काठमाडौं। बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तरलाई महत्व दिइन्छ । सामान्यतया केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ । कहिलेकाहीँ केटीको उमेर पनि थोरै बढी हुन सक्छ । तर, ४० वर्षको उमेर अन्तर भने सामान्यतया स्वीकार गरिँदैन । भारतको मुरादाबादको रामपुरमा भने २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन् ।

रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ । युवक हरदोइका भएको बताइएको छ । भारतीय दैनिक अमर उजालाका अनुसार यी दुई मिसकलको माध्यमबाट एक अर्काको नजिक भएका थिए । दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्तीवश फोन अन्तै गयो । ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा कुरा हुन थाल्यो ।

फोनमा कुरा बढ्दै जाँदा दुवै नजिकिँदै गए । महिलाले युवकलाई आफ्ना पतिको मृत्यु भइसकेको बताएकी थिइन् । महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपछि युवक आफूसँगै बस्नुपर्ने बताइन् । युवक पनि यसको लागि तयार भए । गत शनिबार युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरीले आमाको बिहेबारे थाहा पाएपछि माइती आएर यको विरोध गरिन् । विवाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कारवाही गरेन ।

READ MORE NEWS

डब्ल्यूएचओले दियो अहिलेसम्मकै ड’रलाग्दो नयाँ चेतावनी, विश्वभर त्रा’स, अब के हुन्छ ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले को’रो नावि’रुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर को’रोना सं’क्र मणबाट ज्या’न गु’माउनेको संख्या २० लाख पुग्न सक्ने चे तावनी दिएको छ । डब्ल्यूएचओको आ’पतकालीन सेवा का प्रमुख डा. माइक रायनले सो चेतावनी दिएका हुन् । को’रोना सं’क्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कद म चाल्नुपर्नेमा समेत जोड दिए । सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट को’रोना भा’इरसको सं’क्रमण फैलिन सुरु गरेको थियो ।

त्यसयता को’रोना सं’क्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्या’न गइसकेको छ । यसैगरी को’रोना सं’क्रमण पुष्टि भएकाहरुको संख्या तीन करोड २० लाख भन्दा धेरै छ ।डब्ल्यूएचओको आ’पतकालीन सेवाका प्रमुख डा. माइक रायनले को’रोना म’हामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले को’रोना नियन्त्र णका लागि सम्भव भएसम्मका सबै उपाय क’डाइका साथ अपनाउनुपर्नेमा उनले जोड दिए ।

यस्तै विश्वमा को’रोना भा’इरस सं’क्रमितको संख्या ३ करोड २७ लाख ५१ हजार ५१ पुगेको छ । बितेको २४ घण्टामा ३ लाख १७ हजार ६४० सं’क्रमित थपिएका छन् । बिहानसम्मको तथ्यांक अनुसार को’रोना सं’क्रमणबाट ज्या’न गु’माउनेको संख्या ९ लाख ९२ हजार ९६८ पुगेको छ । एकैदिन ५ हजार ८०८ सं’क्रमित थपिएका छन् ।

अहिलेसम्म २ करोड ४१ लाख ६७ हजार ४४८ जनाले को’रोनालाई जितेका छन् । विश्वमा ७५ लाख ९० हजार ६३५ जनामा सक्रिय सं’क्रमण छ । सं’क्रमित ६३ हजार ७१७ को अवस्था ग’म्भीर छन् ।

सबैभन्दा धेरै सं’क्रमण फैलिएको अमेरिकामा एकैदिन ५३ हजार ३३२ सं’क्रमित थपिएका छन् । अमेरिकामा को’रोना सं’क्रमितको संख्या ७२ लाख ४३ हजार ३ पुगेको छ । अ हिलेसम्म २ लाख ८ हजार ४४०ले ज्या’न गु’माएका छन् । त्यस्तै भारतमा एकैदिन ८५ हजार ४६८ जनामा सं’क्रमण पुष्टि भएको छ । दोस्रो धेरै सं’क्रमित भारतमा अहिलेसम्म ५९ लाख १ हजार ५७१ पुगेको छ।

फेरि २५ दिन सम्पुर्ण बजार,यातायात बन्द रहने गरि लकडाउन गरिने, भर्खरै भयो यस्तो निर्णय !

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन्। मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन् । अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को सङ्क्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । उहाँले मन्त्रालयले आफ्नै नेपालमा कति सङ्क्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिए।

उनले कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात नेपालमा समेत ल्याइने जानकारी दिए। यस्तै मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ। कोरोना भाइरसको सङ्क्रमण विगत २४ घण्टामा एक हजार १२० जनामा देखिएको छ। अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ। आजै १ हजार ११२ जना निको भएका छन्। अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन्।


Your Views
Related News