कोरोना संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल ट्रायलमा रहेको औ’षधि दिइएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। शुक्रबार कोरोना पुष्टि भएपछि ट्रम्पलाई अस्पताल भर्ना गरिएको जनाइएको छ।

बेलायती सञ्चार माध्यम डेलीमेलका अनुसार ट्रम्पलाई मुसाबाट बनेको REGN-COV2 औ’षधि दिइएको छ। हाल ट्रायलमा रहेको सो औ’षधि सर्वसाधारणका लागि भने उपलब्ध छैन।

तेस्रो चरणको ट्रायलमा रहेको औ’षधि उनलाई दिइएको जनाइएको छ। यो औषधिले शरीरमा भाइरसको मात्रा घटाउने दावी गरिएको छ। यो औ’षधि अमेरिकी कम्पनी बनाएको हो।

READ MORE NEWS

अजरबैजानले नागोर्नो काराबाख ल’डाईँमा तीन हजार सैनिक गुमायो

रासस / एनआई । नागार्नो–काराबाख क्षेत्रमा जारी ल’डाईँका क्रममा अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको अर्मेनियाले जनाएको छ । यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिकको मृत्यु भएको उल्लेख गरिएको थियो ।

 

 

तर सो देशले उक्त क्षेत्रमा शुरु भएको ल’डाईँका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको यो पछिल्लो जानकारी आएको हो । स्वघोषित रिपब्लिक अफ आर्तसाखका राष्ट्रपतिका प्रेस सचिवले शनिबार जानकारी गराउनुभएको छ ।

 

 

 

आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले केही दिन अघिदेखि भि’षण सै’निक का’रबाही शुरु गरेको हो ।विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली वि’द्रो’हीबीच जारी ल’डाईँ रोक्न आग्रह गरेका छन् । यो संघर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्ति मै असर पार्ने उनीहरुको अनुमान छ ।

 

 

आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजानको सेनाले शक्तिशाली ह’तिया’रको प्रयोग गरेर वि’द्रोहीका आश्रयस्थलमा ल’डाईँ गरिरहेको जनाएका छन् । तर उता अजरबैजानको रक्षा मन्त्रालयले भने टार्टर शहरमा पृथकतावादी वि’द्रोहीहरुले सर्वसाधारणमाथि ल’डाईँ गरिरहेको आरोप लगाएको छ ।

 

 

अजरबैजानका तीन हजारभन्दा बढी सेनाको मृत्यु भएका र तीमध्ये कतिपय त मध्यस्थ क्षेत्रमा अहिले पनि रहेका र उनीहरुलाई कतै पनि नलगिएको प्रेस सचिव भागराम पोगसिमले आफ्नो फेसबुक पेजमा लेख्नुभएको बताइएको छ ।

चेल्सी र क्रिस्टल प्यालेस भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज शनिबार राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । चेल्सीले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई आतिथ्यता गर्दा म्यानचेस्टर सिटी नव प्रवेशी लिड्स युनाइटेडको भ्रमणमा निस्कनेछ ।

यस्तै एभर्टनले घरेलु मैदानमा ब्राइटनसँग प्रतिस्पर्धा गर्दा न्युक्यासल युनाइटेड र बर्नलीबीको खेल पनि आज राति नै हुदैछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । औसतको प्रदर्शन गरिरहेको चेल्सी प्यालेसलाई पराजित गर्दै लिगमा दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।

चेल्सीले तीन खेल खेल्दा समान १ जित, बराबरी र हारको नतिजा निकालेको छ । क्रिस्टल प्यालेसविरुद्ध चेल्सीले टिमो वेर्नर, काई हाभर्टज, थियायो सिल्भा, ट्याम्मी अब्राहम, मासन माउन्ट, एङ्गोलो कान्टे, माटियो कोभासिस, सेसर अज्पिलेक्वेटा, रिस जेम्स कोर्ट जोउमा र गोलरक्षक इडुआर्ड मेन्डीलाई पहिलो रोजाईमा उतार्न सक्नेछ । यसबाहेक चेल्सीसँग जर्गिन्हो, बेन चिलवेल, फिकायो टोमोरी र मार्काेस अलन्सो र ओलिभर जिरुड रहनेछन् ।

यता, क्रिस्टल प्यालेस पनि घरेलु टोलीलाई स्तब्ध पार्दै अंक तालिका थप सुधार गर्ने प्रयासमा हुनेछ । प्यालेस ३ खेलबाट ६ अंक जोडेर छैटौं स्थानमा रहँदा चेल्सी ४ अंकसहित नवौं स्थानमा छ । प्यालेससँग वेलफ्रेड जाहा, जोर्डन एयु, जेम्स म्याकखर्थर र जेम्स म्याकर्थी लगायतका खेलाडीहरु हुनेछन् ।

यि दुई टोली हालसम्म १५ पटक भिड्दा चेल्सीले ११ खेलमा सफलता हात पार्दा क्रिस्टल प्यालेस चार खेलमा विजयी भएको छ । चेल्सी प्यालेससँग अक्टोबर २०१७ मा २–१ ले पराजित भएयता पाँच खेलमा अपराजित छ । चेल्सी सोही जितको लयलाई निरन्तरता दिने दाँउ रहँदा प्यालेस चेल्सीसँगको हारको श्रृंखला तोड्ने योजनामा हुनेछ ।

 


Your Views
Related News