काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ ।

गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका विभिन्न स्थानमा माग अनुसार वितरण गरिएको राससलाई जानकारी दिनुभयो ।

आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख राजलवटले सरकारी निवास रहेको स्थानमा उत्पादन गरेको गुर्जोको बिरुवा देशव्यापी निःशुल्क वितरण गरिएको सुनाउनुभयो ।

हालसम्म करिब ९० हजार वटा गुर्जाको बिरुवा निःशुल्क वितरण गरिएको छ । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा ३००, धुलो, चिया र डाँठ समेत वितरण गरिएको छ ।

खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरोताजा अनुभव हुने गरेको छ । पातञ्जल योग समिति, चक्रपथ सफाइ अभियानको पश्चिम खण्डमा गरी ३५० वटा गुर्जो वितरण गरिएको छ ।

यसैगरी त्रिभुवन विश्वाविद्यालयको राजनीति शास्त्र, भूगोल लगायत चार विभागमा करिब ४०० बिरुवा वितरण गरिएको छ । महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोलमा पनि ३०० बिरुवा हस्तान्तरण गरिएको अध्यक्ष राजलवटले जानकारी दिनुभयो ।

यसैगरी काठमाडौ महानगरपालिका वडा नं १० मा पनि गुर्जोको बिरुवा निःशुल्क वितरण गरिएको छ । वडा अध्यक्ष रामकुमार केसीलाई कोरोना पोजेटिभ भएकालाई दिने गरी ३० किलो गुर्जोको धुलो समेत वितरण गरिएको छ ।

यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित निर्माणधीन राष्ट्रिय शहीद स्मारकस्थलमा ५०० बिरुवा हस्तान्तरण गरिएको छ ।

यी बिरुवा शनिबार रोपिनेछ । अभियानकर्मी राजलवटले लहानको सरकारी निवास रहेको करिब १० कठ्ठा जमिनमा जडिबुटी रोप्नुभएको छ ।

जसबाट हालसम्म कैयौलाई निःशुल्क गुर्जो, धुलो लगायत वितरण गरिएको छ । वाग्मती लगायत उपत्यकाका नदी किनारमा यसअघि गुर्जो रोपिएको छ । उपत्यकामा एक घर एक गुर्जो बिरुवा रोपण अभियानमा लागिएको अभियानकर्मी राजलवट बताउनुहुन्छ ।

गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकी लगायत रोगका लागि औषधीको काम गर्ने गरेको छ । गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।

अभियानले कोरोना पोजेटिभ भएकालाई गुर्जोको धुलो वितरण अभियानलाई समेत तीव्र बनाएको छ । गुर्जोको धुलो मन तातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने कोरोना पोजेटिभ भएकामा रोग प्रतिरोधी क्षमता बढाउने बताइएको छ ।

READ MORE NEWS

भान्सामा भएका सामाग्री उपयोग गर्न जान्दा अस्पताल धाउनु पर्दैन !

काठमाडौं । हरेक नेपालीको भान्सामा हुन्छ, बेसार, अदुवा, लुसन, जिरा, ज्वानो, मेथी, तेजपत्ता, ल्वाङ, सुकुमेल ।

धेरैजसोको बगैंचामा हुन्छ, घिउकुमारी, तुलसी, पुदिना । वास्तवमा यी सबैकुरा औषधीय गुणले भरिपूर्ण हुन्छन् ।

त्यसैले सामान्य ज्वरो, रुघाखोकीदेखि पेट दुखेको, जोर्नी दुखेको, घाउ खटिरा आएको, अपचभएको सबै अवस्थामा यसैलाई औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।

आफ्नो भान्सामा उपलब्ध सामग्रीको प्रयोग गर्न जानियो भने सानोतिनो स्वास्थ्य समस्याका लागि एलोपेथिक औषधि सेवन गर्नु पर्दैन, अस्पताल धाउनु पर्दैन ।

भान्साका यी औषधिहरु प्रयोग गर्न पनि सजिलो हुन्छ । जताततै उपलब्ध हुन्छ । यसको अर्को फाइदा भनेको शरीरलाई नकारात्मक असर गर्दैन । बिना साइड इफेक्ट विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

धेरै नेपालीलाई हुने समस्या हो, ग्याष्ट्रिक । ग्याष्ट्रिक भएमा अदुवाको सेवन उपयोगी हुन्छ । अदुवामा एन्टी इन्फलेमेटरी गुण हुन्छ, जसको कारण यसले शरीरमा पाचक रस उत्पादन बढाउँछ ।

पाचक रस बढेपछि खानेकुरा पचाउन सजिलो हुन्छ । साथै शरीर भित्रको ग्यास पनि बाहिर निस्कन्छ । अदुवालाई स–सना टुक्रा बनाएर वा पानीमा उमालेर खान सकिन्छ ।

पेटको समस्या वा ग्याष्ट्रिकमा ज्वानो पनि निकै उपयोगी हुन्छ । ज्वानोको दानालाई चपाएर वा पानीमा उमालेर सेवन गर्न सकिन्छ ।

पुदिना पेटको लागि धेरै गुणकारी वनस्पति हो । त्यसो त पुदिनाको अचार पनि स्वादिलो हुन्छ । पुदिनालाई अचारकै रुपमा वा त्यसै पनि सेवन गर्न सकिन्छ ।

घिउकुमारीलाई स्वास्थ्य र सौन्दर्य दुबैका लागि उपयोगी मानिन्छ । पेटको स्वास्थ्यकालागि घिउकुमारीको पेस्ट बनाएर सेवन गर्न सकिन्छ । यसले छाला तथा कपालको चमक पनि ल्याउँछ ।

कहिलेकाहीं मुख भित्र घाउ, खटिरा आउन सक्छ । यस्तो समस्यामा फिटकिरी उपयोगी हुन्छ । त्यसैगरी नुनपानीले कुल्ला गर्नुपर्छ । यसले दुखाई कम गर्नका साथै घाउ निको पनि हुन्छ । मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्नुपर्छ ।

पायल्समा घरेलु उपचार विधी पनिअपनाउन सकिन्छ । यससँगै जीवनशैली भने परिवर्तन गर्नुपर्छ ।

गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त सेवन गर्दा रगत तथा पिपआउने जस्ता समस्या ठीक हुन्छ ।

कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दशमिनेट बस्दा धेरै आराम मिल्छ ।

नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा ठीक हुनसक्छ ।

कोठी वा तिल आउनु सामान्य हो । यद्यपि कतिपय अवस्थामा यसले सौन्दर्यलाई फिका बनाइदिन्छ । अतः यस्ता कोठी तथा तिल हताउनका लागि घरेलु उपचार विधी अपनाउन सकिन्छ ।

यसका लागि उपयोगी हुन्छ, लसुन । लसुनमा इन्जाइमको मात्रा हुन्छ जसले मिगमेन्ट उत्पादन गर्ने स्रोतहरुलाई नै हटाइदिने काम गर्छ । लसुनको केस्रालाई पिसेर कोठीमाथी लसुनको लेप लगाउनुपर्छ । त्यसपछि यसलाई सफा कपडा तथा प्लास्टरले ढाक्ने ।नारी मासिकबाट


Your Views
Related News