काठमाडौँ, १६ असोज स् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि २५ हजार सक्रिय सङ्क्रमित भएपछि फेरि पनि बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको थियो ।

यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएपछि सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै सरकारलाई बन्दाबन्दी गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको थियो ।

अहिले मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि बन्दाबन्दी गर्नुनपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न सकिने बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पार्नुभयो । सरकारको सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि नीजि स्वास्थ्य संघ–संस्था र होटेलमा सक्रिय सङ्क्रमितलाई राख्ने योजना रहेको जनाइएको छ ।

READ MORE NEWS

काठमाडौँलाई कोरोनाले ठपक्क ठाकेपछि गुर्जोको खोजी तिब्र

काठमाडौँ – राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ। गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय तह र त्रिभुवन विश्वविद्यालयका चार विभागमा बिरुवा हस्तान्तरण गरेका छन्। बूढानीलकण्ठ नगरपालिकालाई २००, महालक्ष्मी नगरपालिकालाई २०० र सूर्यविनायक नगरपालिका–५ लाई ३०० गुर्जोका बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिए।

यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको वनस्पति, जीव विज्ञानलगायत विभागका लागि ८०० बिरुवा वितरण गरिएको पनि उनले बताए। यसैगरी ललितपुरको ठैब क्षेत्रका लागि पनि ३०० बिरुवा रोपणका लागि हस्तान्तरण गरिएको छ।

बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण भई आइसोलेसन कक्षमा बसेका ३५ जनालाई गुर्जोबाट बनेको चियासमेत ३५ केजी नगर प्रमुख उद्धवप्रसाद खरेलमार्फत् हस्तान्तरण गरिएको छ। कोरोना पोजेटिभ भएकालाई फेरि दिने प्रतिबद्धता अभियानकर्मी राजलवटले जनाएको छ।

महालक्ष्मी नगरपालिकामा समेत आइसोलेसन कक्षमा बसेकाका लागि गुर्जोको चिया हस्तान्तरण गरिएको छ। महालक्ष्मीमा नगर प्रमुखसमेत कोरोना सङ्क्रमण भई आइसोलेसन कक्षमा बस्नुभएकाले उनलाई पनि नगरपालिकामार्फत् नियमित सेवनका लागि छुट्टै गुर्जोको चिया हस्तान्तरण गरिएको छ।

उपत्यकामा एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने अभियानका रूपमा अघि बढाइएको छ। गुर्जो रोपण अभियानमा हाल उपत्यकामा क्रियाशील वाग्मती, रुद्रमती, विष्णुमती, चक्रपथलगायत क्षेत्रका सफाइ अभियानकर्मी पनि लागेका छन्। उपत्यकाका सबै नदी किनारमा गुर्जोको बिरुवा रोप्ने अभियानसमेत शुरु भइसकेको छ। नदी किनारका प्रत्येक घरमा समेत गुर्जो रोपण अभियान जारी छ।

गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधीको रूपमा प्रयोगमा ल्याइन्छ। गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन। लहानस्थित सरकारी निवास क्षेत्रमा हुर्काइएका करिब ७५ हजार गुर्जोका बिरुवा हालसम्म देशका विभिन्न भागमा रोपणका लागि हस्तान्तरण गरिएको छ।

गुर्जो रोपण अभियानलाई देशव्यापी बनाउन राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग शिक्षक किशोर जोशी, जीवन विज्ञानका योग प्रशिक्षक रामप्रसाद पन्थी लगायत अभियानकर्मी पनि राजलवटसँगै जुटेका छन्।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रूपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो।

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं । आज(शनिबार) बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले बैठक भोली(आइतबार) ४ बजे सम्मका लागि स्थागित भएको जानकारी दिनुभएको छ ।

बैठकमा यसअघि तय गरिएका एजेण्डासहित सरकारले हालै गरेका राजनीतिक नियुक्तबारे पनि छलफल हुने बताइएको छ ।

सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिलाई लिएर नेकपा भित्रै नै असन्तुष्टि चुलिएको छ ।

बैठकमा यी विषय र मन्त्रिमण्डल पुनर्गठनलगायतका सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।


Your Views
Related News