टोङ्गा । प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो । टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै ठूलो भूकम्पको धक्का महशुुुस गरिएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
प्रशान्त महासागरीय मुलुक टोङ्गा भूकम्पीय जोखिमयुक्त राष्ट्र हो ।
READ MORE NEWS
वास्तविक कृषकसम्म पुगेन राज्यको अनुदान
भोजपुर । पछिल्लो समय भोजपुरका युवाको कृषि व्यवसायतिर मोह बढे पनि पहुँचका आधारमा स्थानीय तह तथा अन्य सरकारी निकायले अनुदान वितरण गर्दा वास्तविक कृषक मारमा परेका छन् ।
भोजपुर नगरपालिका–४ सिद्धेश्वर दाँवाका २२ वर्षीय युवा गणेश विष्टले इलामबाट उन्नत जातको गाई ल्याएर रु १२ लाख बढी लागतमा गाईपालन व्यवसाय गर्दै आएका छन् ।
फार्मबाट दैनिक ५० लिटर बढी दूध उत्पादन भइरहेको छ । चार वर्षअघिबाट कृषि व्यवसाय गरिरहेको भए पनि हालसम्म कुनै प्रकारको राज्यको सहयोग नपाएको उनको गुनासो छ ।
कृषक विष्टले भने, “इलामबाट ठूलो लगानी गरेर उन्नत जातको गाईपालन गरिरहेको छु, वडा तथा अन्य कार्यालयमा धाउँदा पनि कुनै सहयोग मिलेन, अहिले गोठ सुधारको काम गर्न पैसा अभाव भएर बाँस ओच्छयाएर गार्ई राखेको छु । मलाई गाई मर्ने चिन्ताले पिरोल्छ । के गर्नु राज्यको सहयोग लिन पनि पहँुच नै पुग्दैन ।”
करिब ८०० मिटर कच्चीबाटो मर्मतमा वडा कार्यालयले ध्यान नदिँदा उहाँलाई दूध बिक्रीका लागि सदरमुकामसम्म पुग्न सास्ती हुने गरेको छ । उनले जोखिम मोलेर बाइकमा दूध बोक्दै आएका छन् । “ बाटो मर्मतलाई भन्दा पनि काम भएन, एक किलोमिटरसम्म दूधको क्यानलाई काँधमा बोकेर सडक राम्रो भएको ठाउँसम्म लैजानुपर्छ । व्यवसाय गर्छु भनेर के गर्नु दुःख धेरै छ”, कृषक विष्टले भने।
उनले सञ्चालन गरिरहेको दाँवाली पशुपक्षी तथा कृषि फार्ममा भैँसी, बाख्रा तथा कुखुरा छन् । फार्ममा उनका बुवा तथा अन्य परिवारका सदस्यले सहयोग गर्छन् । आफ्नै ठाउँमा स्वरोजगार बन्न व्यावसायिकरुपमा काम गरेको भए पनि सरकारको साथ नपाउँदा व्यवसाय धरासायी बन्दै गएको कृषक एकेन्द्रबहादुर विष्टले बताए ।
“रकम अभाव छ, दूध बिक्रीबाट आएको पैसाले गाईलाई चोकर र औषधि किन्दा नै ठिक्क हुन्छ । कारण ठूलो लगानी गरेर बाहिरबाट ल्याएका गाई बचाउन चिन्ता भएको बताउने गरेका छन्”, कृषक एकेन्द्रले भने ।
जिल्लाका अधिकांश स्थानीय तह तथा सरकारका अन्य विभिन्न निकायबाट विभिन्न खाले अनुदानका कार्यक्रम सञ्चालन हुने गरे पनि पहुँचवालाले मात्र यस्तो सुविधा पाउने गरेको वास्तविक कृषकले बताउँदै आएका छन् । रासस
सगुनको ‘मुडटक’ च्याटिङ फिचर : कमजोर इन्टरनेटमा पनि सजिलै काम गर्ने
काठमाडौं । सगुनले आफ्ना लगानीकर्ताहरुको बीच Zoom webinar मार्फत बेटा भर्सन सार्वजनिक ल्याएको छ | सगुनले फरक प्रकारको chat features प्रयोगकर्ताहरु बिच चाडै नै सार्वजनिक गरिने जनाएको छ | भिन्दाभिन्दै mood हरुको आधारमा कुराकानी गर्न सकिने फरक अवधारणाबाट ल्याइँदै गरेको नयाँ फिचरले प्रयोगकर्ताहरूको मन जित्न सक्ने विश्वास लिएको छ |
सगुनले बनाएको च्याटिङफिचर ‘मुडटक’ले निकै कमजोर इन्टरनेट सुविधा भएको ठाउँमा पनि सजिलै काम गर्ने सगुनका प्रविधि प्रमुख कपिल नवानीले जानकारी दिएका छन्।
सगुनका सह संस्थापक तथा भारत स्थित कार्यालय की प्रमुख स्वाती दयालले यो फिचर बनाउँदा आइपरेका अप्ठ्यारा र संघर्षका कथा लगानीकर्ताहरु माझ राखिन् । स्वातीले सगुनको नयाँ च्याट फिचर Mood Talk को प्रत्यक्ष डेमो देखाउनुका साथै यसमा तुरुन्तै आउने अरु नयाँ फिचरहरुका बारेमा पनि बताइन्।
सगुनका फाउन्डर गोविन्द गिरीले सबै इन्जिनियरहरु जस्ले यो chat system विकास गर्न मद्दत पुर्याए, उनीहरूलाई धन्यवाद दिए।
सगुनका Design Manager Umer Bhatt ले यो Product बनाउँदा खेरि के कस्ता मनोवैज्ञानिक अनुसन्धान देखि लिएर अहिले चलनमा आएका प्रविधिहरू के/के छन् सबै कुरो विश्लेषण गरेर बनाएको बताए। उनले संस्थापक गोविन्द गिरीको सोच र विचारलाई सुनेपछि आफुहरुले त्यसलाई मूर्तरूप दिन प्रयास गरेको बताए। उनको भनाई अनुसार जब यो Product बाहिर सर्वसाधारणबीच आउँछ त्योबेला सबैले यसको कुन लेबलको डिजाइन र back-end कामहरु भएको छ त्यसको सहज अनुभव प्रयोगकर्ताहरुले गर्न पाउनेछन्। मौका पाउने हो भने हामीपनि ठूला ठूला कम्पनी जस्तै अथवा त्यो भन्दा राम्रा किसिमका प्रोडक्ट र फिचर्सहरु दिन सक्ने उनले बताए ।
त्यस्तै, सगुनका IOS Development Head मनिष गुप्ताले निकै छोटो समयमा आफुहरुले च्याट सिस्टम विकास गरेको बताए । “हामीले रातदिन नसुती काम गरि रहेका छौं। गोविन्द गिरी सरको जुन भिजन छ त्यसलाई सार्थक रुप दिनलाई हामीले जे जति गर्न सक्छौं, त्यो गर्न पाएकोमा हामी निकै खुसि छौं,” उनले भने।
त्यस्तै, सगुनका Android Development Head रोह्ताश चौहानले एन्ड्रोइडमा कुनैपनि नयाँ फिचर्सहरु ल्याउन आइओएसमा भन्दा निकै अप्ठ्यारो भएको बताए। आइओएसमा धेरै किसिमका भर्सनहरु नभएको हुँदा त्यसमा कुनैपनि फिचर्स बनाउनु र अप्डेट गर्न सजिलो हुन्छ, तर एन्ड्रोइडमा विभिन्न किसिमका भर्सनहरु भएको हुनाले ती सबैलाई समेट्न अलि धेरै कठिनाइ र समय लाग्ने उनले बताए । यो प्रोजेक्टमा संलग्न हुन पाउँदा आफूलाई निकै गर्व लागेको उनले बताए।
अन्त्यमा सगुनका सहायक प्रवन्धक ओमप्रकाश श्रेष्ठले कोभिड-१९ का कारण नयां फिचर सार्वजनिक गर्नमा अलि ढिलाई भएको बताए। यो बेटा रिलिजमा पनि अझ निकै धेरै कुराहरु राख्नु छ, काम गर्न अझै निकै बाँकी छ र हामीले सर्वसाधारणका बीच अब आउने केही हप्तापछि रिलिज गरिसकेपछि सबै प्रयोगकर्ताहरुले मन पराईदिनु हुनेछ भन्ने विश्वास लिएकाे उनले बताए।
सगुनको यो feature सार्वजानिक भएपछि सगुनको मूल्यांकनमा वृद्धि हुने जनाइएको छ भने सर्वसाधारणलाई उपलब्ध गराएको MINI IPO यही सेप्टेम्बर 30 NEW YORK समयअनुसार मध्यरात 12 बजे समाप्त हुने सार्वजानिक गरेको छ | इच्छुक लगानीकर्ताहरुले अझै पनि www.sagoon.com/invest मा गएर यो valuation मै लगानीको फाइदा लिनसक्ने सगुनले उल्लेख गरेको छ ।
Related News