१६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय प्रतिनिधि भेलरी जुलियण्डको कार्यकल बुधबार समाप्त भएको छ ।

उनलाई संयुक्त राष्ट्रसंघका महासचिवले इन्डोनेसियाको आवासीय प्रतिनिधिको रुपमा नियुक्त गरेको नेपालस्थित राष्ट्रसंघ कार्यालयले जानकारी दिएको छ ।

उनले नेपाल सरकार र राष्ट्रसंघबिचको सम्बन्ध पारस्परिक सम्मान र सहकार्यमा आधारित भएको बताएकी छन् । उनले राष्ट्रसंघ नेपाल सरकार र नेपाली जनताको एक महत्वपूर्ण साझेदार भएकोसमेत उल्लेख गरेकी छन् ।

उनले आफू सन् २०१५ मा नेपाल आउँदा नेपाल भर्खरै भूकम्पबाट तंग्रिदै पुनर्निर्माण तर्फ अगाडि बढेको र आफूले अहिले नेपाल छाड्दै गर्दा कोरोना भाइरस र यसको आर्थिक सामाजिक प्रभाव सामना गरिरहेको उल्लेख गरेकी छन् । ‘यो संकटबाट उत्रनको लागि राष्ट्रसंघले नेपाल सरकार र नेपाली जनतासँग निरन्तर रुपमा सहकार्य गर्नेछ र यसले लैंगिक मैत्री, बढी समाबेशी र जलवायु मैत्री बिकासको आधारशिला तयार पार्नेछ,’ उनले भनेकी छन् ।

उनी सन् २०१६ को जुलाईमा नेपाल आएकी थिइन् । आफ्नो कार्यकाल अन्त्य भएकोमा ट्वीट गदै उनले भनेकी छन्, ‘मेरो नेपाल कार्यकाल सकिँदै गर्दा मैले मुलुकको संघीयतामा सिफ्ट र १४ हजारभन्दा बढी निर्वाचित महिला प्रतिनिधिको उदय प्रतिबिम्वित गरिरहेकी छु ।’

READ MORE NEWS

वास्तविक किसानसम्म पुग्दैन राज्यको अनुदान
असोज १६, २०७७ भोजपुर : पछिल्लो समय भोजपुरका युवाहरु कृषि व्यवसायतिर आकर्षित भएका छन्। कृषिमा युवाहरुको आकर्षण बढे पनि सरकारी अनुदान नपाउँदा उनीहरु मर्कामा पर्दै आएका छन्। भोजपुर नगरपालिका–४ सिद्धेश्वर दाँवाका २२ वर्षीय गणेश विष्टले इलामबाट उन्नत जातको गाई ल्याएर १२ लाख रुपैयाँभन्दा बढी लागतमा गाईपालन गर्दै आएका छन्।

उनको फर्मबाट दैनिक ५० लिटरभन्दा बढी दुध उत्पादन भइरहेको छ। चार वर्षदेखि गाईपालन गरिरहे पनि उनले कुनै प्रकारको राज्यको सहयोग नपाएको बताए।  ‘विदेश जानुभन्दा यतै केही गर्छु भनेर इलामबाट ल्याएर निकै ठूलो लगानीमा उन्नत जातको गाईपालन गरिरहेको छु। वडा तथा अन्य कार्यालयमा धाउँदा पनि कुनै सहयोग मिलेन,’ विष्टले भने, ‘अहिले गोठ सुधारको काम गर्न पैसा अभाव भएर बाँस ओछ्याएर गाईलाई राखेको छु।गाई मर्ने चिन्ताले पिरोल्छ। के गर्नु राज्यको सहयोग लिन पनि पहुँच नै पुग्दैन।’

करिब ८०० मिटर कच्ची बाटो मर्मतमा वडा कार्यालयले ध्यान नदिँदा दुध बिक्रीका लागि सदरमुकामसम्म पुग्न सास्ती हुने गरेको उनले गुनासो गरे। विष्टले जोखिम मोलेर मोटरसाइकलमा दुध बजारसम्म पु¥याउँदै आएका छन्।  ‘‘बाटो राम्रो छैन्, दुध बिक्रीका लागि हिलाम्य सडकमा जोखिम मोलर सदरमुकाम लानु पर्छ,’ उनले भने, ‘वडा कार्यालयमा बाटो मर्मतका लागि भन्दा पनि काम भएन, एक किलोमिटरसम्म दुधको क्यानलाई काँधमा बोकेर सडक राम्रो भएको ठाउँसम्म लैजानु पर्छ। व्यवसाय गर्छु भनेर के गर्नु दुःख धेरै छ।’ विष्टले सञ्चालन गरिरहेको दाँवाली पशुपन्छी तथा कृषि फर्ममा भैंसी, बाख्रा तथा कुखुरासमेत रहेका छन्।

फर्ममा उनका बुवा तथा अन्य परिवारका सदस्यले पनि सहयोग गर्दै आएका छन्। आफ्नै ठाउँमा स्वरोजगार बन्न व्यावसायिक रुपमा काम गरेको भए पनि सरकारको साथ नपाउँदा व्यवसाय धरासायी बन्दै गएको उनका बुवा एकेन्द्रबहादुर विष्टले बताए। ‘रकम अभावमा छ, दुध बिक्रीबाट आएको पैसाले गाईलाई चोकर र औषधि किन्दा नै ठिक्क हुन्छ,’ एकेन्द्रले भने, ‘कारण ठूलो लगानी गरेर बाहिरबाट ल्याएका गाई बचाउन चिन्ता छ।’ भोजपुरका अधिकांश स्थानीय तह तथा सरकारका अन्य विभिन्न निकायबाट विभिन्न खाले अनुदानका कार्यक्रम सञ्चालन हुने गरे पनि पहुँचवालाले मात्र यस्तो सुविधा पाउने गरेका किसानहरुको गुनासो छ।


Your Views
Related News