काठमाडौं । खोप आएपनि जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्ने बताइएको छ ।
कोरोनाविरुद्धको प्रभावकारी खोप पत्ता लागि प्रयोगमा आएको अवस्थामा पनि जनजीवन छिट्टै सामान्य नबन्ने वैज्ञानिकहरुको समूहले चेतावनी दिएको हो ।
कोरोना महामारीको एक मात्र अचूक औषधी यस विरुद्धको खोप रहेकाले अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागिरहेका छन् ।
तर खोप पत्ता लागि प्रयोगमा आउन थाले पनि आउँदो वसन्तमा जनजीवन सामान्य अवस्थामा फर्किन नसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने उनीहरुको भनाइ छ । खोपका विषयमा तथ्यपरक भएर सोच्नु पर्ने र अपेक्षा पनि सोही अनुसारको हुनु पर्ने उनीहरुको सुझाब छ ।
रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्नेमा उनिहरुले जोड दिएका छन् ।
अझ उक्त प्रतिवेदनले खोप तत्काल उपलब्ध नहुने तर्फ सचेत गराउँदै खोपको विकास लामो प्रक्रिया रहेको उल्लेख गरेको छ । एजेन्सी
READ MORE NEWS
महासंघको चुनाव मंसिर ११ र १२ मा
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ मा गरिने भएको छ । गत चैतमा हुनुपर्ने निर्वाचन कोभिड–१९ को बढ्दो संक्रमणका कारण तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।
महामारीलाई हाम्रो प्रगतिको बाधक बन्न दिनु हुँदैन : राष्ट्रपति भण्डारी
न्युर्योकस्थित यूएनका लागि नेपालको स्थायी नियोगद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले समयमै स्वास्थ्य स्याहार, खोपमा समान पहुँच एवम् महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुनर्लाभका योजना जरूरी रहेको औंल्याइन् ।
‘दिगो विकास कार्यसूची–२०३० को कार्यान्वयन दशक एवम् दिगो विकासको पाँचौं लक्ष्य प्राप्तिका लागि त यो एक महत्वपूर्ण परीक्षण नै हुनेछ,’ उनले भनिन् ।
उक्त उच्चस्तरीय सम्मेलनको मूल नारा ‘सबै महिला, किशोरी तथा बालिकाहरूलाई सशक्त बनाई लैङ्गिक समानताको गति तीव्र बनाऔं’ थियो ।
राष्ट्रपति भण्डारीले बेइजिङ घोषणा पत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तीकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको बताइन् ।
‘बेइजिङ घोषणा पत्रमा अन्तरनिहित सरोकारका बाह्र क्षेत्रहरूमा क्रमिक रूपमा प्रगति हुँदै गएको भए पनि ती प्रतिबद्धताहरु पूर्ण रुपमा हासिल हुन अझै समय लाग्ने छ । समाजमा संरचनागत खाडल तथा चुनौतीहरु कायमै छन्,’ उनले भनिन् ।