काठमाडौँ । नेपालको दाङ जिल्लामा जन्मिएका सन्देश लम्साल हाल रुसमा छन् । सन् २०५१ साल भाद्र १ गते ( सन् १९९४ अगष्ट १७ )मा जन्मिएका सन्देश हाल सेन्ट पीटर्सबर्ग रुसमा बसोबास गरिरहेका छन् । सन् २०१५ मा रुसी सरकारबाट एमबीबीएसमा छात्रवृत्ती पाएपछि अध्ययनका लागि उनी रुस पुगेका हुन् । रुसमा उनले अध्ययन र खेलकुदका साथसाथै कुटनितिज्ञको रुपमा पनि काम गरेका छन् । उनले सेन्ट पीटर्सबर्ग र लेलिनग्राद क्षेत्रमा नेपालको प्रतिनिधीको रुपमा विद्यार्थीहरुको एक टोली बनाएका थिए । नेपाली संकृती र पर्यटन प्रवद्र्धनका लागि उनले रसियामा धेरै कार्यक्रमको समेत आयोजना गरेका छन् ।

विदेशमा रहेपनि आफ्नो देशको माया कम नहुने धारण राख्छन् सन्देश । उनी, अहिले विभिन्न सामाजिक संजालमा सक्रिय रुपमा काम गरिरहेका छन् । उनी सामाजिक मिडिया व्यक्तित्व, ताइक्वान्डो खेलाडी, अन्तरराष्ट्रिय स्वयंसेवक र ब्लगरको साथमा मेडिकल विद्यार्थी र सेन्ट पीटर्सबर्ग र लेलिनग्राद क्षेत्रमा नेपालको प्रतिनिधी समेत हुन् ।

विश्वभर छरिएर रहेका दर्शकहरुलाई अपिल गर्दै उनले ट्रान्जिसन, अभिनय, खेल, स्वास्थ्य, सौन्दर्य सुझावले भरिएका, लिप सिंक भिडियो सहित विभिन्न सामाग्री सामाजिक संजालमा पोष्ट गर्दै आएका छन् । सामाजिक संजालका रुपमा पछिल्लो समयमा सर्वाधिक सफल मानिएका टिकटक, लाइकी, हेलो, टांगी, इन्स्टाग्राम, अमेजन, मोज आदिमा उनको धेरै फ्यान समेत छन् । उनका अधिकांश सामाजिक संजाल भेरिफाइड समेत भएका छन् । सामाजिक जागरुकता र सार्वजनिक कल्याणका क्षेत्रहरूमा उनले धेरै भिडियो निर्माण गरेका छन् । केही भारतीय कलाकारहरुसँग मिलेर काम समेत गरेका उनका भिडियो सामाग्रीहरु बलिउडका लोकप्रिय कलाकारहरुले समेत शेयर गरेका छन् ।

रुसमा रहेका नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनिय काम गरेका सन्देश संयुक्त राष्ट्र संगठनका अनलाइन स्वयंमसेवक पनि हुन् । सन् २०१७ मा फिफा कन्फेडेरेसन कप र सन् २०१८ मा फिफा वल्र्ड कपको समयमा रुसमा फुटबल खेल हेर्न आएका विभिन्न देशका दर्शकहरुको चिकित्सा सेवाको लागी उनले चिकित्सा स्वयंसेवकको रुपमा समेत काम गरिसकेका छन् । सन्देशले कोरोना भाइरसको संक्रमण कालमा सामाजिक संजालमा यसको रोकथाम र सुरक्षाको बिषयमा थुप्रै सामाग्री बनाएर भिडियोहरु पोष्ट गर्दै आएका छन् ।

READ MORE NEWS

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना

वासिङ्टन १७ असोज (रासस÷एपी) ः कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना हुनुभएको छ । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँलाई शुक्रबार राती वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उहाँलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उहाँका विभिन्न औषधी मिश्रित खोप दिइएको चिकित्सकहरुले जनाएका छन् ।

उहाँको उपचारमा संलग्न डा. कनलीले जारी गरेको विज्ञप्तिका अनुसार सावधानी अपनाउनका लागि रेजेनेरोन पोलीक्लोनल एन्टिबडी मिश्रणको ८ ग्राम’ खुवाएको हो । उक्त औषधी शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको उहाँको भनाई छ ।

राष्ट्रपति कार्यालयबाट अस्पतालतर्फ प्रस्थान गर्ने क्रममा उहाँ मास्क लगाएको अवस्थामा देखिनु भएको थियो । उहाँ राष्ट्रपति कार्यालयबाट अस्पतालसम्म हेलिकोप्टरमा जानु भएको हो । अस्पताल जानुअघि उहाँले दिएको भिडियो सन्देशमा आफुले आराम नै महसुस गरिरहेको तर थप सुरक्षित र सुनिश्चित हुन अस्पताल जान लागेको बताउनु भएको छ ।

अस्पताल पुगेपछि पहिलो ट्वीट गर्दै शुक्रबार राती उहाँले लेख्नुभएको छ, “मलाई राम्रो भइरहेको छ, सवैलाई धन्यवाद छ । माया छ ।” अमेरिकामा राष्ट्रपति चयनका लागि निर्वाचन हुन गइरहेका बेलामा उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति ट्रम्प सङ्क्रमित हुनुभएको हो । उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको शुक्रबार दिउसो एक बजे सार्वजनिक गर्नुभएको थियो ।

उहाँ बिहीबार मध्याह्न एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित हुनुभएको बताइएको छ । उहाँसँगै उहाँकी पत्नी मेलानिया पनि सङ्क्रमित हुुनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामन्य नै रहेको भिडियोमार्फत् जानकारी दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले आफू अस्पताल भित्रै रहेपनि काम भने गरिरहने योजना बनाउनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उहाँले उपराष्ट्रपतिलाई कार्यवाहकको जिम्मेबारी दिनुभएको छैन ।उहाँ अहिले ७४ वर्षको हुनु भएको छ । यो उमेर समूह कोरोना सङ्क्रमितहरुका लागि अत्यन्त खतरापूर्ण उमेर समूह मानिन्छ ।

विश्वमै सवैभन्दा धेरै मानिसहरु कोरोनाभाइरसबाट सङ्क्रमितहरु रहेको मुलुक अमेरिकामा राष्ट्रप्रमुखलाई नै सङ्क्रमण भएपछि थप त्रास फैलिएको छ । अमेरिकामा अहिलेसम्म दुई लाख पाँच हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ ।


Your Views
Related News