काठमाडौ । नेपाल रेल्वे कम्पनीमा जागिर खानको लागि ३२ हजार जनाले आवेदन दिएका छन् । कम्पनीले गएको भदौ २९ गते विभिन्न पदमा एक सय २९ जनाको लागि आवेदन माग गरेको थियो । १५ दिनको समय दिएर आवेदन माग गरिएकोमा ३२ हजार जनाले आवेदन दिएका रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभएको छ ।

 

 

‘एक सय २९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निवेदन परेको छ । पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ । दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरिने छ । सोर्स फोर्स, चिनजान, नातागोताका आधारमा छनौट गरिने छैन । यो गफ हैन, प्रतिवद्धता पनि हो’, भट्टराईले ट्विटरमार्फत भन्नुभएको छ ।

 

 

 

नेपालमा रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीले पाएको छ । सरकारले ढिलो गरी कम्पनी गठन र नियम ल्याउँदा भारतबाट आएको रेल सञ्चालन हुन सकेको छैन ।

READ MORE NEWS

मौलिक संविधान : आजको आवश्यक्ता

  • जनबोली न्यूज नेटवर्क
  •  आईतबार ४ असोज, २०७७

केशवराज चौलागाईं । नेपाली संस्कार र संस्कृति अनि मौलिक पहिचान ध्वस्त पार्न उद्धत वैरीहरुको दवदवा वीच वनाईएको वर्तमान संविधानको पुनरावलोकन गरि नेपाली आर्थिक,सामाजिक,राजनैतिक र सांस्कृतिक मूल्य र मान्यताको सापेक्षतामा मौलिक संविधान निर्माण गर्ने महान राष्ट्रिय क्रान्तिको नेतृत्व अब कांग्रेसले गर्नु पर्छ। तत्कालिन मुलुकको शान्तिका खातिर विवशतामा गरिएका निर्णय र सहीछाप बाध्यताका उपज थिए भन्न सक्नु पर्छ।

 

विरामी निको हुन्छ भने , मायाले पालेको बोको समेत चढाउनु पर्ने हाम्रो सामाजिक परम्परा जस्तै केही मौलिकताहरु चढाईएकै हो। अब जनतासँग श्वेत पत्र जारी गर्न हिचकिचाउनु हुन्न। एउटा दुईटा फर्मुलाले सबै हिसाव मिल्दैन। नयां फर्मुला रचना गर्नु पर्छ। होईन भने हिसाव गज्याङमज्याज्याङ हुन्छ। त्यही नियति मुलुकले भोग्नु परेकै छ। अब यो दल दलबाट मुलुकलाई उतार्ने ऐतिहासिक जिम्वेवारी कांग्रेसले नै लिनु जरुरी छ।

 

 

मानव सृष्टि संगसगै धर्म जन्मियो। कुनै न कुनै धर्ममा आवद्ध छ मानव समाज। धर्मलाई अ फि म हो भन्ने नास्तिकहरुले समेत धर्म संस्कृतिको संरक्षण गर्न थालेका उदहारण चीन , रुस लगायतका समाचारहरुले पुष्टि गरेका छन्। निरपेक्षता भनेको नास्तिकता हो ,नास्तिकताले समाज व्यवस्थान गर्न सक्दैन किनकि कानुनमा विवेक हुन्न।

 

मिल्दाजुल्दा धर्म, संस्कृति, भाषा रहनसहन भएको सम्प्रदाय वा भुगोललाई राजनैतिक एकाई बनाउंदा राष्ट्रिय एकतामा खलल पुग्छ भन्ने देख्नु आडम्वरी निजत्व ,अन्धो राष्ट्रवाद हो। सन्तानलाई जिम्मेवारी दिंदा घर सम्पति खतम हुन्छ भन्ठान्नेले आफ्नै मुठीभित्र स्वहा भाको भोगिरहेकै छन्। यो संविधानले मुठ्ठीभर टाठाबाठाहरुको हातमा राष्ट्रको दायित्व सुम्पेको छ। मुलुक निर्माणको दायित्व वाडफाड गरौं । यो चार जात छत्तिस बर्णको साझा फुलवारी हो।

 

मुलुकलको कानुन आस्तिकताको सापक्षतामा निर्माण गरौं। यसको मतलव कुनै धर्म विशेषको नाम किटान गर्नु जरुरी छैन।धार्मिक स्वतन्त्रताको जगमा नेपाली मौलिक पहिचान सहितको सांस्कृतिक तटस्थ राष्ट्रप्रमुखको व्यवस्था गर्नु पर्छ। सबैलाई जोड्ने, सबैको पार्टी नेपाली कांग्रेसले सबै नेपालीहरुको आवाज समावेश हुने संविधान निर्माण गर्ने साहस उठाउंन सक्नु पर्छ। वर्तमान संविधान सुधार गरेर स्वराज स्थापना गर्न वृहद मेलमिलापको नीति अवलम्वन गरोस्। धर्म हराए संस्कार हराउंछ,संस्कार हराए संस्कृति हराउंछ, संस्कृति हराए राष्ट्र हराउंछ । वेलैमा सोच विचार पुगोस्।


Your Views
Related News