काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई लिएर एक नयाँ खुलासा भएको छ । वैज्ञानिकहरूको एउटा नयाँ अध्ययनले यो पुष्टि गरेको छ कि कुकुर र बिरालाहरू कोरोना भाइरसबाट संक्रमित हुन सक्छ, तर दुबैबाट कुनै पनि जनावर बिरामी हुने सम्भावना कम छ । एकै साथ यो कुरा पनि पत्ता लाग्यो कि बिरालोले कोरोना भाइरसप्रति कडा प्रतिरोधात्मक क्षमता राख्छ ।

 

 

 

न्यु योर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसार वैज्ञानिकहरूले घरेलु जनावरहरूले मानवमा कोरोना संक्रमित गर्न सक्ने कुनै प्रमाण फेला नपरेको बताएका छन् ।

 

 

यद्यपि संक्रमित बिरालाले अन्य बिरालाहरूलाई संक्रमित गर्न सक्छ । रिपोर्टका अनुसार कुकुरहरु भन्दा बिरालाहरुमा कोरोना भाइरस बढी सक्रिय हुन्छ । अनुसन्धानको क्रममा कुकुरहरूको माथिल्लो श्वसन पथमा भाइरस भेटिएन । यद्यपि, केहि अघिल्लो अध्ययनहरूले फरक नतीजा पनि ल्याएको छ ।

 

 

 

विश्वमा झण्डै ३ करोड ४० लाख मानिसहरू संक्रमित भइसकेका छन् । अर्कोतिर १० लाख १३ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । घरेलु जनावरहरू कोरोना संक्रमित भएका घटनाहरू एकदम कम मात्रै आएका छन् । जब बिरालो कोरोना संक्रमित हुनसक्छ तर किन तिनीहरू मानिसलाई संक्रमित गर्न सक्दैनन् ? उक्त अध्ययनका लेखक एन्जेला एम. बास्को लोथ भन्छन, ‘कोरोनाबाट संक्रमित मानिसहरुको संख्या यति धेरै छ कि मानिसहरूले वास्तवमा बिरालोलाई संक्रमित गरिरहेका छन् ।’

 

 

 

एन्जेलाले यो पनि भन्छन् कि बिरालोलाई कोरोना संक्रमण हुन सक्छ । धेरै जसो घटनाहरूमा मानिसहरूले बिरालाहरू देख्न सक्दैनन्, किनकि तिनीहरूसँग लक्षण हुँदैन । अन्वेषकहरूले यो पनि भने कि यदि घरमा कोही कोरोनाबाट संक्रमित छ भने बिरालालाई घरमा नै मात्र राख्नुहोस् किनकि यसले बाहिर जाँदा अन्य बिरालाहरूलाई संक्रमित गर्न सक्छ ।

READ MORE NEWS

दुनियाँकै ध्यान तान्ने भक्तपुर दरबार क्षेत्र [ फोटोफिचर ]

भक्तपुर । विश्व सम्पादाको सूचिमा सुचिकृत पर्यटकीयस्थल भक्तपुर दरबारस्क्वाएरमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । यातायात खुलेसँगै यहाँ घुम्न आउँनेहरुको संख्यामा बृद्धि भएको छ । भक्तपुर दरबार क्षेत्र (नेपालः ख्वप लायकू) विश्वको आकर्षक केन्द्र हो ।

 

 

यसैले यो विश्व सम्पादाको सूचिमा सुचिकृत छ । यो भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो। समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ।

 

 

भक्तपुर दरबार क्षेत्र भक्तपुर नगरपालिका वा ख्वो पा मा अवस्थित छ। यो दरबार क्षेत्र राजधानी काठमाडौँबाट १३ किलोमिटर पूर्वमा रहेको छ। यो दरबार परिसरमा चारवटा छुट्टै क्षेत्र (दरबार क्षेत्र, टौमधी क्षेत्र, दत्तात्रेय क्षेत्र र पोटरी क्षेत्र)े रहेको भएता पनि यसलाई अनौपचारिक रूपमा भक्तपुर दरबार क्षेत्र भन्ने गरिएको छ। यो काठमाडौँ उपत्यकामा सबैभन्दा बढी मानिसहरूद्वारा अवलोकन गरिने दरबार क्षेत्र हो।

 

 

इतिहास

भक्तपुर दरबार क्षेत्र ऐतिहासिक दृष्टिकोणबाट मात्र नभएर साँस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाको लागि समेत महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ। प्राचीन कालमा मल्ल राजाहरूले शासनको केन्द्र यसै राज दरबारबाट संचालन गर्ने गरेका थिए।

 

 

पचपन्नझ्याले दरबार
पचपन्नझ्याले दरबार (नेपालः ङेङापा झ्यः लायकू) को निर्माण राजा भूपतीन्द्र मल्लले आफ्नो शासनकालमा सुरु गरेका थिए भने उक्त दरबारको निर्माण सम्पन्न उनको छोरा रणजीत मल्लको शासनकालमा नेपाल सम्वत् ८२८ (विक्रम सम्वत् १७६५) मा भएको थियो ।

 

वत्सल्य देवी मन्दिर
भक्तपुर दरबार क्षेत्रमा रहेको अर्को ऐतिहासिक सम्पदा वत्सल्य देवी मन्दिर हो। ढुङ्गाको उत्कृष्ट कलाकृति रहेको यस मन्दिरको मुख्य देवीको रूपमा रहेको वत्सलय देवी रहेकी छिन्। यो मन्दिर आफ्नो चाँदीको घण्टीको लागि लोकप्रिय र प्रसिद्ध रहेको छ।

 

स्थानीय वासीको अनुसार यस मन्दिरको घण्टी बजाएपछि परिसर क्षेत्रमा रहेका कुकुरहरू भुँक्ने र कराउने गर्दछन्। सन् १७३७ मा मल्ल राजा रणजीत मल्लद्वारा यो विशाल घण्टीलाई मन्दिरमा स्थापना गरिएको थियो र दैनिक निषेधाज्ञाको सूचना दिनको लागि यो घण्टीलाई बजाइने गरिएको थियो। यो घण्टीलाई प्रत्येक दिन बिहान तलेजु भगवतीको पूजा गर्दा बजाइने गरिन्छ।

 


Your Views
Related News