असोज १५, इलाम । विभिन्न समस्याले यहाँस्थित सूर्योदय नगरपालिकामा निर्माण हुन लागेको ‘चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र’को काम अझै शुरु हुन सकेको छैन । गएको चैतबाटै शुरु हुने भनिए पनि कोरोना र वर्षाको समस्या देखाउँदै केन्द्रको काम शुरु नभएको हो ।

प्रदेश नं १ सरकारको साझेदारीमा सूर्योदय नगरपालिकाले रू. २३ करोडको लगानीमा उक्त केन्द्र निर्माण गर्न लागेको हो । प्रदेश सरकारको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लगानी रहने बताइएको छ ।

नगरपालिकाले पाँच वर्षमा भवन निर्माण सक्ने बताएको थियो । हालसम्म पनि भवनको निर्माण कार्य नथालिएकाले भवन निर्माण म्यादभित्र नसकिने सम्भावना बढेको छ । ‘फागुनमै डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) लगायतका काम सम्पन्न भएको थियो’, सूर्योदय चिया सचिवालयका संयोजक देवेन्द्र शर्माले भने, ‘तर कोरोना र पानी बढेका कारण हालसम्म शुरु हुन सकेको छैन ।’

शर्माका अनुसार भवनमा चिया परीक्षण मात्र नभई भवनभित्र चियाको संग्रहालय, मिटिङ हल, विदेशी पाहुना बस्ने भवनसमेत हुनेछ । विदेशी पर्यटक आउँदा चियाको अध्ययन गर्न सहज बनाउन संग्रहालयसमेत भवनमा रहने शर्माको भनाइ छ । नगरका इञ्जिनीयर सिर्जन बरालका अनुसार चियाको टेस्टिङका लागि पाँच ओटा भवन (ब्लक) निर्माण हुनेछन् ।

एउटा ब्लकमा प्रशासन र जानकारी दिने अफिस, दोस्रो ब्लकमा संग्रहालय र चियाको परीक्षण भवन रहने छ भने तेस्रो ब्लकमा शौचालय र कटेज बनाइने इञ्जिनीयर बरालको भनाइ छ । यस्तै, चौथो ब्लकमा बैठक बस्ने सभाकक्ष रहने छ भने पाँचौँमा विदेशी पर्यटकका लागि अतिथि कक्ष रहने छ ।

‘केही भवन दुईतले र कुनै तीनतले बनिनेछ’, बरालले भने, ‘तर समयमा शुरु गर्न सकिएन ।’ शुरुमा कोरोनाका कारण ठेकेदारले काम नथाले पनि साउनको पहिलो हप्ताले थाल्ने सक्रियता देखाएको थियो तर मध्य वर्षाको समय भएकाले झरीपछि मात्र काम थाल्न नगरले निर्देशन दिएकाले ढिलाइ भएको बरालको भनाइ छ ।

गएको वर्ष चिया परीक्षण केन्द्र बनाउनका लागि मुख्यमन्त्री शेरधन राईसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पदाधिकारीले नगरपालिकासँग सम्झौता गरेका थिए  ।

READ MORE NEWS

धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू

असोज १५, काठमाडौं नेपाल धितोपत्र बोर्डले असोज १५ गतेदेखि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू गरेको छ ।

बोर्डले अनुमति प्राप्त धितोपत्र व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी काम कारवाहीलाई थप नियमत तथा व्यवस्थित गर्नका लागि यो व्यवस्था लागू गरेको हो ।

अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४’, ‘सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०७३ तथा नेपाल धितोपत्र वोर्डबाट जारी भएको ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६’ मा भएको कानूनी व्यवस्थालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न यो व्यवस्था लागू गरेको बोर्डले बताएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तरराष्ट्रिय अभ्यास अनुरुप फाइनान्सियल एक्सन टाक्स फोर्स तथा एशिया प्रशान्त समूह (एपिजी) को मापदण्डहरुलाई समेत आधार मानी सुपरिवेक्षण म्यानुअल तयार गरिएको बोर्डको भनाइ छ ।

यो व्यवस्था धितोपत्र व्यवसायीको जोखिममा आधारित रहेको बोर्डले बताएको छ । धितोपत्र व्यवसायीको संरचनागत तथा अन्तर्निहित जोखिम तथा जोखिम व्यवस्थापनलाई रेटिङ्ग संकेत १ देखि ५ को बीचमा गर्ने व्यवस्था समेत यसमा गरिएको छ ।

त्यस्तै धितोपत्र व्यवसायीको स्थलगत तथा गैर स्थलगत सुपरीवेक्षण सम्बन्धी विषय समावेश गरिएको, धितोपत्र व्यवसायीहरुबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकन गर्ने व्यवस्था गरिएको, धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकनबाट स्थलगत सुपरीवेक्षणको अवधी, क्षेत्र तथा मात्रा निर्धारण गर्ने व्यवस्था गरिएकोे छ ।

धितोपत्र व्यवसायीहरुको जोखिम मूल्यांकनगर्दा धितोपत्र व्यवसायीले प्रदानगर्ने वस्तु तथा सेवा, ग्राहक सम्बन्धी जोखिम, भौगोलिक क्षेत्र सम्बन्धी जोखिम, उच्चपदस्थ व्यक्ति सम्बन्धी जोखिम, वितरण माध्यम सम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनगत जोखिम, धितोपत्र व्यवसायीको जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्थासमेत म्यानुअलमा गरिएको छ ।

READ MORE NEWS

नारायणी डेभलपमेण्टको १८औं साधारण सभा शुक्रवार, हकप्रद शेयर जारी गर्ने प्रस्ताव

असोज १५, काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकको १८औं वार्षिक साधारण सभा शुक्रवार स्टार ब्याङ्क्वेट रत्ननगर चितवनमा दिउँसो १ बजे हुने भएको छ ।

कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले चुक्तापूँजी वृद्धि गर्नको लागि सत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ‘ख’ र्गको जिल्ला स्तरीय बैंकलाई न्यूनतम पूँजी रू. ५० करोड पर्ने भएकाले कम्पनीको अधिकृत जारी र चुक्तापूँजी वृद्धि गर्ने रसोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक शंसोधन गर्ने प्रस्ताव रहेको छ ।

साथै, यस बैंक र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सँग सम्बन्धी आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज ८ गतेदेखि १६ गतेसम्म बन्द रहने कम्पनीले जानकारी गराएको छ ।

असोज ७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ५६ लाख रहेको छ । सत प्रतिशत हकप्रद शेयर जारी गरेपछि पूँजी रू. १३ करोड १२ लाख पुग्नेछ । यस कम्पनीले समस्याग्रस्त बैंकको सूचीबाट साउन ८ गते फुकुवा भएको हो ।


Your Views
Related News