काठमाडौं, असोज १७ । कमेडी सिरियल गोलमालको १ सय १६ औँ भाग सार्वजनिक भएको छ । नेपाल टेलीभिजनबाट हरेक बिहिबार राती ८:५० मा प्रशारण हुँदै आएको शृखला पछिल्ला दिनमा थप लोकप्रिय बन्दै गइरहेको छ ।
शिवहरि आचार्य , बिनोद राई, नबिना सिलवाल खुईली, पवन खतिवडा म्याकुरी, एलिस राई, खड्न बहादुर पुन मगर खबपु लगायतका लोकप्रिय कलाकारहरुको अभिनय रहेको शृखलाले ब्यग्यात्मक शैलीमा आफ्ना प्रस्तुती दिएसँगै हरेक शृखला लगातार ट्रेण्डिगंमा आइरहेका छन् ।
गोलमालको चर्चासँगै थप परिस्कृत गरेर लैजाने तयारी निर्माण यूनिटले गरेको निर्माता पर्शुराम रिजालले जानकारी दिए । नेत्र राउतको कथा पटकथा संवाद र निर्देशन रहेको गोलमालको सह निर्देशन सरोज घिमिरेले गरेका छन् । हेर्नुहोस् गोलमालको पछिल्लो शृखला