नयाँ दिल्ली । नार$कोटि$क्स कन्ट्रोल ब्युरो (ए$नसीबी) ले रिया चक्रवर्ती र उनका भाइले ला$गू औ$षध प्रयोगबारे भइरहेको अनुसन्धानका लागि आफूहरूलाई न्यायिक हिरासतमा राखिएको भन्दै त्यसविरुद्ध अदालत गएकोमा असन्तुष्टि व्यक्त गरेको छ।
बम्बई हाइकोर्टमा जवाफ दिँदै एनसि$बीले हाइ सोसाइटीका मानिस र ड्र$ग्ससँग जोडिएको सि$न्डिकेटको सदस्य रिया र उनका भाइ भएको दाबी गरेको छ। दुवैमाथि गैरकानुनी नभई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताएको थियो। २८ सेप्टेम्बरमा उसले अदालतमा पेश गरेको लिखित जवाफमा उनीहरुमाथि गैरकानुनी रुपमा ला$गू औ$षध लिएको र अन्य व्यक्तिलाई समेत दिएको आरोपमा अनुसन्धान भइरहेको ए$नसिबीले बताएको छ।
२४ सेप्टेम्बरमा हाइकोर्टले ए$नसिबीसँग जवाफ माग गरेको थियो। उनीहरुमाथि विद्युतीय प्रमाणहरुको अनुसन्धान भइरहेको उसले ए$नसिबीले दिएको छ। उनीहरुको ह्वाटस्एप च्याट, मोबाइल रेकर्ड, ल्यापटप र हार्ड डिस्कबाट उनीहरुले ड्र$ग्सको भुक्तानी गरेको देखिएको लिखित जवाफमा उल्लेख छ। हाइकोर्टले रिया र भाइ शौविकको जमानत याचिकामाथि मंगलबार सुनुवाई गरिरहेको छ।
यति मात्र हैन । उनीहरुबीच अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण जोडिएको प्रहरीको दावी छ । प्रहरीले उनीहरुसँगको बयान र उनीहरुबाट प्राप्त प्रमाणले सुशान्त सिंह राजपुतको मृत्यु उनीहरुको त्यो कार्यसँग कनेक्शन छ भनेको छ ।
READ MORE NEWS
अचम्म लाग्छ होला तर यी युवतीले इन्स्टाग्राममा १ फोटो पोस्ट बराबर ८ करोड लिन्छिन्
- जनबोली न्यूज नेटवर्क
- सोमबार १२ असोज, २०७७
काठमाडौ । सामाजिक सञ्जालले संसारलाई धेरै फाइदा पुर्याएको छ। साधारणतया आफु भन्दा टाढा रहेका साथीभाई, आफन्त, नातेदार वा फलोवर्स संग कुराकानी गर्न तथा तिता मिठा याद सेयर गर्नको लागी निर्माण गरिएका भए पनि यिनीहरुको ब्यापारिक प्रयोग पनि उत्तिकै मात्रामा हुनेगरेको कुरा यथार्थ हो ।
आज लगभग हरेक मानिसको जीवन सामाजिक संजालसँग जोडिएको छ । अधिकांश प्रयोगकर्ताले सामाजिक संजालमा लामो समय बिताउँछ् तर केही यस्ता सेलिब्रेटी छन् जसले सामाजिक संजालमा समय मात्र बिताउँदैनन् उनीहरुले यहाँबाट ठूलो आम्दानी पनि गर्छन् ।
अहिले सेलिब्रेटीहरुको लागि सामाजिक संजाल राम्रो कमाउने माध्यम बनिसकेको छ । यस्ती विश्व प्रसिद्द हलिउड सेलिब्रेटी सेलेना गोमेज इन्स्टाग्राममा फोटो पोस्ट गरेर ठूलो कमाइ गर्नेको सूचीमा शीर्षमा पर्छिन् ।
उनले एउटा इन्स्टाग्राम पोस्टको ८ लाख डलर (८ करोड रुपैयाँ) सम्म चार्ज गर्छिन् । उनले विभिन्न ब्राण्डका कपडा तथा अन्य सामग्रीहरुसहितका फोटोहरु इन्स्टाग्राममा पोस्ट गर्छिन् र यसबापत लाखौं चार्ज गर्छिन् । यो विधि ती ब्राण्डको विज्ञापनजस्तै हो । सेलेनाका इन्स्टाग्राममा १४ करोड ४० लाख फलोअर छन् ।
READ MORE NEWS
अभिनेत्री दीपिका पादुकोणले माल खोजेको तथ्य प्रमाणित भएपछि झनै हुनथाल्यो यस्तो बबाल
- जनबोली न्यूज नेटवर्क
- आईतबार ११ असोज, २०७७
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउड नयाँ मोडमा पुगेको छ । उनको मृत्युमा मुख्य भुमिकामा रहेको आरोपमा रिया चर्कवर्ती अहिले पनि हिरासतमा छिन् । यो प्रकरण अहिले न-शा प्र-योगमा गएर अड्केको छ । अहिले भारतमा धेरै कलाकारहरुको यस का-ण्डमा नाम आएको छ ।
यो बीचमा चर्चित अभिनेत्री दीपिका पादुकोणले बाहिर आएको च्याटको आरोप स्विकार गरेकी छिन् । शनिबार ना-रकोटि-क्स कन्ट्रोल ब्युरो (एनसीबी)ले दीपिकासँग करिब साढे ५ घन्टा सोधपुछ गरेको थियो । यस्तै, नायिका श्रद्धा कपुरसँग ६ घन्टा र अर्की नायिका साराअली खानसँग ५ घन्टा सोधपुछ गरिएको थियो ।
दीपिका पादुकोणले सञ्चारमाध्यमहरुमा आएको च्याटको आरोप स्विकार गरेकी छिन् । तर, नायिकाद्धय साराअली खान र श्रद्धा कपुरले भने न-शा से-वनको आ-रोप अस्विकार गरेका छन् ।
एनसीबीको कोलाबास्थित गेष्ट हाउसमा दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गरेको थियो । दुबैजनाले हालै सार्वजनिक च्याटको आरोप स्विकार गरेका हुन् ।
दीपिकालाई एनसीबीका प्रतिनिधीले उनीमाथि लगाइएको आरोप जानकारी गराएका थिए । डाटा ब्याकअप लिनका लागि दीपिकाको २ वटा मोबाइल पनि लिइएको थियो ।
उनलाई यो बिषयमा आरोपीसँग कुरा नगर्न पनि भनिएको छ । उनीहरुका मोबाइल नियन्त्रणमा लिइएको जनाइएको छ । दीपिकाले च्याटमा आफुलाई माल चाहिएको भन्दै मागेको देखिएको थियो ।