काठमाडौ । पपुवा न्यूगिनीको कान्द्रियन केन्द्रविन्दु बनाएर ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ । स्थानीय समयअनुसार बिहीबार बेलुका ४ः४६ बजे यति ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ ।
भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको समाचारमा जनाएको छ । अत्याधिक धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई “रिङ अफ फायर” पनि भन्ने गरिन्छ ।
READ MORE NEWS
भारत र पाकिस्तानबीच सीमाको तनाव फेरी अचानक बढ्यो
- जनबोली न्यूज नेटवर्क
- बिहिबार १५ असोज, २०७७
काठमाडौं । भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा जारी तनाव अचानक बढेको छ । चीनसँग विवाद मिलाउँदै गरेको भारतका लागि पाकिस्तानको तर्फबाट डरलाग्दो चेतावनी आएको हो । बिहीबार पाकिस्तानले यु*द्धविराम उल्लंघन गरी जम्मू कश्मीरमा कन्ट्रोल लाइन (एलओसी) छेउछाउका चौकीहरूमा फेरि गो*ली हा*नेको छ ।
गो*लीबा*री पाकिस्तानबाट करेन क्षेत्र र कुपवाडा जिल्लामा नियन्त्रण रेखासँगै माछिल क्षेत्रमा गरिएको थियो । पाकिस्तानबाट गो*लीबा*रीमा तो*प खाना ब*न्दु*क, मो*र्टा*र र अन्य ह*ति*या*रहरू प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
पाकिस्तानलाई भारतीय सेनाले पनि जवाफ फर्काइरहेको जनाएको छ । आज दिनमा भएको गोलाबारीमा भारतका ३ सैनिकको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । पाकिस्तानतर्फ मानविय क्षति भए नभएको कुनै रिर्पोट आएको छैन ।
READ MORE NEWS
निर्वाचनको मुखैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया कोरोना संक्रमित !
- जनबोली न्यूज नेटवर्क
- शुक्रबार १६ असोज, २०७७
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र उनकी श्रीमती मेलानिया ट्रम्पको कोरोना पोजेटिभ भएको कुरा बताएका छन् । ट्रम्पले यो जानकारी सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएका छन् । अब उनी र उनकी श्रीमती क्वारेन्टाइनमा बस्ने कुरा पनि उनले जानकारी दिएका छन् ।
यसभन्दा अघि ट्रम्पका एक वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना पोजिटिभ पाएपछि ट्रम्पले भनेका थिए, ‘उनी र उनकी श्रीमती मेलानिया क्वारेन्टाइनमा बस्दैछन् ।’ एक करीव स्रोतले रिपोर्ट गरेको छ कि ‘होप हिक्समा कोरोना संक्रमणको संकेत पनि देखा पर्दैछ ।’
३१ वर्षीया होप हिक्स राष्ट्रपति ट्रम्पको नजिकका केही व्यक्ति मध्ये एक हुन् । उनी राष्ट्रपति ट्रम्पसँगै यात्रा गर्थिन् । उनी ट्रम्पका विगतका चुनावी यात्राका अन्य सल्लाहकारहरूसँग उपस्थित थिइन् ।
उनी मंगलबारको राष्ट्रपति बहस हुनु भन्दा पहिले र मिनेसोटामा भएको चुनाव अभियानको दौरान राष्ट्रपति ट्रम्पसँग पनि देखिएकी थिइन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धमा शुक्रवार बिहान एउटा ट्वीटमा लेखेका थिए, ‘आशाविना हिल जो चुपचाप आराम गरेर चुनावी अभियान हेरिरहेका थिए, अहिले कोरोनामा संक्रमित छन् ।
यो एकदम नराम्रो खबर हो । त्यस पछि, म र मिलेनिया ट्रम्पले पनि कोभिड–१९ को नमूना अनुसन्धानको लागि दिएका छौं र हामी परिणामको लागि पर्खिरहेका छौं । तब सम्म हामी क्वारेन्टाइनमा रहनेछौं ।’ यो उद्घोषपछि उनले आज आफु र श्रीमती कोरोना संक्रमित भएको बताएका हुन् । आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिय निर्वाचन हुँदैछ ।
READ MORE NEWS
श्रीमान विदेश गएपछि बिबाहित महिला ग’र्भनिरोधी औषधि लिन अस्पताल आउँनुलाई के भन्नुहुन्छ ?
- जनबोली न्यूज नेटवर्क
- बिहिबार १५ असोज, २०७७
काठमाडौ । मुना केसी नाम गरेकी एक सामाजिक सञ्जाल प्रयोग कर्ता अहिले खुबै हाम्रो समाजमा भइरहेका विषयमा खुलासा गरिरहेकी छिन् । उनका कुरामा धेरै मात्रामा सत्यता छ । यसैले उनीसँग जोडिएका अरु सामाजिक प्रयोगकर्ता उनको समर्थनमा देखिन्छन् ।
उनी कहिले के त कहिले के विषयमा समाजको चित्रण गरिरहन्छिन् । त्यही क्रममा उनी लेख्छिन् श्रीमान विदेश गएको केही अन्तर पछि प्राय बिबाहित महिलाहरु ग’र्भनिरोधी औषधिहरु र ग’र्भनिरोधको अस्थाई उपकरणका साधन हरु अप्नाउन हस्पिटल आउँनि गरेको पाउँछु ।
त्यसैले बिबाहित महिलाहरुले ग’र्भनिरोधी उपकरणहरु अप्नाउनु परेमा आफ्नु श्रीमानपनि सँगै हस्पिटल ल्याउनुपर्ने सिस्टमको आवश्यक देख्छु म । उनको यो लेखाईमा धेरैले प्रतिक्रिया दिएका छन् । धेरैले उनको लेखाईमा सत्यता रहेको बताएका छन् । उनी आफु पेसाले डाक्टर भएको बताउँछिन् । यसैले उनले अस्पतालमा देख्ने गरेको सत्य कुरा नै लेख्ने गरेको दावी गर्दै आएकी छिन् ।
उनको यो पोष्टमा निक्कै ठूलो बहस भएको देखिन्छ । उनको विपक्षमापनि धेरै उत्रिएका छन् । गलत विचार बोकेको, डाक्टर भएर समाजको इन्जिनियर बन्न खोजेको अनेकौ आरोप उनलाई लागेको छ । तरपनि उनले समाजका लागि लेख्न नछोड्ने र समाज सुध्रिनुपर्ने दावी गर्दै आएकी छिन् ।