सप्तरी । हाम्रो दुर्गम बस्तिमा उपचार नपाएर अहिलेपनि मानिसहरुले मानव जीवन जिउन पाएका छैनन् । उपचार पाए उनीहरु यो देशको सवल नागरिक हुन् । यस्ता कयौँ मध्ये एक उदाहरण हुन् सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ घोघिदहाका ४९ बर्षिय उमाकान्त चौधरी । उनी मानसिक रोगी थिए ।

 

 

मानसिक रोगि भएकै कारण उनलाई १२ बर्ष दाम्लोमा बाँधेर राखियो । तर संस्थाको सहयोगमा उपचारपछि बीस महिनामा निको भएर परिवारसंग पुनर्मिलन भएको छ । चौधरीलाई मानवसेवा आश्रमले उपचार गरि पुनर्जीवन दिएर बुधबार परिवारको जिम्मा लगाएको हो ।

 

 

 

मानसिक रोगी चौधरीलाई बीस महिना अगाडी परिवारले मानव सेवा आश्रमको जिम्मा लगाएका थिए । सप्तरीका अधिकारकर्मी एबम पत्रकार मनोहर पोखरेलको पहलमा चौधरीलाई उपचारका लागि २०७५ चैतमा घरबाट लगिएको थियोे । चौधरीलाई १२ बर्षदेखि साङ्लोले बाँधेर राखेको विषयमा समाचार सार्वजनिक भएपछि मानव सेवा आश्रमको ध्यानाकर्षण भएको थियोे ।

 

 

मानव सेवा आश्रममा बीस महिनाको उपचार पछि परिवारसंग पुनर्मिलन गराइएको पत्रकार एबम अधिकारकर्मी पोखरेलले बताए । चौधरीलाई परिवारसँग पुनर्मिलन गराउन मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य रुबि कर्ण, मिस नेपाल (२०१८) श्रृंखला खतिवडा, राससका समाचार संयोजक नारायण ढुंगाना, अधिकारकर्मी एबम पत्रकार पोखरेल, गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झा, मानवसेवा आश्रम प्रदेश–२ का संयोजक देबेश गुप्ता, वडा अध्यक्ष तेज नारायण चौधरी लगायतका ब्यक्तिहरु उनको घरमा उपस्थित थिए ।

 

 

मानवसेव आश्रमले मानव उद्वारको कार्य गरेको भन्दै पत्रकार पोखरेलले खुशी व्यक्त गरे । उनले आश्रमलाई दस हजार रुपैया प्रदान गरे । परिवारसंग पुनर्मिलन कार्यक्रममा आश्रमका अध्यक्ष अधिकारीले चौधरीका पत्नी शुशिलालाई तीन महिनाको औषधि हस्तान्तरण गर्दै नियमित औषधि सेवन गराउन आग्रह गरे । चौधरी हालपुर्ण रुपमा ठिक भएपनी महिनामा एक पटकमा चेकजाँच गराउनु पर्ने हुनाले नियमित चेकजाँच गराउन नछुटाउन उनले सुझाव दिए ।

 

 

चौधरी सकुशल घर आएपछि स्थानीय हर्षित भएका छन् । चौधरीलाई वडा नम्बर १ को अध्यक्ष तेज नारायण चौधरी सहितका जनप्रतिनिधि र स्थानीयबासीले माला अबिर लगाएर सम्मान गरे । चौधरीलाई पुनर्जीवन दिएको खुशियालीमा स्थानीय बासी र वडाले उनको उद्वारमा योगदान गर्ने मानव सेवा आश्रमका पदाधिकारी, संचारकर्मी सहितका उपचारमा पहल गर्नेहरुलाई समेत सम्मान गरे । चौधरीका आमा, श्रीमति, २१, १९ र १७ बर्षकी ३ छोरीहरु छन ।

 

 

बाह्रबर्ष देखि साँङ्गोला बाँधेर पशुतुल्य जीवन भोगेका छोरालाई सकुशल देख्दा ७१ बर्षकी बृद्वा आमाको मुहारमा खुशी छाएको थियो । उनले छोरालाई पुनर्जीवन दिएको भन्दै उनको उद्वारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिईन ।

READE MORE NEWS

निर्वाचनको मुखैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया कोरोना संक्रमित !

  • जनबोली न्यूज नेटवर्क
  •  शुक्रबार १६ असोज, २०७७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र उनकी श्रीमती मेलानिया ट्रम्पको कोरोना पोजेटिभ भएको कुरा बताएका छन् । ट्रम्पले यो जानकारी सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएका छन् । अब उनी र उनकी श्रीमती क्वारेन्टाइनमा बस्ने कुरा पनि उनले जानकारी दिएका छन् ।

यसभन्दा अघि ट्रम्पका एक वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना पोजिटिभ पाएपछि ट्रम्पले भनेका थिए, ‘उनी र उनकी श्रीमती मेलानिया क्वारेन्टाइनमा बस्दैछन् ।’ एक करीव स्रोतले रिपोर्ट गरेको छ कि ‘होप हिक्समा कोरोना संक्रमणको संकेत पनि देखा पर्दैछ ।’

३१ वर्षीया होप हिक्स राष्ट्रपति ट्रम्पको नजिकका केही व्यक्ति मध्ये एक हुन् । उनी राष्ट्रपति ट्रम्पसँगै यात्रा गर्थिन् । उनी ट्रम्पका विगतका चुनावी यात्राका अन्य सल्लाहकारहरूसँग उपस्थित थिइन् ।

उनी मंगलबारको राष्ट्रपति बहस हुनु भन्दा पहिले र मिनेसोटामा भएको चुनाव अभियानको दौरान राष्ट्रपति ट्रम्पसँग पनि देखिएकी थिइन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धमा शुक्रवार बिहान एउटा ट्वीटमा लेखेका थिए, ‘आशाविना हिल जो चुपचाप आराम गरेर चुनावी अभियान हेरिरहेका थिए, अहिले कोरोनामा संक्रमित छन् ।

यो एकदम नराम्रो खबर हो । त्यस पछि, म र मिलेनिया ट्रम्पले पनि कोभिड–१९ को नमूना अनुसन्धानको लागि दिएका छौं र हामी परिणामको लागि पर्खिरहेका छौं । तब सम्म हामी क्वारेन्टाइनमा रहनेछौं ।’ यो उद्घोषपछि उनले आज आफु र श्रीमती कोरोना संक्रमित भएको बताएका हुन् । आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिय निर्वाचन हुँदैछ ।


Your Views
Related News