एजेन्सी । विश्व प्रसिद्ध फेशन डिजाइनर किर्जिदा रोड्रिग्जको क्यान्सरका कारण अस्पतालमा जीवन विताइरहेका बेला लेखिएका अन्तिम शब्दहरु आम मानिसले मनन योग्य रहेका छन्।

डोमेनिका रिपब्लिककी किर्जिदा करिव १० महिना सम्म अस्पतालमा संघर्ष गरिन्। पेटको क्यान्सरबाट ग्रसित ४० वर्षीय किर्जिदा अन्तन्त यो संसारबाट अल बिदा भइन।

 

झन्डै ५ लाख फलोओर रहेको उनको इन्स्टाग्राममा उनले लेखेको एक नोटका कारण मृ’त्युपछि उनको चर्चा झनै चुलिएको थियो। यस्तो छ उनले लेखेको त्यो अन्तिम नोट :

१. दुनियाँको सबैभन्दा महंगो ब्राण्डको कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ।

२. मेरो घरमा हिराका डिजाइनका कपडा, जुत्ता, महङ्गा सरसामानले भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ।

३. बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन्। तर अब त्यो पैसा मेरो कुनै कामको छैन।

४. मेरा घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको बिस्तरामा पल्टिरहेको छु।

५. म एक फाइव स्टार होटलबाट अर्को फाइव स्टार होटलहरूमा जाने गर्थे। तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइरहेको छुँ।

६. मैले सयौं मानिसहरूलाई अटोग्राफ दिएको छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ।

७. मेरो कपाललाई सजाउनको लागि मसंग सातजना ब्यूटीशियनहरू थिए तर आज मेरो टाउकोमा एउटा पनि कपाल छैन।

८. म एक निजी जेटमा जहाँ चाहे त्यहाँ उड्न सक्थे तर अब मलाई अस्पतालको बराण्डामा जानको लागि पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ।

९. बिश्वमा कयौं प्रकारका खाद्यान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधि मात्र रहेको छ ।

यो घर, यो कार, यो जेट, यो फर्नीचर, यति धेरै बैंक खाताहरू, यति धेरै प्रतिष्ठा र प्रसिद्धि, यीनीहरूको अब मेरो लागि कुनै काम छैन। यी मध्ये कसैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन्। यिनीहरूले केवल दिन सक्छन् त केही प्यारा मानिसहरूको अनुहार र उनीहरूको स्पर्श

READ MORE NEWS

दुई अध्यक्षको छलफलपछि नेकपाले सचिवालय बैठक बोलायो

  • जनबोली न्यूज नेटवर्क
  •  शुक्रबार १६ असोज, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बिहान भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको दाहालको सचिवालयले जानकारी दिएको छ । सचिवालय बैठक शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिइएको छ ।

 

पछिल्लो राजनीतिक नियुक्तीका कारण दुई अध्यक्षबीच तिक्तता बढेको टिप्पणी भइरहँदा शुक्रबार बिहान बैठक भएको हो । दुई अध्यक्षबीच पुरानै विषयमा छलफल भएको उहाँले बताउनुभयो । मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमित गर्न सचिवालय बैठकले जिम्मेवारी तोके पनि दुई अध्यक्षबीच नियमितजसो छलफल भइरहेको छ । गत विहिबार, शुक्रबार, आइतबार र सोमबार नियमित छलफल भएको थियो । आजको छलफलमा केही सहमति भएको हुनसक्ने बुझाई बालुवाटार स्रोतको छ ।

आज बिहान भएको छलफलमा पार्टी संगठनका बाँकी एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा समेत दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ । दुई अध्यक्षसहित महासचिव विष्णुप्रसाद पौडेललाई असोज मसान्तभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने ठोस आधार तयार गर्न पार्टीले जिम्मेवारी तोकेको छ ।

READ MORE NEWS

आधा किलो सुनसहित युवक पक्राउ

  • जनबोली न्यूज नेटवर्क
  •  शुक्रबार १६ असोज, २०७७

काठमाडौं । कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो ।

लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा मायादेवी गाउँपालिका–७ बनकसियामा गुप्ताको साथबाट आधा किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

गुप्ताले कम्मरमा बाँधेको नीलो रङको थैलीभित्र २४ क्यारेट सुन ४३ तोला, १८ क्यारेट सुनको सिक्री एक तोला ४७ लाल, १८ क्यारेट सुनको औँठी बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

सुनको बजार मूल्य रु ४२ लाख तीन हजार ९६ रहेको प्रहरीको भनाइ छ । गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।


Your Views
Related News