काठमाडौं । आजदेशभर एकै दिन २७ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना समुदायस्तरमा नै भयाभह रुपमा फैलिइरहेको पुष्टि भएको छ । लामो समयसम्म सर्वसाधारणलाई समुदायमा फैलिएको छैन, आत्तिनुपर्दैन भन्दै गुमराहमा राखेको सरकारले ढिलो गरी कोरोना समुदायमा फैलिएको मौन बसेर स्विकार्यो । कोरोना महामारी बढ्न थालेपछि नियन्त्रणका प्रभावककारी उपाय रचनुको सट्टा जहाज र लामो दुरीका यातायात समेत खोलेर काठमाडौँ लगायतका ठूलो जनघनत्व भएका शहरमा खतरा बढीरहेका बेला सरकारले कुनै रणनीति बिना भारत र तराइका जिल्लाबाट मानिसहरु काठमाडौँमा खुलेआम प्रवेश दिएसँगै अहिले नेपालमा भारतमा भन्दा डरलाग्दो अवस्था सिर्जना भएको छ ।

नेपालमा कोरोना ५ हजार भन्दा बढीलाई लाग्दैन भन्न पछिनपरेको सरकारले दोस्रो पटक ५० हजारलाई लाग्न सक्छ भनेको पनि आज १ महिना बढी भयो तर देशभर संक्रमित ८० हजारबाट उकालो लागीसक्दा पनि सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सकेको छैन । केही दिनअघि स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमित २५ हजार नाघे देशमा फेरि लकडाउन गर्नुपर्ने सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्‍‍वर गौतमले प्रेस कँफ्रेन्सको अवसरमा बताएका थिए । हाल सक्रिय संक्रमितको संख्या देशभर २१ हजार पुगेको छ। यस्तोमा दशैं आसपासमै लकडाउन हुने निश्चित जस्तो भएको छ । सरकारले दशैँलाई नै छेको पारेर लकडाउन गर्न त लागेको होइन भन्ने चिन्ता आम सर्वसाधारणलाई सताएको छ ।

दशैंमा काठमाडौँ उपत्यका सहित देशभरबाट धेरै मानिसहरु आफ्नो थातथलो जाने हुँदा संक्रमण गाँउगाउँ पुग्ने जोखिम भने उच्च रहेकाले सतर्कता अपनाउनका लागि सरकारले अपनाउने उक्त कदम आजको आवश्यकता भने पक्कै पनि हो । किनकी देशभर संक्रमितको संख्या सहित मृत्युदर पनि बढीरहेको छ । तर काठमाडौँका शिव कँडेल भन्छन् २५ हजार पुगेपछि लकडाउन गर्नुको औचित्व छैन । उनी भन्छन् आज भोलीमा ठूलो संख्यामा पिसिआर अरिक्षण गर्ने हो भने केही केही दिनमा नै सक्रिय संक्रमित २५ हजार पुग्छन् ।

जसका लागि सरकारले आजदेखि नै कोरोना नियन्त्रणमा थप रणनीतिक कदम चाल्नुपर्ने पर्वत स्थायी घर भएर काठमाडौँको अनामनगरमा बस्ने निशा तिवारी बताउँछिन् । निशाले ओएस नेपालसँगको कुराकानीमा उनको घरमा १ जनालाई कोरोना संक्रमण देखियो तर संक्रमित बाहेक अरुको पिसिआर नै गरिएन । उनका अनुसार सरकारले गर्ने कन्ट्रयाक ट्रेसिगं नै निकै कमजोर छ ।

कन्ट्रयाक ट्रेसिगं सरकारी काम कहिले जाला घाम जस्तो छ । तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम भने यो स्विकार्दैनन् । निशाको भनाईलाई ठाडै नकार्दै डा गौतमले भने लक्षण देखिएका ठाउँमा हामीले बाँकी छाडेका छैनौँ ।

READ MORE NEWS

आज काठमाडौंका यि स्थानमा बत्ति जाने

काठमाडौं । शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५ घण्टा बत्ति काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र काठमाडौंको बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा ५ घण्टा बत्ति काटिने जनाइएको छ ।

प्रधिकरणले लगनखेल र पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएकाले शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ति काटिने जनाएको छ ।

त्यसअन्तर्गत पर्ने गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडीसिटी हस्पिटल, आदिनाथ मार्ग्, गणेश मन्दिर, मन्जुश्री मार्ग, भन्ज्याङ् पिपल बोट, मगरगाउँ, सानो खोकना, खोकाना, कार्यविनायक, बुङमती क्षेत्र, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार सौर्य दैनिकमा खबर छ ।बस्तीलगायतका क्षेत्रहरुका बत्ति काटिने प्राधिकरणले जनाएको छ । त्यस्तै बालाजु वितरण केन्द्र अन्तर्गत पर्ने स्थानहरुमा पनि बत्ति काटिने जनाइएको छ ।


Your Views
Related News