काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनलाई सचेत गराउनु भएको छ । नेपाल बिद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङको बिषयमा उर्जामन्त्री पुनको फट्याईंलाई लिएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमा सचेत गराउँदै हप्काउनु भएको खुल्न आएको छ ।

 

 

बिद्युत प्राधिकरणमा कुलमानलाई जसरी पनि हटाउने र म्याद थप नगर्ने निर्णयमा रहनुभएका मन्त्री पुनले चार बर्षे कार्यकाल सकिने बेलासम्म कुनै प्रस्ताव नल्याए पनि प्रधानमन्त्री ओलीमाथी दोष थोपर्नुभएको थियो । भदौ ३१ गते विद्युत प्रा,धिकरणका कार्यकारी निर्देशक घिसिङको ४ बर्षे कार्यकाल सकिएको थियो ।

 

 

 

सामाजिक सञ्जालदेखि सडकबाट समेत घिसिङको पुनर्नियुक्ति हुनुपर्ने पक्षमा लबिङ भइरहेको थियो । तर ऊर्जामन्त्री पुनले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा म्याद थपको प्रस्ताव मन्त्रिपरिषदमा लैजानुभएन । तर दोष भने प्रधानमन्त्रीमाथि थोपर्न लगाउनु भयो ।

 

 

आफ्ना सचिवालयमार्फत उहाँले घिसिङको पुनर्नियुक्तिका लागि ऊर्जा मन्त्रालयबाट प्रस्ताव लगेको तर प्रधानमन्त्री ओलीले रोकेको औपचारिक धारणा स्वकीय सचिवलाई फेसबुकमार्फत सार्वजनिक गर्न लगाउनु भयो । ऊर्जा मन्त्रालयबाट यस बिषयमा कुनै प्रस्ताव नै नलगी लगेको भनेर प्रधानमन्त्री ओलीले नियुक्ति रोकेको प्रचार गराएपछि मन्त्री पुनले असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकमा नराम्रोसँग हप्की खानुपरेको हो ।

 

 

मन्त्री पुनको सचिवालयबाट धारणा आएलगत्तै प्रस्ताव नै नगली प्रधानमन्त्रीबिरुद्ध जनता भड्काउन यस्तो काम भएको तथ्य सार्वजनिक गरेको थियो ।

 

 

 

मन्त्री पुनले, चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछानेको सिधा कुुराा जनता संगको कार्यक्रममा पनि, आफुले प्रस्ताव लगेको ,र आफूले पनि कुलमान नै चाहिएको बताउनुभएको थियो । तर उहाँले सबै नेपाली हरुलाई झुट बोलेको साबित भयो , खासमा कुलमान नचाहने प्रधानमन्त्री नभएर मन्त्री पुुन रहेको खुल्न आएको छ ।

 

 

उनले लोडसेडिङ हटाएको र विद्युत प्राधिकरण नाफामा गएको विषय आफ्नो मात्र विज्ञापन बनाएको क्रेडिट सरकारलाई नदिई आफै गर्न खोजेको रिस पोखेको बुझिएको छ । यति मात्र हैन । उनीसँगै पूर्व उर्जा मन्त्री जनार्दश शर्माले समेत कुलमानलाई नियुक्ति गराउन नखोजेको बुझिन्छ ।

 

 

उनले समेत पार्टीमा कुलमानलाई नियुक्ति रोक्नुपर्ने अडान राख्दै आएका थिए । उनले पार्टी र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको मिसन भिजन अनुसार उज्यालो नेपाल बनाउँन सफल भएपनि एउटा कर्मचारीले मिडियालाई पैसा बाँडेर क्रेडिट लिएको उनीहरुको गुनासो छ ।

READ MORE NEWS

१०३ वर्षीय छविलाललाई नगरपालिकाको सम्मान

  • जनबोली न्यूज नेटवर्क
  •  शुक्रबार १६ असोज, २०७७

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ । नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष दिनेश राईलगायतले दोसल्ला ओढाएर नगद रु २० हजारका साथमा सम्मानपत्र प्रदान गर्नुभयो ।

 

 

 

 

नेपालीलाई सम्मान गर्न नगरप्रमुख रिजालको टोली बिहीबार बुइपास्थित नेपालीको घर दम्कु पुगेको थियो । शारीरिकरूपमा अझै पनि सक्रिय रहनुभएका नेपाली १०० वर्ष नाघेपछि उहाँलाई सामाजिक सुरक्षाभत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडा कार्यालयले जानकारी दिनएको छ ।

 

 

ज्येष्ठ नागरिक नेपालीले कान कम सुने पनि उहाँ अझै स्पष्ट बोल्न र देख्न सक्ने अवस्थामा रहनुभएको वडाध्यक्ष राईले बताउनुभयो । “उहाँ यो उमेरमा पनि क्रियाशील हुनुहुन्छ । उहाँलाई अहिलेसम्म खास रोग पनि देखिएको छैन”, उहाँले भन्नुभयो, “नृत्यकर्म आफैँ गर्नुहुन्छ । हिँडडुलदेखि घरका सामान्य कामसमेत सघाउने गर्नुहुन्छ ।”

 

 

विसं १९७५ वैशाख १५ गते जन्मनुभएका नेपालीलाई केही समयअघि वडा कार्यालय बुइपाले पनि दोसल्ला ओढाएर सम्मान गरेको थियो । नगरकै सबैभन्दा ज्येष्ठ नागरिक छविलालका चार छोरा र दुई छोरी छन् । नगरपालिकाले हरेक वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा तीन हजारभन्दा बढी ज्येष्ठ नागरिक रहेको नगरप्रमुख रिजालले जानकारी दिनुभयो ।


Your Views
Related News