ललितपुर — पाटन अस्पतालमा बेतलबी बिदा माग्ने, राजीनामा दिने कर्मचारीको संख्या बढ्न थालेको छ । डेढ महिनायता ३० जनाले राजीनामा दिएका र १० जना बेतलबी बिदामा बसेका छन् ।

अहिले अस्पताल प्रशासनलाई कर्मचारीको बिदा मिलाउन र राजीनामा स्वीकृत गर्ने/नगर्नेबारे निर्णय लिन हम्मे परेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए । ‘समस्या परेका बेला राजीनामा स्वीकृत नगर्ने भन्ने नीति छ,’ उनले भने, ‘राजीनामा स्वीकृत नभए पनि खबरै नगरीकन बिदामा बस्नेको संख्यासमेत बढ्न थालेको छ ।’

उनका अनुसार स्वास्थ्यकर्मीले राजीनामा दिनुका कारण अस्पतालमा कर्मचारी संक्रमण हुने दर बढेको, समाजबाट दुर्व्यवहार सहनुपरेको, घरपरिवारले जागिर छोड्न दबाब दिएकोलगायत उल्लेख गर्ने गरेका छन् । अस्पतालमा १५ सय जना कर्मचारी छन् ।

सरकारले पाटनलाई कोभिड अस्पताल तोकेपछि त्यहाँ उपचार गराउन आउने बिरामीको संख्यामा उल्लेख्य कमी आएको छ । यसले अस्पतालको आम्दानी घटेपछि सञ्चालन गर्नै मुस्किल परेको अस्पतालले जनाएको छ । अहिले स्वास्थ्यकर्मी र कर्मचारीलाई मासिक तलब खुवाउनै धौधौ पर्न थालेको अस्पताल बताउँछ ।

अस्पताल प्रशासनका अनुसार सबै कर्मचारीलाई तलब वितरण गर्न मासिक ६ करोड रुपैयाँ आवश्यक पर्छ । निर्देशक डा. शाक्यले अस्पताल सञ्चालन गर्न सरकारले छुट्टै बजेट विनियोजन गर्ने व्यवस्था नभएको बताए । ‘अस्पताल आफैंले आम्दानी गरेर कर्मचारीलाई तलबभत्ता खुवाउनुपर्छ,’ उनले भने, ‘अहिलेको यो समस्या सरकारले कोभिड केन्द्रित अस्पतालका रूपमा तोकेपछि आएको हो ।’ उनले समस्याका बारेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई पटक–पटक जानकारी गराउँदा पनि समयमा सम्बोधन नगरिएको गुनासो गरे । ‘चैतअघि दैनिक ओपीडीमा २२ देखि २६ सय जनासम्म बिरामी आउँथे । अहिले ६ सयमा झरेको छ,’ उनले भने, ‘दैनिक भर्ना हुनेको संख्या २५ देखि ३० जनामा सीमित भएको छ ।’

उनले अस्पतालसँग भएको रकमबाट ७ महिना थेगिसकेको बताए । ‘अहिले निकै गाह्रो परेको छ,’ उनले भने । अस्पतालले सरकारसँग कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र कर्मचारीलाई तलब खुवाउन रकम माग गरेको छ । सरकारले अस्पताललाई संक्रमित बिरामीको उपचार खर्च भने उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिडको कारणले पाटन अस्पताल मात्र नभई मुलुकका अन्य अस्पताल पनि समस्यामा रहेको बताए । तैपनि पाटनका लागि बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयमा पहल भइरहेको उनले बताए ।

READ MORE NEWS

पदले पछ्याइरहने युवराज खतिवडाको शक्तिको स्रोत 

खतिवडालाई नजिकबाट चिनेका एक उच्च अधिकारी भन्छन्, “उहाँमा सबैलाई लठ्याउने मोहनी जस्तै कला छ। त्यो आखिर के हो भनेर बुझ्न कठिन छ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको तीन साता नपुग्दै पूर्व अर्थमन्त्री युवराज खतिवडा संयुक्त राज्य अमेरिकास्थित् नेपाली राजदूत नियुक्तिका लागि सिफारिस भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रिय सभा सदस्यको पदावधि गएको २० फागुन २०७६ मा सकिएका र पुनः राष्ट्रिय सभा सदस्यमा सिफारिस हुन नसकेपछि संवैधानिक बाध्यताका कारण अर्थमन्त्रीबाट बहिगर्मन निश्चित भएपछि खतिवडाले १९ भदौमा राजीनामा दिएका थिए। अर्थमन्त्रीबाट राजीनामा दिएको १० दिनपछि, २९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको थियो। मन्त्रीसरहको हैसियतमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त भएका खतिवडा त्यसको तीन साता नपुग्दै अमेरिकाका लागि राजदूतमा सिफारिस भएका हुन्।

अमेरिकाका लागि राजदूत नियुक्त गर्ने तारतम्य मिलाइसकेका प्रधानमन्त्री ओलीले तीन साताभन्दा थोरै अवधिका लागि मात्र उनलाई सल्लाहकार किन नियुक्त गरे भन्ने चाहिँ प्रष्ट छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुनु नै खतिवडाका लागि एकपछि अर्को महत्वपूर्ण पद सुरक्षित हुने आधार बनेको देखिन्छ। तर, पछिल्लो घटनाक्रमले एउटा प्रश्न पनि उब्जाएको छ। अमेरिकाका लागि राजदूत नियुक्त गर्ने तारतम्य मिलाइसकेका प्रधानमन्त्री ओलीले तीन साताभन्दा थोरै अवधिका लागि मात्र उनलाई सल्लाहकार किन नियुक्त गरे भन्ने चाहिँ प्रष्ट छैन। एकथरीको अनुमान छ- अर्थ मन्त्रालय आफैसँग राखेर खतिवडालाई पर्दा पछाडिबाट मन्त्रालय सञ्चालनको जिम्मेवारी दिने तयारीसाथ प्रधानमन्त्री ओलीले उक्त निर्णय गरेका थिए। तर, मन्त्रालय बाँडबाँडमा आफ्नै पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलोका कारण अर्थ मन्त्रालयको जिम्मेवारी पार्टीका अरु नै नेतालाई सुम्पनुपर्ने भएपछि प्रधानमन्त्रीले खतिवडालाई अमेरिकाको राजदूत बनाउने निधो गरेको आकलन गरिएको छ।

नेकपा स्रोतका अनुसार खतिवडा अमेरिकाको राजदूतमा जाने भएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाउने सम्भावना छ। प्रधानमन्त्री ओलीले यसबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सहमत गराइसकेको बताइन्छ।

आफ्ना विश्वासपात्र खतिवडालाई प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म पनि राष्ट्रिय सभामा दोहोर्‍याएर अर्थमन्त्रीमा निरन्तरता दिने हरसम्भव प्रयास गरेका थिए। त्यहीकारण नेकपामा संकट निम्तिँदासमेत प्रम ओली आफ्नो अडानबाट टसमस भएका थिएनन्। तर, अवस्था यस्तो आयो कि नेकपाको संकट गहिरिएर आफ्नो सत्तामै कम्पन पैदा भएपछि उनी खतिवडालाई राष्ट्रिय सभामा निरन्तरता दिन असमर्थ रहे।

खतिवडालाई पछ्याइरहने पद

२०५९ सालमा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएपछि खतिवडाले पछाडि फर्केर हेर्नु परेको छैन। त्यसबेला तीन वर्ष योजना आयोगमा बिताएपछि उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को श्रीलंकास्थित् एशिया प्यासिफिक कार्यालयमा अर्थशास्त्री पदमा जागिर खान गएका थिए। श्रीलंकामा तीन वर्ष बिताएर नेपाल फर्कनसाथै २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गर्‍यो।

योजना आयोगको उपाध्यक्ष रहँदै नेपाल राष्ट्र ब्यांकको गभर्नर पद रिक्त भएपछि खतिवडा राष्ट्र ब्यांकको गभर्नर नियुक्त भए। गभर्नर भन्दा योजना आयोगको उपाध्यक्ष पद एक तह माथि भए पनि खतिवडा उपाध्यक्ष छाडेर राष्ट्र ब्यांकको नेतृत्व गर्न गए। गभर्नरका रूपमा पाँच वर्ष राष्ट्र ब्यांकमा बिताएर २०७१ मा पदावधि सकिएपछि उनले लामो समय पदविहीन बस्नु परेन। २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई फेरि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गर्‍यो। करिब ९ महीनामा ओली सरकार ढल्यो। खतिवडा पनि त्यसपछि योजना आयोगबाट बाहिरिए।

आफ्ना विश्वासपात्र खतिवडालाई प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म पनि राष्ट्रिय सभामा दोहोर्‍याएर अर्थमन्त्रीमा निरन्तरता दिने हरसम्भव प्रयास गरेका थिए। त्यहीकारण नेकपामा संकट निम्तिँदासमेत प्रम ओली आफ्नो अडानबाट टसमस भएका थिएनन्। तर, अवस्था यस्तो आयो कि नेकपाको संकट गहिरिएर आफ्नो सत्तामै कम्पन पैदा भएपछि उनी खतिवडालाई राष्ट्रिय सभामा निरन्तरता दिन असमर्थ रहे।
खतिवडाले २०७४ को आम निर्वाचनमा तत्कालीन एमाले र माओवादीको संयुक्त चुनावी गठबन्धन (वामगठबन्धन)को घोषणा–पत्र मस्यौदा गर्ने टोलीमा बसेर काम गरे। निर्वाचनमा गठबन्धनले अत्यधिक बहुमत प्राप्त गर्‍यो। त्यसपछि ओली प्रधानमन्त्री बनेपछि खतिवडाले उनको क्याबिनेटमा अर्थमन्त्रीका रूपमा प्रवेश गर्ने फड्को मारे। एकीकरण हुँदै गरेका तत्कालीन एमाले र माओवादीका धेरै नेताका लागि यो आश्चर्यकै कुरा थियो। अर्थमन्त्रीको शपथ लिइसकेपछि मात्र उनी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए।

अर्थमन्त्रीको अढाइ वर्षे कार्यकालमा उनी प्रधानमन्त्री ओलीका सर्वाधिक विश्वासिला मन्त्रीको रूपमा रहे। पार्टीका वरिष्ठ नेताहरू समेत सहभागी मन्त्रिपरिषद्‌मा खतिवडा प्रधानमन्त्री ओलीपछि सम्भवतः सबैभन्दा धेरै हावी पनि भए।

लगातारजसो एकपछि अर्को उच्च राजनीतिक पद पाउँदै आएका खतिवडाको शक्तिको स्रोत चाहिँ आखिर के हो त ? राष्ट्र ब्यांकमा उनीसँगै वर्षौं बिताएका सहकर्मी तथा नेकपाका नेताहरूसँग पनि यसको प्रष्ट उत्तर छैन। कतिसम्म भने, खतिवडाको एकपछि अर्को नियुक्तिले बरु उनीहरू नै चकित छन्।

खतिवडाको त्यो सामर्थ्य

२०५१ सालमा तत्कालीन एमालेको अल्पमतको सरकारका प्रधानमन्त्री बने, एमालेका अध्यक्ष मनमोहन अधिकारी।  मनमोहन नेतृत्वको सरकारमा अर्थमन्त्री बने भरतमोहन अधिकारी। अर्थमन्त्री अधिकारीले दुई नयाँ कार्यक्रम आफ्नो बजेटमा अघि सारेका थिए- वृद्ध भत्ता र आफ्नो गाउँ आफैं बनाऔं। समयक्रममा यी दुवै कार्यक्रम लोकप्रिय सावित भए। एमालेलाई यिनै कार्यक्रमको ब्याज खाएर सत्ता–राजनीति गरेको आरोप पनि लाग्यो।

अर्थमन्त्री अधिकारीले यी कार्यक्रमको खाका कोर्न अर्थ मन्त्रालयका तत्कालीन अधिकारीहरुसहित केशव आचार्य, गुरु न्यौपाने, गोविन्दबहादुर थापासहित त्यसबेला राष्ट्र ब्यांकमा रहेका एमाले निकट अर्थशास्त्रीहरूको साथ लिएका थिए। थापा त त्यसबेला अर्थ मन्त्रालयका सल्लाहकारकै पदमा थिए। कालान्तरमा खतिवडाले यी लोकप्रिय सामाजिक सुरक्षाका कार्यक्रम आफ्नै डिजाइनमा बनेको भनेर प्रचार गरिदिए। यो बेग्लै हो कि त्यसबेला राष्ट्र ब्यांकमै कार्यरत खतिवडा पनि आक्कलझुक्कल बजेट लेख्ने टीमलाई ‘इनपुट’ दिन्थे।

अर्थमन्त्रीको अढाइ वर्षे कार्यकालमा उनी प्रधानमन्त्री ओलीका सर्वाधिक विश्वासिला मन्त्रीको रूपमा रहे। पार्टीका वरिष्ठ नेताहरू समेत सहभागी मन्त्रिपरिषद्‌मा खतिवडा प्रधानमन्त्री ओलीपछि सम्भवतः सबैभन्दा धेरै हावी पनि भए।
यस्तो प्रचारपछि अधिकारीले खतिवडासँग चित्त मात्रै दुखाएनन्, फेरि अर्थमन्त्री बनेका बेला भेट्न आउन खोजेका खतिवडालाई भेटसमेत नदिएको अधिकारीनिकट नेकपाका एक नेता बताउँछन्। खतिवडासँगै काम गरेका राष्ट्र ब्यांकका एक अधिकारी भन्छन्, “यो उहाँको जस लिन खोज्ने चिरपरिचित शैली नै हो।”

खतिवडाको व्यावसायिक जीवनमा राजनीतिको मिश्रण बांगोटिंगो छ। पछिल्लो समय उनलाई एमाले पृष्ठभूमिका अर्थतन्त्रका जानकार बौद्धिक तप्कामा सबभन्दा महत्वपूर्ण व्यक्तिका रूपमा ‘पोजिसनिङ’ गर्ने गरिएको छ। झापाको मेची क्याम्पस, भद्रपुरमा स्नातक तह पढ्दासम्म भने उनको संलग्नता त्यसबेला ‘मण्डले’ भनिने राष्ट्रिय स्वतन्त्रतावादी विद्यार्थी मण्डलसँग रहेको उनका आलोचकहरू बताउँछन्। बिस्तारै उनको झुकाव कम्युनिष्ट आन्दोलनप्रति बढ्दै गयो। त्यहीअनुसार सम्पर्क पनि विस्तार गर्दै गए। राष्ट्र ब्यांकका एक पूर्व उच्च अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले नेतृत्व गर्ने तत्कालीन एमाले र हालको नेकपाभित्रको समूहसँग खतिवडाको सम्बन्ध पछिल्ला वर्षहरूमा मात्रै न्यानो बनेको हो।

एमालेमा खतिवडा शुरूदेखि नै माधवकुमार नेपाल समूहसँग नजिक थिए। यो सम्बन्धकै कारण उनी दशैंको टीका लगाउन नेपालको घरमा समेत पुग्ने गरेको ती अधिकारी बताउँछन्।

नेकपाका नेताहरूका अनुसार २०६२/६३ को परिवर्तनपछि कतिपय सन्दर्भमा ओली र खतिवडाबीच अप्रत्यक्ष घोचपेचसमेत चल्थ्यो। ओलीले उनलाई ‘अवसरवादी बौद्धिक’ भन्ने गरेका थिए भने खतिवडाले ‘अपठित भिजन नभएका नेता’ भनेर कटाक्ष गर्थे। माधवकुमार नेपालसँगको खतिवडाको सम्बन्ध नेकपाका वर्तमान महासचिव विष्णु पौडेलमार्फत् समधुर बनेको चर्चा नेकपावृत्तमा हुने गर्छ। त्यसपश्चात् भने खतिवडाले सुरेन्द्र पाण्डे, ईश्वर पोखरेल लगायतका नेताहरूसँग पनि सम्बन्ध विस्तार गरे। तर, ती सम्बन्ध मुलतः पार्टीको नेतृत्वसँग सम्बन्ध विस्तार गर्ने रणनीतिअनुसार बन्ने गरेका थिए।

खतिवडालाई नजिकबाट चिनेका एक पूर्व सरकारी अधिकारी भन्छन्, “उहाँको सामर्थ्य नै एक नेतालाई उपयोग गर्दै शक्तिमा रहेकासँग नजिकको सम्बन्ध बनाउने कौशल हो।”
पछिल्लो समय पौडेलमार्फत् नै उनले प्रधानमन्त्री ओलीसँग पनि निकट सम्बन्ध बनाए। अन्ततः उनको सम्बन्ध प्रधानमन्त्री ओलीसँग यसरी कसिलो बन्यो कि ओलीले पार्टीका अरु नेतालाई चिढ्याएर समेत खतिवडाले इच्छाएको पद सुम्पिइरहे।

खतिवडालाई नजिकबाट चिनेका एक पूर्व सरकारी अधिकारी भन्छन्, “उहाँको सामर्थ्य नै एक नेतालाई उपयोग गर्दै शक्तिमा रहेकासँग नजिकको सम्बन्ध बनाउने कौशल हो।” आफ्नो तर्कलाई पुष्टि गर्न ती अधिकारी प्रधानमन्त्री ओलीसँग कसिलो सम्बन्ध बनाइसकेपछि खतिवडाले माधवकुमार नेपाललाई पूरै बेवास्ता गरेको घटना आफ्नो जानकारीमा रहेको बताउँछन्। उनी भन्छन्, “वरिष्ठ नेता नेपालले अर्थतन्त्रको बारेमा ब्रिफिङ गरिदिनुपर्‍यो भन्दा उहाँले आलटाल गरेर टारिदिनुभो, कतिसम्म त्यसबारे कुरा गर्न उहाँले फोन गर्दा फोनसमेत उठाउनुभएन।”

खतिवडाको मुख्य सामर्थ्य चाहिँ धारिलो तर्क क्षमताद्वारा नेतृत्वलाई प्रभाव पार्न सक्नु हो। राजनीतिक नेतृत्वको अर्थतन्त्र र विकासबारे यसै पनि कमजोर बुझाइ छ। प्रष्ट बोल्ने खतिवडाको धारिलो तर्क क्षमता र अर्थतन्त्रको सुझबुझसँग नेतृत्व प्रभावित नहुने कुरै भएन। त्यसैले उनी पत्याइँदै गए। खतिवडासँग काम गरेको एक अधिकारी भन्छन्, “उहाँ अर्थतन्त्रको ज्ञानका हिसाबले पनि हामी सालाखाला भन्दा माथि नै हो र त्यो भन्दा पनि महत्वपूर्ण चाहिँ उहाँ हरेक विषयलाई यसरी क्राफ्ट गर्न सक्नुहुन्छ, जुन अरुले सक्दैनन्।” ती अधिकारी कुन कुरा लुकाउने र कुन देखाउने भन्ने कौशल खतिवडामा जति अरुमा नभएको दाबीसमेत गर्छन्।

खतिवडालाई नजिकबाट चिनेका अर्का एक उच्च अधिकारी त यतिसम्म भन्छन्, “माथिको टाउको समात्ने र तलकालाई हेर्दा पनि नहेर्ने उहाँको चरित्र हो। उहाँमा सबैलाई लठ्याउने त्यस्तो के मोहनी छ भनेर बुझ्न कठिन छ।”

कतिपय आलोचक भने खतिवडाले पदमा टिकिराख्न र राजनीतिक नेतृत्वलाई प्रभावित गर्न विश्व ब्यांक लगायतका दातृ संस्थासँगको मजबुत सम्बन्धलाई पनि उपयोग गरेको आरोप लगाउँछन्। खतिवडाले पनि आफ्ना अन्तर्वार्ताहरूमा विरोधीहरूले आफ्नो नीतिलाई दातृ संस्थाको स्वार्थमा बनाएको भनेर आलोचना गर्ने गरेको बताउने गरेका छन्।

खतिवडाको मुख्य सामर्थ्य चाहिँ धारिलो तर्क क्षमताद्वारा नेतृत्वलाई प्रभाव पार्न सक्नु हो। राजनीतिक नेतृत्वको अर्थतन्त्र र विकासबारे यसै पनि कमजोर बुझाइ छ। प्रष्ट बोल्ने खतिवडाको धारिलो तर्क क्षमता र अर्थतन्त्रको सुझबुझसँग नेतृत्व प्रभावित नहुने कुरै भएन। त्यसैले उनी पत्याइँदै गए
उनको विश्व ब्यांकका अधिकारीहरूसँगको कसिलो सम्बन्ध छिपेको भने छैन। खतिवडा अर्थमन्त्री रहेका बेला दातृ संस्थासँगको सम्बन्धलाई उपयोग गर्दै ठूलो परिमाणमा वैदेशिक ऋण तथा सहयोग भित्र्याएका पनि छन्। अर्थ मन्त्रालयमा काम गरेका एक पूर्व उच्च सरकारी अधिकारीका अनुसार खतिवडालाई अर्थमन्त्री पदबाट नहटाउन विश्व ब्यांक उच्च अधिकारीहरूले प्रधानमन्त्री ओलीलाई दबाब नै दिएका थिए।

भारतबाट विद्यावारिधी गरेका खतिवडाले कतिपय भारतीय नेताहरूसँगको सम्बन्ध पनि उपयोग गरेको आरोप लाग्ने गरेको छ।

सात्विक खतिवडा मदिरापान र मांसाहार गर्नेलाई रुचाउँदैनन् भन्ने चर्चा चल्ने गर्छ। उनका सम्बन्धहरू पनि लामो समय टिक्दैनन्। पूराना सहकर्मीहरूसँग सम्बन्ध कायम नराख्नु खतिवडाको पूरानो शैली हो। राष्ट्र ब्यांकमा सँगै काम गरेका र वामपन्थी पृष्ठभूमिका कतिपय अन्य सहकर्मीसँग उनको दोस्ती छैन, कतिपयसँग त बातचित पनि छैन। नेकपाभित्र पनि अहिले प्रधानमन्त्री ओलीबाहेक उनको अन्य नेताहरूसँग खासै बलियो सम्बन्ध छैन।

जीवनको लामो समय आकर्षक पदमा ‘इन्जोय’ गरेका खतिवडा अब संसदीय सुनुवाइपछि चार वर्षका लागि राजदूत बनेर वासिङटन डीसी उड्नेछन्। सँगसँगै अर्को प्रश्न पनि उठिरहेको छ- के अमेरिकाबाट फर्केपछि पनि खतिवडालाई अर्को पदले पछ्याउला?


Your Views
Related News