गौतमबुद्ध नगर– भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जनाविरुद्ध मुद्दा लगाइएको छ।

भारतीय दण्ड संहिता उल्लंघन गरेको आरोप लगाउँदै उनीहरुका विरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु दुई सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उल्लंघन गरेको दाबी गरेको छ।

यसअघि संहिता उल्लंघन गरेकै आरोपमा उनीहरुलाई उत्तर प्रदेश प्रहरीले यमुना द्रूतमार्गबाट बिहीबार गिरफ्तार गरेको थियो।

सामूहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको हो।

बलात्कार पीडितको मंगलबार उपचारकै क्रममा दिल्लीको सफदरजङ अस्पतालमा निधन भएको थियो।

गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी ती बालिकाको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरुको सवारी साधनलाई प्रहरीले रोकेपछि उनीहरु हिँडेरै त्यसतर्फ लागेपछि प्रहरीले गिरफ्तार गरेको हो।

प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुँदै प्रश्न गरेका थिए, ‘के यो मुलुकमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ?’ उनले भारतमा सामान्य मान्छेहरु हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

नेता गान्धीले आफूलाई प्रहरीले जबरजस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन्।

उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए।

‘म एक्लै हथ्रासतर्फ हिँडेर जान चाहन्छु, कृपया मलाई हिँड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईंहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ?, उनले भनेका थिए।

राहुल र प्रियंका गान्धी गिरफ्तार, राहुलको प्रश्न- यो देशमा मोदी बाहेक कसैले हिँड्न नपाउने?

नयाँ दिल्ली– भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शिर्ष नेता बिहीबार गिरफ्तारीमा परेका छन्। पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रूतमार्ग नजिकैबाट बिहीबार दिउसो गिरफ्तार गरेको हो।

गत सेप्टेम्बर २९ तारिखका दिन सामुहिक बलात्कारपछि हत्या गरिएकी महिलाको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको समाचारमा जनाइएको छ। उनीहरुलाई उत्तर प्रदेशको प्रहरीले नियन्त्रणमा लिएर गिरफ्तार गरेको अधिकारीहरुले जानकारी दिएका छन्। गान्धीद्वयसँगै अन्य केही नेताहरुलाई पनि गौतम बुद्ध नगरबाट गिरफ्तार गरेको हो।

कांग्रेस कार्यकर्ताहरुका अनुसार दिल्ली नोइडा राजमार्गमा र्याली गरेर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई प्रहरीले अवरोध गरेको थियो।प्र

हरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुँदै प्रश्न गरेका थिए, ‘के यो मुलुकमा मोदीजीले मात्रै हिँड्न पाउने व्यवस्था छ?’ उनले भारतमा सामान्य मान्छेहरु हिँड्नसमेत पनि नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

नेता गान्धीले आफूलाई प्रहरीले जवरजस्ती समातेर लाठी चार्ज गरेको, भुईंमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन्। उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए।

उनको आग्रहको प्रत्युत्तरमा प्रहरीले भनेका थिए, ‘सरकारले जारी गरेको आदेश पालना नगरेकाले हामीले तपाईंलाई आइपिसीको १८८ अनुसार गिरफ्तार गर्दैछौं।’

नोइडाको अतिरिक्त नायव प्रहरी आयुक्त रणविजय सिंहले कोरोना भाइरसको महामारीका कारण सरकारले महामारी ऐनअनुसारको आदेशहरु जारी गरेको र त्यसलाई उनीहरुले उलंघन गरेको बताए।

READ MORE NEWS

म्याद सकिएका खाद्यवस्तुमा ‘रिलेबलिङ’ गर्ने कम्पनीका मालिक भारतीय नागरिक

काठमाडौं–म्याद गुज्रिएका खाद्यवस्तु ‘रिलेबलिङ’ गरि बिक्री गर्ने कम्पनी आयान डिस्ट्रिब्युटरका सञ्चालक भारतीय नागरिक रहेको खुलेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार गरेको स्टीङ अपरेशनका क्रममा आयान डिस्ट्रिब्युटर्स प्रालि र अमेजन डिस्ट्रिब्युटर्स प्रालिका सञ्चालक र कर्मचारीसमेत गरी ८ जना पक्राउ परेका थिए।

पक्राउ पर्नेमा भारत राजस्थान विकानेर श्रीडुङगरगढ ग्राम वडा नम्बर १३ घर भई हाल काठमाडौं १३ बाफल बस्ने मागोलाल बोथ्राका छोरा ३५ वर्षका रोनक बोथ्रा रहेका छन्।  त्यस्तै झापाको चन्द्रगढी नगरपालिका घर भई हाल काठमाडौं पुतलीसडक न्यूप्लाजा बस्ने सतनारायण अग्रवालकी छोरी, शंकरलाल अग्रवालकी श्रीमती ६३ वर्षीया पुष्पादेवी अग्रवालको पनि यो अवैध काममा मुख्य भूमिका देखिएको छ।

पक्राउ पर्ने अरु व्यक्तिहरुमा रौतहटको गौर नगरपालिका ३ मजकुटिया घर भई हाल बल्खु बस्ने मुन्ना ठाकुर ९२७ वर्ष० र पप्पु कुमार ठाकुर ९२७ वर्ष० रहेका छन्। महोत्तरी भग्राम नगरपालिका ४ बनरा घर भई हाल कपुरधारा बस्ने श्यामप्रसाद सिंह ९४३ वर्ष०, धादिङ गल्छी गाउँपालिका ३ कल्लेरी घर भई हाल कुलेश्वर बस्ने रामबहादुर बयलकोटी, धादिङ निलकण्ठ नगरपालिका ६ जल्केनी घर भई हाल कलंकी बस्ने सीताराम उपरकोटी ९१८ वर्ष० र धादिङ सिद्धलेख गाउँपालिका भेडावारी घर भई हाल बाफल बस्ने दिलिप थापामगर ९२४ वर्ष० लाई पनि पक्राउ गरिएको छ। साथै बा २० च १०९, बा१६ च ५७०४ र बा १९ च ४९०५ नम्बरका ३ वटा गाडी पनि नियन्त्रणमा लिईएका छन्।

पक्राउ परेका अभियुक्तहरु

पक्राउ परेका यी व्यक्तिहरुसँग अहिले बयान लिने काम भईरहेको वाणिज्य विभागका सहप्रवक्ता ध्रुव खनालले जानकारी दिए। पक्राउ परेका व्यक्तिबाहेक अरु कम्पनी र व्यक्तिको पनि यसमा संलग्नता रहेको अनुमान गरिएको छ।

महानगरीय अपराध महाशाखाको विशेष सूचना तथा निगरानीका आधारमा बिहीबार स्टीङ अपरेसन गर्दा कलंकी र बाफल समेतमा उपभोग्य म्याद सकिएका विभिन्न खाद्य सामग्रीहरु ओरियो बिस्कुट, स्निकर चक्लेट, बर्नभिटा, प्रिन्जल्स र युनिलिभर कम्पनीका उत्पादनहरु समेत स्टीकर मेसिनद्वारा नयाँ उपभोग्य मिति राखी बजारमा बिक्री वितरण गर्ने गरेको भेटिएको थियो। आम उपभोक्ताको स्वास्थ्यमा असर पार्ने कार्य भईरहेको जानकारी प्राप्त भएअनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र महानगरीय अपराध महाशाखा समेतको संयुक्त अनुसन्धान टोलीले शंकास्पद कम्पनी तथा गोदामहरु समेतमा अनुसन्धान गरेको थियो।

यसरी भएको थियो स्टीङ अपरेशन


Your Views
Related News