हाम्रो शरीरमा निन्द्रा अत्यन्त आवश्यक छ । निन्द्राले थकानयुक्त शरीरमा आराम दिलाउँछ । दिनभरी चलायमान भएको शरीरलाई आराम दिन रातमा निदाउने गरीन्छ ।

शरीरको थकान हटाउन चाहिने आराम पर्याप्त निन्द्राले मात्र पुर्याउँछ । त्यसलै मानिस निदाउन आवश्यक हुन्छ । एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्दछ ।

आजकल मोबाइल, टेलिभिजन लगायतका सामाग्रीको प्रयोग र तनावका कारण अबेर रातिसम्म मानिसहरु निदाउदैनन् । यदि अबेर रातीसम्म निन्द्रा नलागेमा यी उपाय अपनाउनु पर्दछ ।

१. अबेर रातिसम्म निन्द्रा नपर्ने समस्या भएमा सुत्ने कोठा एउटै पार्नुहोस् ।
२. निदाउन प्रयोग गरिने कोठामा बस्ने, पढ्ने वा छलफल गर्न बन्द गर्नुहोस् ।
३. रातमा सुत्नुअघि कोठाको वातावरण शान्त र अध्यारो पार्नुहोस् ।
४. सम्भव र अनुकुल महशुस भए आखाँ छोपेर सुत्नुहोस् ।
५. मोबाइल, टेलिभिजन वा आवाज आउने यन्त्र अफ गरेर सुत्नुहोस् ।
६. सुत्ने डसना धेरै मोटो वा बिझाउने गरी पातलो हुनु हुदैन ।
७. विवाहिताहरुले सुत्नुअघि शारीरिक सम्बन्ध राखे निदाउन सघाउ पुर्याउँछ ।
८. सुत्ने समयलाई निश्चित गर्नुहोस् साथै उठ्ने समय पनि एउटै पार्नुहोस् ।
९. निन्द्रा पर्न खोजेन भने किताब पढ्ने, सुमधुर गीत, धुनहरु सुन्नु उपयुक्त हुन्छ ।
१०. बेलुकीको खानामा चिल्लो, पिरो नखानुहोस् ।
११. दिउँसोको खाजापछि कफी नखानुहोस् ।

अनिन्द्रा निराशाको रोग अर्थात डिप्रेसनसँग जोडिएको हुन्छ । त्यसैले अबेरसम्म निन्द्रा नलागेमा डिप्रेशनको रोगको सुरुवाती लक्षण हुनसक्छ । तसर्थ यसबारे चिकित्सकको परामर्श लिनुहोस् ।

READ MORE NEWS

सरकार चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्न केन्द्रित : डा. भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रित भएको बताएका छन् । अहिले कोरोनाका कारण पीडामा रहेका जनताको समस्या समाधानभन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएको उनको भनाइ छ ।

विभिन्न माग राख्दै अनसनमा रहेका विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई भेट्दै भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेको बताए । जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्व प्रधानमन्त्री भट्टराईले पार्टी र सर्वोच्च अदालतले समेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताए ।

महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको उनले बताए । उनले सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरा समेत रहेको बताए ।

विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार कर्मचारीहरु कोभिडको बाहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवा सुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनसनमा रहेका छन् । उनीहरुसँगको भेटमा डा. भट्टराईले कोभिडको महामारीका बेला सरकारले गर्नुपर्ने काममा सचेत गराउन श्रमजीवि पत्रकाहरुले ठूलो भूमिका खेलिरहेको बताए । सरकारलाई सचेत गराउन श्रमजीवि पत्रकारुले गरेको जस्तो मिहेनत राजनीतिक दलहरुले गर्न नसकेकोमा आफू लज्जित रहेकोसमेत भट्टराईले बताए ।

कोभिडलाई बाहाना देखाउँदै जवरजस्ती निकालिएका कर्मचारीलाई निःशर्त पूनर्वाहली गर्नुपर्ने, तोकिएको पारिश्रमिक दिनुपर्ने, जवरजस्ती राजीनामा दिन बाध्य पारिएको, बदनियतपूर्ण सरुवा गर्ने निर्णयहरु खारेज गर्नुपर्ने माग राख्दै विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु आन्दोलित छन् ।

वामदेव गौतमका कानुन व्यवसायीले आज बहस गर्ने, खुल्ला मन्त्री बन्‍ने बाटो ?

काठमाडौं । राष्ट्रियसभा सदस्यमा वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज गौतम पक्षका कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

गौतविरुद्ध बुधबार दायर रिट गरेका निवेदक र सरकारका तर्फबाट महान्यायाधिवक्तासहितले बहस गरेका थिए ।
गौतमको पक्षमा दर्जन बढी वरिष्ठ अधिवक्ताहरुले बहस गर्दै छन् ।  गौतमको पक्षमा बहस गर्न करिब ५० वकिलले वकालनामा भरेको रमण श्रेष्ठले बताए । गौतमको पक्षमा पूर्वमहान्यायाधिवक्ता रहिसकेका युवराज संग्रौला, रमण श्रेष्ठसहित  अधिवक्ताहरु टीकाराम भट्टराई, रविनारायण खनाल, गोविन्द बन्दी, श्याम खरेल, राघवलाल वैद्य, सुशील पन्तलगायतले बहस गर्नेछन् ।

यसअघि सर्वोच्च अदालतले राष्ट्रियसभामा गौतमको नियुक्तिलाई यथास्थितिमा राख्‍न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको थियो ।  गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाससले असोज ७ गते कारण देखाऊ र अन्तरिम आदेश जारी गर्दै सो रिट संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए । सोसम्बन्धी आवश्यक निकासाका लागि प्रधानन्यायाधीशसमक्ष पेस गरिने आदेश भएको थियो । ‘संविधान जारी भएपछि यस्तो प्रकृतिको संवेधानिक विवाद पहिलोपटक सर्वोच्च अदालतमा परेको भन्दै यसको निरुपण संविधानवाद, सार्वभौम जनताप्रति उत्तरदायित्व, लोकतान्त्रिक विधि, सुशासन, संवैधानिक नीति एवं संवैधानिक नैतिकताका सिद्धान्तसमेतलाई दृष्टिगत गरी दीर्घकालसम्म संवैधानिक मान्यता कायम हुने गरी गरिनुपर्ने हुन्छ,’आदेशमा भनिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलामा गौतमको मुद्दामा सुनुवाइ जारी छ ।

के होला फैसला ?
आज बहस सकिए फैसला पनि आजै आउनेछ । यसअघि सर्वोच्च अदालतले “विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्त्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो नलागेसम्म यो विषयलाई यथास्थिततिमा राख्‍न आवश्यक देखिँदा विपक्षी नं ५ (गौतम) को हकमा थप संवैधानिक जिम्मेवादारी दिने, लिने कार्य नगर्नू, नगराउनु भनी ,” आदेश गरेको थियो ।

सर्वोच्चको सो आदेशपछि गौतमको राष्ट्रियसभा सदस्य पद कायम रहेपछि मन्त्री बन्‍नका लागि बाटो रोकिएको छ । सर्वोच्चले निवेदकको मागदाबीअनुसार फैसला आए गौतमले थप संवैधानिक जिम्मेवारी नपाउने वा राष्ट्रियसभा सदस्य नियुक्ति नै बदरसमेत हुन सक्छ भने माग दाबीअनुसार फैसला जारी नभएर उनको नियुक्ति सदर नै भएमा भने उनलाई मन्त्री बन्‍न बाटो खुल्ने कानुन व्यवसायीहरु बताउँछन् ।

महत्त्वपूर्ण मन्‍त्रालयको जिम्मेवारी दिने गरी नेकपाकै पहलमा उनलाई राष्ट्रियसभामा लगिएको बताइन्छ । गौतमको मुद्दाकै कारण मन्त्रिपरिषद् पुनर्गठनसमेत रोकिएको चर्चाबीच आज सर्वोच्च अदालतलबाट कस्तो फैसला आउँछ भन्‍नेमा धेरैले चासोका साथ हेरेका छन् ।


Your Views
Related News