काठमाडौं। भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक्र्याइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ।

उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छन्।

सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिक जसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको छ।

सरकारले पटक पटक आम नागरिकलाई कोरोनासँग ख्यालठट्टा नगर्न आग्रह गरे पनि स्वयं नागरिकले आत्मानुशासन तोड्दै गएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘कम्तीमा व्यक्ति व्यक्तिबीच दुई मिटर भौतिक दुरी कायम हुनुपर्छ । कुनै पनि बहानामा हेलचेक्र्याइँ गर्नुहुँदैन।’

अन्य सबै जिल्लामा थपिएका संक्रमितलाई आधार मान्दा काठमाडौं उपत्यकामा मात्रै झन्डै ५० प्रतिशत धेरै संक्रमित थपिएका छन् । अन्य जिल्लामा १६ असोजसम्म २४ हजार ४ सय २३ संक्रमित थपिएकामा काठमाडौं उपत्यकामा मात्रै १३ हजार ८० संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा बिहीबार १ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो।

READ MORE NEWS

लोकतन्त्र फलिफाव भएका यी व्यक्ति, सत्ता सधै दाहिना भएपछि कस्को के लाग्छ!

काठमाडौं । सरकारले गरेका केही निर्णय हेर्दा सीमित व्यक्तिमात्र पटकपटक लाभका पदमा पुगेको देखिन्छ। यस्ता भाग्यमानीमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, पुण्यप्रसाद रेग्मी, उपेन्द्र कोइरालालगायत छन्। सरकारको गलत कार्यशैली र मूल्यांकनले गर्दा कोही क्षमता भएर पनि अवसरबाट वञ्चित छन् भने कोही पटकपटक लाभका पद र अड्डामा पुगेका छन्। सरकारी कर्मचारी नै पटकपटक लाभको पदमा पुग्न सफल भएको देखिन्छ। कर्मचारी प्रशासनलगायत निकायमा कार्यरत रहँदा राजनीतिक नेतृत्वलाई रिझाएबापत उनीहरुले यस्तो पुरस्कार पाउने गरेको जानाकार बताउँछन्।

एकताका सरकारी जागिरे खतिवडा राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, गभर्नर, अर्थमन्त्री, प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै अहिले अमेरिकाका लागि राजदूतमा सिफारिस भएका छन्। त्यसैगरी सरकारी लाभका पदमा पटकपटक दोहोरिनेमा कोइराला पनि अघि छन्।

२०५१ सालमा एमाले नेतृत्वमा बनेको अल्पमतको सरकारका पालामा खाद्य संस्थानको महाप्रबन्धक भएका उनी त्यो कार्यकाल सकिएलगत्तै स्नातकोत्तर क्याम्पस विराटनगरको प्रमुख भए। २०६१ सालमा आयल निगमको कार्यकारी अध्यक्ष भएका उनी त्यसपछि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति हुँदै अहिले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष भएका छन्।

यसैगरी पटकपटक लाभका पदमा दोहोरिने भाग्यमानीमा रेग्मी पनि पर्छन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालनिकट मानिने रेग्मी कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा उनको आर्थिक, सल्लाहकार, युवा स्वरोजगार कोषको कार्यकारी अधिकृत, कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष भए। उपाध्यक्षको कार्यकाल नसकिँदै उनी केही दिनअघि कृषि तथा वनविज्ञान विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्।

ओली र दाहालको समझदारीमै प्रदेश ५ को नाम र राजधानी तय

बुटवल। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ‘ग्रिन सिग्नल’ दिएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी क्षेत्रमा तोक्ने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएका छन।

मन्त्रिपरिषद् बैठकपछि शुक्रबारै प्रदेश सरकारले राजधानी र नामकरणसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेको छ ।नेकपाका प्रभावशाली केन्द्रीय नेताहरूको तानातानका कारण राजधानी बुटवल कि दाङमा राख्ने भन्ने निर्क्योल गर्न नसकेपछि मुख्यमन्त्री पोखरेलले केन्द्रबाटै समझदारी गर्नुपर्ने धारणा राख्दै आएका थिए।

पछिल्लो समय पार्टीको विवाद मिलाउने क्रममा धेरैपटक अध्यक्ष ओली र दाहालसँगको संवादमा बसेका उनले आन्तरिक सहमतिको प्याकेजभित्र आफ्नो प्रदेशको किचलोको विषय पनि छिराएका थिए।

जुन विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहाल सहमत भएपछि शुक्रबार मुख्यमन्त्री पोखरेलले प्रदेशसभाका सदस्यहरूलाई समेत ‘सरप्राइज’ दिने गरी राजधानी र नामसम्बन्धी निर्णय गरी सभामा पेस गराएका हुन् ।यसअघि तत्कालीन प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने विषयमा पनि नेकपाका नेताहरू विभाजित भएपछि अध्यक्षद्वय ओली र दाहालले केन्द्रमा समझदारी गरेर टुंगो लगाइदिएका थिए।

प्रदेश ५ को हकमा पनि नेकपाकै नेताहरू विभाजित भएपछि यो विषय ओली र दाहालसम्म पुगेको हो । प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकिएपछि त्यस क्षेत्रका नेकपाका प्रभावशाली नेताहरू जसरी पनि त्यहीं स्थायी राजधानी बनाउन चाहन्थे । नेकपाका महासचिव विष्णु पौडेलसमेत बुटवलबाट सार्न नहुने पक्षमा थिए।

तर नेकपामा पूर्वमाओवादी समूहका धेरै नेता दाङतिर राजधानी लैजान चाहन्थे । त्यसका लागि वर्षमान पुन, कृष्णबहादुर महरा, प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीलगायतका नेताहरूको लबिइङ चलिरहेको थियो । त्यही कारण अध्यक्ष दाहाल पनि दाङकै पक्षमा थिए ।


Your Views
Related News