काठमाण्डाै – कोरोना भाइरसको उपचारमा सहयोग पुग्ने गरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित ‘फ्याबिपिराभेल’ नामक औषधिलाई कोभिड‍–१९ का लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ ।

परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले काेराेनासँग मिल्दो भाइरसका लागि जापान, चीन, रसियालगायत देशमा प्रयोग भइरहेको ‘फ्याबिपिराभेल’ नामक औषधिलाई कोभिड–१९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको बताउनुभयो । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको बताउनुभयो ।

त्याे औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभागको स्वीकृति हेर्दा भाइरसको लागि प्रयोग गर्ने भन्ने छ र त्याे औषधिलाई कोभिड–१९ को लागि क्लिनिकल अध्ययन गर्ने हिसाबले प्रयोग गर्न लागिएको उहाँले बताउनुभयो ।

यसबाहेक नेपालमै उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल हुने भएको छ । परिषद्का सदस्य सचिव ज्ञवालीले प्रदेश नं. ५ र प्रदेश नं. २ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको बताउनुभयो । जसमा जेठी मधु (एस्टी मधु) र तीन कटु (पिप्ला, मरिच र सुठो) को धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको बताउनुभयो ।

खासगरी आयुर्वेदिक औषधिले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यताअनुरुप क्लिनिकल ट्रायल गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयाे । आयुर्वेद अस्पतालले कोरोनाका बिरामीहरुलाई सुरुदेखि नै आफैले बनाएको विभिन्न जडीबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएको छ । यो औषधिको परीक्षण सफल भए कोरोना जस्तै भाइरसजन्य रोगका लागि औषधि बनाउने नेपाल पहिलाे देश हुनेछ ।

READ MORE NEWS

प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य उपसमितिद्वारा प्रदेश १ मा कोभिडको अनुगमन

संघीय संसद प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिले कोभिड १९ सम्बन्धी अनुगमन गर्न गठन गरेको उपसमितिले प्रदेश १ मा अनुगमन तथा सरोकारवालाहरुसँग छलफल गरेको छ।

उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठसहित ४ जनाको टोली बिहिबारदेखि प्रदेश १ मा छ। समितिले प्रदेश राजधानी विराटनगर र धरानमा कोभिड उपचार गरिने स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन गर्नुका साथै प्रदेश सरकार र स्थानीय तहसँग पनि आवश्यक जानकारी लिएको छ। प्रदेश १ मा अनुगमनको लागि संयोजक श्रेष्ठसँगै सांसदद्धय इकबाल मियाँ, नमिता चौधरी र सचिवालयका अधिकृत अमित यादव पनि आएका छन्।

प्रदेश १ पछि यो टोली प्रदेश २ को मुख्य सहरहरु हुदै ३ नम्बर प्रदेशको मकवानपुर पुग्ने संयोजक श्रेष्ठले बताए। श्रेष्ठका अनुसार प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिले ७ सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिले २ वटा समूह बनाएर ७ वटै प्रदेशमा अनुगमन थालेको हो। ‘संक्रमण बढ्न थालेपछि रोकथाम, नियन्त्रण र उपचारमा सरकारकोतर्फबाट के कसरी कामहरु भइरहेको छ, अस्पतालमा उपचारहरुको काम कसरी हुदैछ भनेर हेर्न, बुझ्न ७ सदस्यीय उपसमिति बनाएको छ,’संयोजक श्रेष्ठले नागरिकसँग भने,‘उपत्यकाको निरीक्षण सकेर उपसमितिले २ समूह बनाएर सातै प्रदेशमा अनुगमन गर्न निस्केका छौं।’

उपसमितिले देशैभरिको अवस्थालाई अध्ययन गरिसकेर आएको रिपोर्टलाई केलाउने र समितिलाई प्रतिवेदन बुझाउने छ। संयोकज श्रेष्ठका अनुसार सरकारको काम कारवाही, सम्भावित जोखिमलाई व्यवस्थापन गर्न चाल्नुपर्ने कदमलगायतको सुझावसहित निष्कर्ष समितिलाई बुझाइने छ। ‘तत्काल गरिहाल्नुपर्ने कुरामा मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गछौं। तीन तहको समन्वय के छ, सरकारको काम कस्तो भइरहेको छ, र जोखिम व्यवस्थापन कसरी गर्ने भनेर सुझावसहित दिन्छौं, समितिले सरकारलाई दिन्छ,’उनले भने।

संयोजक श्रेष्ठसहितको टोलीले बिहिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रमुख सचिव, मन्त्रालयका सचिवसँग प्रदेशमा कोभिडको सन्दर्भका भइरहेको काम, कोभिडको स्थिति, प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वयलगायतमा छलफल गरेको थियो। यस्तै, विराटनगर महानगरपालिकाका मेयर, कोभिडमा कार्यरत कर्मचारीहरुसँग पनि छलफल भएको संयोजक श्रेष्ठले बताए। यस्तै, कोशी अस्पताल, कोशी कोडिभ अस्पताल, होल्डिंग सेन्टर र प्रदेश ल्याबको पनि निरीक्षण गर्दै आवश्यक छलफल पनि भएको संयोजक श्रेष्ठले जानकारी दिए।

‘प्रदेश १ जोखिममा छ’

संयोजक श्रेष्ठले प्रदेश १ को कोरोना संक्रमितको तथ्यांक र दैनिक संक्रमितको दर हेर्दा जेखिमको अवस्थामा रहेको बताए। संक्रमितको आँकडा कम देखिए पनि दैनिकरुपमा आइरहेको तथ्यांकले होसियार हुनुपर्ने अवस्था देखिएको उनले बताए। ‘प्रदेश सरकारले जुन खालका संघीय र स्थानीय सरकारबीच सहकार्य गरिरहेको छ, ठिकै छ। संक्रमणको जुन सम्भावित जोखिमका पक्षहरु देखा परिरहेको छ, त्यसलाई थप व्यवस्थित गर्नुपर्ने, क्षमता बढाउनुपर्ने आवश्यक पनि छ,’संयोजक श्रेष्ठले भने,‘प्रदेश सरकारले अर्को हप्तादेखि मोरंग, झापा र सुनसरीका सरकारी शिक्षकहरुलाई जनचेतनाको अभियानमा पठाउने तयारी गरेको छ, यो अन्यलाई पनि अनुकरणीय छ।’

वीपीमा तलब खुवाउनै समस्या

टोलीले आज(शुक्रबार) विराटनगरकै नोबल हस्पिटल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन गरेको थियो। धरानमा मेयर, उपमेयरसँग पनि छलफल गरेको टोलीले प्रतिष्ठानका पदाधिकारीसँग पनि आवश्यक जानकारी लिएका थिए।

संयोजक श्रेष्ठका अनुसार प्रदेशकै ठुलो अस्पताल वीपी प्रतिष्ठान आफ्नै आयस्रोतबाट सञ्चालन गर्नुपर्ने भएकोले अहिले आर्थिक समस्यामा छ। कोभिडको कारण सिमित संख्यामा मात्र ओपिडी सेवा सञ्चालन भएको र विगतमा भन्दा ३५, ४० प्रतिशत मात्र विरामीहरु उपचारमा आएकोले प्रमुख आम्दानीको स्रोत गुमेर तलब दिनै समस्या भइरहेको पाइएको उनले बताए। ‘उपचारको काम व्यवस्थितढंगले गरेको पायौं, सेवा गर्ने भावना र मनोवल उच्च छ, तर व्यवस्थापनलाई तलब खुवाउनै समस्या रहेछ।

कोभिडमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता केही आएको तर पुग्ने गरि नआइसकेकोले समस्या रहेछ,’संयोजक श्रेष्ठले भने।


Your Views
Related News