काठमाडौँ । अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका मिलेर विकसित गरिरहेका कोभिड-१९ को भ्याक्सिन कोविशिल्ड चाँडै नै समीक्षाका लागि तयार हुने बताइएको छ। युरोपेली समीक्षकले एक-दुई हप्तामा यो भ्याक्सिनको द्रूत समीक्षा सुरु गर्ने सम्भावना छ।
– ब्लूमबर्गको एक रिपोर्टमा यो मामिलासँग जोडिएका एक व्यक्तिलाई उद्धृत गर्दै कोविशिल्ड यूरोपमा नियामक स्विकृति लिने पहिलो भ्याक्सिन हुनसक्ने बताइएको छ । युरोपेली मेडिसिन एजेन्सीले एक दुई हप्ताभित्र यसको ‘रोलिङ रिभ्यू’ सुरु गर्नसक्ने सम्भावना व्यक्त गरिएको छ।
– अहिले कोविशिल्डमाथि जुन तरिका अपनाइएको छ, त्यो आपतकालीन अवस्थामा अपनाइने गरिन्छ। विशेषगरी, कोभिड–१९ महामारको प्रकोपलाई मध्यनजर गर्दै यो आवश्यकता भएको छ । समीक्षा भएलगत्तै चाँडोभन्दा चाँडो कोविशिल्डले नियामक स्विकृति पाउने सम्भावना रहेको छ ।
कोविशिल्डको तेस्रो चरणको ट्रायल सेप्टेम्बर ६ मा एक व्यक्तिको स्वास्थ्यमा गडबडी देखिएपछि बेलायतमा बन्द गरिएको थियो ।
यद्यपि, परीक्षणपछि सेप्टेम्बर १२ मा बेलायतमा पुनः ट्रायल्स सुरु भयो। बेलायत, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा पनि यो भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ।
READ MORE NEWS
रक्सीले फिटान भएर चोरी गर्न घरमा छिरेका यी चोर सोफामा निदाएपछी…प्रहरी नै चकित !
एजेन्सी। भारतको कर्नाटक राज्य’बाट सुन्दन अनौठो लाग्ने समाचार बाहिरिएको छ । दक्षिण कन्नड क्षेत्रमा एक चो’र चो’री गर्नको लागि भन्दै घरमा छिरेका थिए । तर र’क्सीले फिटान भएर गएका उनले चो’री नगरी त्यहीँ सुतिरहे जसका कारण घरका मानिसले उनलाई नियन्त्रणमा लिएका छन् । त्यहाँको घर पसेको चो’र एकदमै र’क्सी मनपराउने स्वभावको रैछ । छतको टायर फु’टाएर घरमा छिरेको चो’रले साँचो खोज्न थाले । टिभी र्याकमा राखिएको चाबि फेला पारेका उनी सोफामा एकछिन पल्टिए ।
चाबी लिएर सोफामा पल्टिएका उनी त्यहीँ निदाए । बिहान घरका मानिस उठ्दा उनी सोफामा सुतिरहेका थिए । त्यसपछि उनलाई घरमालिकले प्रहरीको जिम्मा लगाए । घ’टनाबारे प्रहरीले अहिले अनुसन्धान र कार’वाहीको प्रक्रिया अघि बढाएको छ ।
यस्तै,नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा को’रोना भा’इरसको सं’क्रमण फैलिन नदिन चीनले नेपालमा हुने नियमित उडानलाई घटाएको दा’बी गरेकी छन् । उनले समूहमा हुने भ्रमण तथा चिनियाँ कामदारहरुको फिर्तालाई रोक लगाएको बताएकी छन्। बिहीवार दूतावासमा नेपाल टेलिभिजन र रेडियो नेपालसँग दिएको अन्तर्वार्ताका क्रममा राजदूतले चीनमा रहेका नेपालीहरुको सुरक्षाका लागि चिनियाँ सरकारसँग काठमाडौं स्थित चिनियाँ दूतावास निरन्तर सम्पर्कमा रहेको बताएकी छन्।
‘एउटा राम्रो आपतकालीन संयन्त्रले आवश्यक सामाग्री आपूर्ति र माहामारी रोकथाम तथा नियन्त्रणको काम प्रभावकारी हुनसक्छ,’ उनले भनिन्, ‘यस्तो संयुक्त राष्ट्रिय योजना सबै क्षेत्रको संलग्नतामा जवादेही तरिकाले हुनुपर्छ । सरकार, सामाजिक संघ संस्था र सर्वसाधारण जनताले आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्दछ । खुला तथा पारदर्शी सूचनाले मानिसहरुको भावनालाई स्थिर राख्दै सरकारप्रतिको विश्वनीयता बढाउँछ। यसले नकरात्मक हल्लाहरुसँग लड्न पनि सहयोग पुर्याउँछ।’
महामारी रोकथामका लागि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसहित सरोकारवाला निकायसँग नियमित सम्पर्क गरिरहेको राजदूत होउले बताइन् । त्यस्तै काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग पनि दूतावास निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिइन्।
राजदूत यान्छीले नेपाल र नेपालीले चीनमा फैलिएको माहामारीबाट आक्रान्त चीन र चिनियाँ नागरिकहरु प्रति ऐक्यवद्धता र सद्भाव प्रकट गरेको भन्दै आभार प्रकट गरिन् । ‘चिनियाँ जनताले यो सद्भाव र सहयोग भुल्ने छैनन् । नेपाल र नेपालीलाई आवश्यक पर्दा उनीहरुले यो सहयोग चुक्ता गर्ने छन्,’ यान्छीले भनिन्।
विकसित देशहरुले वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउँदै विकासशील देशहरुलाई सहयोग प्रदान गर्नुपर्ने उनको भनाइ थियो । उनले चीनलाई अहिलेको अवस्थामा ६० बढी देश तथा ७ वट अन्तर्राष्ट्रिय संगठनहरुले सहयोग गरेको र चीनले पनि पाकिस्तान, जापान, दक्षिण कोरिया, इरान जस्ता प्रभावित देशहरुलाई सहयोग प्रदान गरेको बताइन् ।