२ वर्षपछि मेसी र रोनाल्डोबीच मैदानमा भेट हुँदै

जेनेभा — युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि बिहीबार ड्र जारी गरिएको छ र त्यस अनुसार लिग चरणमा लियोनल मेसीले आफ्ना खास प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको सामना गर्ने भएका छन् ।

रोनाल्डोले रियल म्याड्रिड छाडेर युभेन्टस गएयता दुई वर्षपछि मेसीसँग भेट हुन लागेको हो । दुवै टिम लिग चरणमा एउटै समूहमा परेका छन् ।

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले भने एटलेटिको म्याड्रिडसँग भिड्नु पर्नेछ । अन्य ठूला खेल पेरिस सेन्ट जर्मेनविरुद्ध म्यानचेस्टर युनाइटेड तथा रियल म्याड्रिडविरुद्ध इन्टर मिलान पनि रहेका छन् ।

यस्तो छ ड्र

समूह ए : बायर्न म्युनिक, एटलेटिको म्याड्रिड, साल्सबर्ग, लोकोमोटिभ मस्को

समूह बी : रियल म्याड्रिड, साख्तर डोनेस्क, इन्टर मिलान, बोरुसिया मुन्छेनग्लाडबाख

समूह सी : पोर्टो, म्यानचेटर सिटी, ओलम्पियाकोज, मार्से

समूह डी : लिभरपुल, आयाक्स, एटलान्टा, मिडट्जयल्यान्ड

समूह ई : सेभिया, चेल्सी, क्रासनोडर, रेनेस

समूह एफ : जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, ब्रुग्स

समूह जी : युभेन्टस, बार्सिलोना, डायनामो किभ, फेरेन्भारेस

समूह एच : पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइपजिग, इस्टानबुल बासाकसेर

READ MORE NEWS

लिभरपुललाई हराउँदै आर्सनल क्वाटरफाइनलमा

एजेन्सी – सडनडेथमा लिभरपुललाई पराजित गर्दै लन्डन क्लब आर्सनल इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एनफिल्डमा बिहीबार राति भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुगिंएपछि पेनाल्टी सुटआउट र त्यसपछि सडनडेथमा आर्सनल ५–४ ले विजयी भएको हो । यससँगै आर्सननले अघिल्लो साता प्रिमियर लिगमा भोगेको ३–१ को हारको समेत बदला लिएको छ ।

पेनाल्टी सुटआउटमा आर्सनलका एलक्सान्द्रे लाकाजेट, सेडरिक सोआरेस, एन्सले मेटल्यान्ड निल्स, निकोलस पेपे र जोसेप विललकले गोल गर्दा तेस्रो पेनाल्टी प्रहार गरेका मोहमेद इलाने चुकेका थिए । लिभरपुलका जेम्स मिल्नर, जर्जिनो वाइनाल्डम, ताकुमी मिनामिनो र कर्टिस जोन्सले गोल गर्दा चौथो पेनाल्टी प्रहार गरेका डिभोक ओरिगी र छैटौं पेनाल्टी प्रहार गरेका ह्यारी विल्सन चुके ।

घरेलु मैदानमा लिभरपुलले आर्सनलविरुद्ध दोस्रो रोजाईका ८ खेलाडीलाई अवसर दिएको थियो । अघिल्लो खेलमा आर्सनलविरुद्ध जित निकाल्दाको टोलीबाट ३ खेलाडीलाई मात्रै पहिलो रोजाईमा मैदान उतारेको थियो ।

दोस्रो रोजाईको टोलीविरुद्ध आर्सनलले खेलको सुरुवात देखि नै दवाव बढाएको थियो । सातौ मिनेटमा ड्यानियल सेवालोसको पासमा निकोलस पेपे चुके । ११औं मिनेटमा विलियनको कर्नरमा बुकायो साकाको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

१३औं मिनेटमा लिभरपुलले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अग्रता लिन सकेन । ३५औं मिनेटमा कर्टिस जोन्सको प्रहारलाई आर्सनलका गोलरक्षक बन्ड लेनोले विफल पादै लिभरपुलको अग्रता टारे ।

दोस्रो हाफमा भने लिभरपुलले खेलमा पकड बनाउदै आर्सनलको पोस्टमा लगातार आक्रमण बुनेपनि गोल गर्न असमर्थ रह्यो । ५३औं मिनेटमा जेम्स मिल्नरको कर्नरमा भर्जिल भान डाइकको प्रहार बाहिरियो । ५६औं मिनेटमा डिएगो जोटा र लगत्तै ५७औं मिनेटमा मिल्नरको कर्नरमा मार्काे ग्रुजिकको हेडर सदुपयोग हुन सकेन ।

६३औं मिनेटमा डिएगो जोटा पुनः चुके । ६४औं मिनेटमा ग्रुजिकको प्रहारमा गोलरक्षक लेनो बाधक बने । ७०औं मिनेटमा निकोलस पेपेले अवसर पाएपनि सदुपयोग नहुदा आर्सनल अग्रता लिनबाट चुक्यो । ८४औं मिनेटमा निकोलस पेपेले गोल गर्न सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

यस्तै अर्काे खेलमा ब्रेन्टफोर्डले फुलहमलाई ३–० ले तथा स्टोक सिटीले एस्टन भिल्लालाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।

क्वाटरफाइनल समिकरण

आर्सनलविरुद्ध म्यानचेस्टर सिटी, ब्रेन्टफोर्डविरुद्ध न्युक्यासल युनाइटेड, एभर्टनविरुद्ध म्यानचेस्टर युनाइटेड र स्टोक सिटीविरुद्ध टोटेनहम


Your Views
Related News