चा मह मिसाउने र यसलाई तुरुन्त पिउने । यस मिश्रणलाई दिनमा तीन देखि चार पटक सम्म पिउनुपर्दछ । यसले शरीरलाई निकै फाइदा गर्दछ ।

कालो मरिच 

कालो मरिचमा पिपराइन तत्व हुन्छ र यसले शरीरको बोसोलाई कम गर्न सहयोग गर्दछ । एक सानो चिया चम्चा कालो मरिच पाउडरलाई चियामा मिसाएर पिउनुपर्दछ वा यसलाई सलादमा मिसाएर पनि सेवन गर्न सकिन्छ । यसलाई दैनिक रुपमा सेवन गर्दा मोटोपन कम हुँदै जान्छ ।

सौफको सेवन 

सौफ मोटोपन कम गर्न निकै प्रभावकारी रहेको छ । यसको लागि सबै भन्दा पहिला सुपलाई पाउडर बनाउने र त्यसको आधा वा एक चम्चा तातो पानीमा मिसाएर पिउनुपर्दछ । शरीरको मोटोपनलाई कम गर्न उक्त मिश्रणलाई खाना खानुभन्दा केहि समय पहिला र कम्तिमा दिनमा दुईपटक सम्म पिउनुपर्छ ।

कागती, मह र दालचिनीको मिश्रण 

आधा चम्चा दालचीनी पाउडर, आधा कागती र थोरै मह, यी तीन चिजलाई मिसाएर एक मिश्रण तयार गर्ने । हरेक दिन खाली पेटमा पिउने गर्दा शरीरको बोसो कम हुँदै ।


Your Views
Related News