ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

 

 

उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले बैकिङ कसुर मुद्धामा १ करोड ६५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

READ MORE NEWS

तीन ठाउँ भीषण आगलागी

    रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोल बस्ने राधा सहनीको घरमा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा सुखारी मिश्रको घरमा समेत आगो फलिएर घर, अन्नपात, लत्ताकपडा, काठपात समेत पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट सुखारीको ४ लाख रुपैयाँ र राधाको २ लाख रुपैयाँ गरी जम्मा ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

     

     

    आगलागीमा परेर घाइते भएका राधाकै १९ वर्षीय छोरा लक्ष्मण सहनीको जिल्ला सरकारी अस्पताल गौरमा उपचार भइरहेको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    यता चितवन, भरतपुर महानगरपालिका–६ गितानगर बजारस्थित रौतहट भेरीआई गाउँपालिका–२ बस्ने ३५ वर्षीय ईसमान महमद अंसारीको सिरक, डसना बनाउने टहरोमा विद्युत सट भई बिहीबार बिहान आगलागी हुँदा कपास बनाउने मेशिन लगायत बिभिन्न सामान सहित करिब ६ लाख ८० हजार रुपैयाँ बराबर धनमाल नष्ट भएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो ।

     

     

    जाजरकोट, छेडागाड नगरपालिका–६ सुवानाउलीस्थित जनबिकास माविको कार्यालय कक्षमा बिहीबार बिहान आगलागी हुँदा कार्यालय कक्षको सम्पूर्ण कागजात, टेवल, कुर्सी नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    READ MORE NEWS

    सुनसरीबाट भारतमा पूजामा ब’लिदिन २ युवती लग्दै गर्दा समातिएकाको बयानले प्रहरी झस्कियो

    सुनसरी । ललाई फकाई प्रलोभनमा पारी २ जना युवतीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी कृष्ण सवरन गाउपालिका–४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका–१९ कटाह वस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन् ।

     

     

    स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका–८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर–१२ वोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

     

    उनीहरुले भारत सुपौल भिमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसे वापत पारिश्रमिक पाउने, कुनै दुःख विमार भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनि प्रलोभनमा पारी ललाई फकाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

     

     

    तर पक्राउपछि आएको बयानले प्रहरी नै चकित बनाएको छ । उनीहरुले उक्त युवतीहरुलाई बाबाको पूजामा ब’लिदिन लगेको स्वीकारेका छन् । भारतका केही स्थानमा अझैपनि अद्भूत दैवि शक्ति प्राप्त हुने र सबैको उद्धार गर्ने अन्धविश्वासका कारण मानवब’लिदिने चलन कायमै रहेको बताइन्छ ।

     

     

    उनीहरुलेपनि त्यसकै लागि लग्न आँटेको बताएका छन् । उनीहरुले कुनै पुरुषसँग सम्बन्ध नरहेका कन्या केटी खोजेर ल्याउन जिम्मेवारी पाएका थिए । त्यसरी लगे वापत ठूलो रकम पाउँने लोभ उनीहरुमा थियो । यी दुई युवती त्यसैका लागि छनोट गरेको पक्राउ परेकाको बयानमा खुलेको छ ।

     

     

    उनीहरु यो कार्यका लागि नेपालमा मुख्य एजेण्ट भएर काम गरिरहेकोपनि बताएका छन् । यसअघिपनि ठूलो मोडल बनाइदिने प्रलोभनमा एक युवती लिएर जाँदै गर्दा पक्राउ परेका थिए । त्यसको अनुशन्धानमापनि यही कुरा खुलेको थियो ।

     

     

    यसैले पक्राउ परेका यी दुई व्यक्तिबाट प्रहरीले निक्कै ठूलो सूचना पाउँने आशा गरेको छ । नेपालबाट हराईरहेका हरु के यस्तै कार्यका लागि हराई रहेका त छैनन् प्रहरीको आशंका छ । यसैले प्रहरीले अपरिचित व्यक्ति वा परिचित व्यक्ति जो कोहीलेपनि केही प्रलोभनमा पार्दै छन् भने हजार पटक सोचेर मात्र पछि लाग्न अपिल गरेको छ ।

     

     

    घर परिवारलेपनि आफ्ना परिवारका सदस्यलाई विशेष ख्याल गर्न । यस्ता घटना भइरहेको बारे जानकारी सेयर गरेर सचेत पार्न अनुशन्धान अधिकृतहरुको अपिल छ ।


    Your Views
    Related News