डायबेटिज भएकाले आँखाको हेरचाह विशेष किसिमले गर्नुपर्छ।

डायबेटिजको  उपचार भइसकेपछि मुख्य गरी आँखाको पर्दा जाँच्नुपर्छ। यसमा आँखाको दृष्टिमात्र नभई आँखा फुलाउने गरेर रेटिनाको समेत जाँच गरिन्छ।

यसपछि मात्रै डायबेटिज भएकालाई आँखामा असर गरेको छ कि छैन भनेर थाहा पाउन सकिन्छ। यो विशेष जाँच गर्नु आवश्यक छ।

पहिला हामीले यो जाँच किन गर्ने त भनेर बुझ्न जरूरी हुन्छ। शरीरमा डायबेटिज देखिसकेपछि त्यसले गर्ने असर जुन छ, त्यो दिनानुदिन बढ्दै जान्छ। जुन आँखाको हकमा पनि लागु हुन्छ।

जस्तो, डाइग्नोसिस भएको १ वर्षदेखि ५ वर्षसम्म यसको लक्षण देखिँदै जान्छ। ५ वर्ष १० वर्षसम्म यसको देखिने रेट अझै बढ्छ।

सुरूमा यसले आँखामा असर गर्दा आँखाको पर्दाभित्र भएका मसिना धमनीमा देखिन्छ। त्यसबाट रगत लिक हुने र नसाबाट सुक्ष्म रूपमा रक्तश्राव हुन्छ।

त्योसँगै दृष्टिमा कमी आउने अथवा आँखाभित्रको अक्सिजनमा कमी आएर रगतको नसा झांगिएको हुन्छ।

यस्तो बेला आँखाभित्र पुरै ब्लिडिङ भएर देखिरहेको आँखा पुरै बन्द हुने खतरासमेत रहन्छ। त्यसैले डायबेटिज डाइग्नोसिस भएपछि आँखा जाँच्न एकदमै जरूरी छ।

डायबेटिजले रगतमा परिवर्तन ल्याउँछ। रगतको नसाको धमनीकै भित्तामा ल्याउने परिवर्तनले गर्दा कोषिकाभित्र बग्नुपर्ने रगत त्योभित्र मात्रै नबग्ने हुन्छ। त्यसकै कारणले अक्सिजनको पनि कमी हुन्छ।

यसले धमनीबाट रगत पनि बाहिर निस्किने र आँखाको पर्दाका लागि सञ्चार हुनु पर्ने रगतको कमी हुँदा रगतको नयाँ नसा एकदम कमजोर हुन्छन्। जुन जन्मबाट आउने नसाभन्दा धेरै फरक र कमजोर हुन्छ। त्यो कमजोर नसा फुटन सक्ने हुनाले सचेत हुन जरूरी छ।

आँखामा पर्ने असर सधैँ देखिन्छभन्ने मात्रै होइन। डायबेटिजले असर पारे अनुसार आँखामा पनि असर पार्दै जान्छ। यसलाई बेवास्ता गरे देख्नै नसकिने अवस्थामा पुग्न सक्ने सम्भावना पनि हुन्छन्।

त्यसैले डायबेटिज देखिनसाथ आँखाको चिकित्सकसँग जँचाउन पर्छ। आवश्यकताअनुसार  ६ देखि ९ महिना र चिकित्सकको सल्लाहअनुसार आँखा जँचाउनु पर्छ।

आवश्यकताअनुसार उपचार पनि गर्नुपर्छ। आँखामा लेजर राख्नेदेखि सुइसम्म लगाउनु पर्छ। कतिपय अवस्थामा अपरेशनसमेत गर्नुपर्छ।

आज सुगर भयो ४-५ वर्षपछि आँखा जचाउलाभन्दा आँखाको दृष्टि फर्काउन नसकेको उदाहरण पनि  छ। धेरै ढिलो भयो भने आँखाको पर्दा च्यातिएर उपचार गर्न कठिनसमेत हुन्छ।

समयमै उपचार गरेमा डायबेटिजबाट जुन अन्धोपन हुन्छ, त्यसलाई रोक्न धेरै हदसम्म रोक्न सकिन्छ।

सुगरका बिरामी बढेसँगै आँखामा असर पनि बढेको छ। विकासोन्मुख देशमा पनि यसको संख्या बढेको छ। यो रोग २०३० सम्म महामारीको रूपमा आउँछ भनेर अनुसन्धान भएको छ। सुगरका बिरामी बढ्नु भनेको आँखाको रोगी पनि बढ्नु हो।

कसैलाई ढिलो देखिएला कसैलाई चाँडो देखिएला तर अधिकांशलाई असर देखिन्छ। त्यसैले सुगर नियन्त्रणमा छ भन्दैमा हुँदैन किनकी सुगर नियन्त्रणमा रहे पनि आँखामा असर पर्ने सम्भावना हुन्छ।

READ MORE NEWS

त्रिभुवन विश्वविद्यालय अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालय सरहः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको गुणस्तर ख्यातीप्राप्त तक्षशिक्षा, नालान्दा, अक्सफोड र क्याम्ब्रिज विश्वविद्यालय सरह रहेको दावी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय सभाको बैठक आर्थिक वर्ष २०७७–७८ का नीती कार्यक्रम तथा बजेट परित गर्ने सभालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीले भने– हाम्रो त्रिभुवन विश्वविद्यालय ख्यातीप्राप्त तक्षशिक्षा, नालान्दा, अक्सफोड र क्याव्रिज विश्वविद्यालयसरह छ, यसैले विश्वविद्यालयले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्ने आवश्यकता देखिन्छ ।

ओलीले नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले पं्रशसनिय भूमिका निर्वाह गरेको बताए । सीमित स्रोत र साधनको कठिनाइका बाबजुत विश्वविद्यालयले अन्तराष्ट्रियस्तरको उच्चशिक्षा उपलब्ध गराउदै आएकोमा आगामी दिनमा थप अनुसन्धानमुखी एवम व्यवहारीक शिक्षालाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

नेपालको सन्र्दभमा त्रिभुवन विश्वविद्यालय नै आधुनिक शिक्षाको धरोहर भएको ओलीले दावी गरे । उच्चशिक्षा मौलिक, विश्वस्तरीय एवम् प्रतिस्पर्धी हुनुपर्ने धारणा राख्दै मुलुकको चौतर्फी आवश्यकतालाई सम्वोधन गर्ने शिक्षा बर्तमान युगको आवश्यकता रहेको ओलीले बताए ।

आर्थिक वर्ष २०७७–७८ का लागि त्रिविले २१ अर्ब ८६ करोड ४५ लाख २२ हजारको बजेट पारित गरेको छ । विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने, अनुसन्धानमुलक प्राज्ञिक गतिविधीलाई बढावा दिने, परीक्षा र नजिता समयमै सम्पन्न गर्ने, आर्थिक मितव्यतिा अपनाई विश्वविद्यालयमा सुशासन गरी प्रतिस्पर्धी बनाउने निर्णय गरिएको छ ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले कोेभिड १९ बाट सिर्जित विश्वपरिस्थितिलाई अवसरको रुपमा परिणत गर्दै उच्चशिक्ष थप सिर्जनशिल एव उत्पादनमुखी बन्नुपर्ने धारणा व्यक्त गरे ।

आफ्नो वासस्थानलाई नै शिक्षण सिकाईको महत्वपूर्ण स्थानको रुपमा विकसित गर्दै शिक्षालाई बहुआयामिक बनाउने अवसरको रुपमा लिन सम्पूर्ण शिक्षक एवम् प्राध्यापकहरुलाई अनुरोध समेत गरेका थिए । कोभिड १९ का कारण नेपालको शैक्षिक व्यवस्थापनमा थप चुनौती थपिएको भन्दै उनले बैकल्पिक शिक्षण विधिको उपयोग गरी शैक्षिक सत्रलाई कायम राख्ने बताए ।

शिक्षामा बजेट कटौती हुने अवस्था अवका दिनमा नआउने भन्दै प्राप्त शैक्षिक अवसरलाई कार्यान्वयन गर्न सम्पूर्ण शैक्षिक प्रतिष्ठानहरुलाई आग्रह गरे । त्रिभुवन विश्वविद्यालयको पुनःसरंचनाबाट नै मुुलुकको समग्र उच्चशिक्षाकाके पूनःसंरचना हुने भन्दै उनले विश्वविद्यालको भिमकाय स्वरुपनै कतिपय अवस्थामा चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधि नवप्रवर्तन केन्द्रको निर्माण गरिएको, अनुसन्धानमा थप बजेटको व्यवस्था गरिएको, पूर्वाधार निर्माणलाई थप क्रियाशिल गरिएको बताए ।

उनले विश्वविद्यालयको अन्तराष्ट्रिय स्तरनिर्धारणमा उल्लेख्य उपलब्धी प्राप्त गर्न सफल भएको, कक्षाकोठामा प्रविधीको पहुँच विस्तार गरिएको उल्लेख गर्दै लामो समयदेखि विश्वविद्यालयको समस्या बन्दै आइरहेको निवृत्तिभरणको दीर्घकालिन समाधान खोजिएको बताए ।

बाँस्कोटाले संवैधानिक निकायमा विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुलाई अवसर दिन र प्राध्यापकहरुको मर्यादाक्रमलाई कार्यान्वयन गर्न समेत कुलपतिसमक्ष अनुरोध गरेका थिए ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. पेशल दाहालले सभासमक्षण आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम र बजेट प्र्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित बजेट २१ अर्ब ८६ करोड ४५ लाख २२ हजारमा नियमित कार्यक्रमतर्फ ११ अर्ब ९५ करोड ३९ लाख ६६ हजार रहेको छ भने आन्तरिक तर्फ सञ्चालन तथा पुँजीगत खर्च ९ अर्ब ५१ करोड ५ लाख ५६ हजार र विकास कार्यक्रममा रु ४० करोड रकम प्रस्ताव गरिएको छ ।

आगामी वर्ष नियमित कार्यक्रममा हुने कुल खर्च ११ अर्ब ९५ करोड ३९ लाख ६६ हजार मध्ये केन्द्रीय आन्तरिक आम्दानीबाट १ अर्ब ५० करोड व्यर्होने र बाँकी १० अर्ब ४५ करोड ३९ लाख ६६ हजार विश्वविद्यालय अनुदान आयोग मार्फत नेपाल सरकारसँग अनुदान मार्ग गर्ने समेत प्र्रस्ताव गरिएको छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय सभाले त्रि.वि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को परिच्छेद १७ को १०८ को (ख), (ग) र नियम १३३ बमोजिम पुनरावदेन आयोगको सदस्य पदमा त्रिवि कार्यकारी परिषदको मिति २०७६।१०।१३ को निर्णयानुसार मनोनयन भएका सदस्यहरु प्राध्यापक तीर्थराज पराजुली र प्रा. केशव सुवेदीको मनोनयन अनुमोदन गरेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट निवृत्त शिक्षक कर्मचारी त्रिभुवन विश्वविद्यालय वा नेपाल सरकारको कुनै पदमा नियुक्त भएमा निवृत्तिभरण प्रदान गर्ने सम्बन्धमा त्रि.वि कार्यकारी परिष्दको २०७६–३–२०को बैठकको निर्णय नं. २५१६ बाट सिफारिस भए बमोजिम त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ५४ उपनियम (५क) र (५ख)मा समेत संशोधन गरी अन्य स्थानमा नियुक्त भएका शिक्षक कर्मचारीको निवृत्तिभरणको भार विश्वविद्यालयले नबोक्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको सभामा सभासदहरु त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा. वसन्त ढकाल, पब्लिक क्याम्पसहरु मध्येवाट क्याम्पस प्रमुख भोलानाथ ओझा, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. बुद्धराज थापा, रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख जीवनधर ज्ञवाली, पब्लिक क्याम्पस संघका अध्यक्ष शिवराज सञ्जेल, रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति तपेन्द्रजंग शाही, जनसंख्या अध्ययन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. गोविन्द सुवेदी, त्रिवि कर्मचारी संघका केन्द्र्रीय अध्यक्ष भोजराज राउत, प्रा. लक्ष्मी प्रसा मैनाली, दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्र बहादुर कार्की लगायतले मन्तव्य राखेका थिए ।

सभामा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले कोेभिड १९ को संक्रमणको जटिल परिस्थितिको कारण विद्युतीय माध्यमको प्रयोग गरी विश्वविद्यालयको सभा सञ्चालन गर्नुपरेको बताउँदै कठिनाईपूर्ण परिस्थितिको बावजुत पनि सभामा उपस्थिति हुने सम्पूर्ण त्रिभुवन विश्वविद्यालय सभाका सदस्यहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए ।


Your Views
Related News