एजेन्सी–भारत उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कार घटनालाई सिबीआईले अनुसन्धान गर्ने भएको छ। उक्त घटनाका विषयमा बढ्दो विवादका बीच उत्तर प्रदेश सरकारले अनुसन्धानका लागि सिबीआईलाई सिफारिस गरेको हो।

पीडित परिवारले भने उक्त प्रकरणलाई सिबीआईले नभई न्यायिक छानबिन गर्नुपर्न माग गरेको छ। सामूहिक बलात्कारपछि मारिएकी युवतीका परिवारले प्रहरीले घटनालाई दबाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। यो प्रकरणमा सर्वोच्च अदालतमा पनि मुद्दा दायर गरिएको छ।

गत १४ सेप्टेम्बरका दिन उत्तर प्रदेशको हाथरस गाउँमा स्थानीय ठाकुर जातिका ४ युवकहरुले एक दलित युवतीमाथि बलात्कार गरेका थिए।

कांग्रेस नेताहरु राहुल गान्धी र प्रियंका गान्धीले शनिबार पीडित परिवारलाई भेटेका थिए।

READ MORE NEWS

कोरोनालाई खेलाँची नगरौं, निकै दर्दनाक हुँदाे रहेछ

साउनको दोस्रो सातातिर मलाइ सन्चो भएन। टङसिल भयो। मैले डाक्टरसँग सल्लाह गरेर औषधि खाँए। औषधिले मेरो घाँटी दुख्न ठिक गर्रयो। ज्वरो सुरु भयो। ज्वरो आएपछि मैले कोभिड टेस्ट गर्न गएँ। रिपोर्ट ढिला आयो।

रिपोर्ट नआइपुग्दै मलाइ एक रात सुत्नमा साह्रै समस्या भयो। पसिना धेरै आयो। श्वास प्रस्वासमा समस्या भयो। मैले पुनः डाक्टरसँग सल्लाह गरेँ। एक्सरे गरौं भन्ने कुरा भएपछि एक्सरे गरेँ। डाक्टरले एक्सरे रिपोर्ट हेरेपछि आत्तिनु भयो र मलाइ जतिसक्दो चाडो हस्पिटल भर्ना हुन आग्रह गर्नु भयो। वीरगञ्जकै कोभिड अस्पतालमा एडमिड भए। म एडमिड भएको भोलिपल्ट रिपोर्ट नेगेटिभ आयो।

रिपोर्ट नेगेटिभ आएपछि म कोभिड अस्पतालबाट डिस्चार्ज भएँ। प्राइभेट हस्पिटलमा (प्रभु)मा गएर म पुनः भर्ना भएँ। भर्ना हुँदासम्म धेरै समस्या देखिएको थिएन। रातिबाट धेरै खोकी लाग्यो। औषधिले पनि खोकी ठिक गरेन। राति त खोक्दा खोक्दा रगत नै आउन थाल्यो।

केही समयसम्म म वाथरुम गएर थुक्ने गरेँ। पछि गले सकेन। खोक्दा आएको रगत निल्न थालेँ। सामान्य भएकाले घरकालाई नभनेर गएको म रातभर एक्लै अस्पतालमा बस्न बाध्य भए। त्यो कुरा वर्तमान प्रर्यटन मन्त्री योगेश भट्टराईलाई थाहा भएछ।

उहाँले मलाई कल गर्नु भयो। हेलिक्पटर पठाइदिने र काठमाडौं मै आएर उपचार गर्ने प्रस्ताव गर्नु भयो। मैले पनि मेरो उपचारमा खटिएका डाक्टरहरुसँग सल्लाह गरेँ।

उहाँहरुले पनि मलाइ काठमाडौं नै जाने सल्लाह दिनु भयो। त्यसपछि मलाइ डर पैदा भयो। कोभिडको उपचार छैन भन्ने थाहा हुँदा हुँदैपनि मलाई डाक्टरहरुले हामी सक्दैनौं काठमाडौं नै जानु पर्छ भन्ने कुरा गर्दा आफैलाई मेरो स्वास्थ्य अवस्था नाजुक रहेछ भन्ने अनुभूति भयो। योगश दाइलाई खबर गरेर म काठमाडौं गएँ।

नेपाली सेनाले शव व्यवस्थापन गर्नु पर्ने भएकाले रातिमा उठाउँदैनथ्यो। ती शवहरु बेडमै रहन्थे। पर्दाले छेकबार लगाए पनि बेडमा लास छ। आफू अर्को बेडमा छु। रातभर लाशसँगै बस्नु पर्ने। अघिसम्म सँगै भएको मान्छे अहिले छैन। म जस्तै गरी बेडमा सुतेको मान्छे अब कहिलै नबोल्ने गरी दिनाएको छ। अब उ कहिलै पनि उठदैन।

परिवारका मान्छेलाई केही पनि भनिन। स्थिति नाजुक भएकाले श्रीमतीलाई हेलिकप्टरसम्म पुर्याएछन्। टिचिङमा हेलिकप्टर ल्याण्ड भयो। टिचिङमा बेड छैन भन्ने कुरा आयो। साथीहरुले मलाइ पाटन पठाउनु भयो। पाटनले पनि मलाइ कोरोना नेटेपटभ देखिएकाले राख्न मानेन। मेडिसीटी जाने कुरा भयो। मेडिसिटीमा भर्ना भएपछि सबै परीक्षण पुनः गरियो। मेरो समस्या सबै थिए।

भोलि विहान पुनः मेरो कोरोना टेस्ट भयो। रिपोर्टको बारेमा थाहा भएन। तर, पुनः मलाइ पाटन हस्पिटल पुर्याइयो। अब मलाइ थाहा भयो, मलाइ कोरोना पोजेटिभ भएको रहेछ। मलाइ सिधै आइसियू मै लगियो।

दर्दनाक छ आइसियूको कहानी !
म आइसीयूमा पुगेँ। अक्सिजन तलैबाट सुरु भएको थियो। बेड नं. २ मा लगेर राखियो। म त्यहीँ बसेँ। करिव १५ दिन भयावह अवस्थामा आइसीयूमा बसेँ। मैले भयावह भन्दा अच्चम लाग्न सक्छ। आइसीयूमा सधैं २/३ जनाका दरले संसार छोड्थे।

नेपाली सेनाले शव व्यवस्थापन गर्नु पर्ने भएकाले रातिमा उठाउँदैनथ्यो। ती शवहरु बेडमै रहन्थे। पर्दाले छेकबार लगाए पनि बेडमा लास छ। आफू अर्को बेडमा छु। रातभर लाशसँगै बस्नु पर्ने। अघिसम्म सँगै भएको मान्छे अहिले छैन।

म जस्तै गरी बेडमा सुतेको मान्छे अब कहिलै नबोल्ने गरी दिनाएको छ। अब उ कहिलै पनि उठदैन। भोलि विहानमात्र नेपाली सेनाको टोलीले उनको भौतिक शरीर व्यवस्थापन गर्नका लागि उठाएर लैजान्छ। आफूलाई पनि डर पैदा भइरहने। अहो! अहिले पो म सम्झन्छु त्यो शवसँगै निदाउँदाका रातहरु।

सबै कोभिडकै विमारी छन। कसैले कसैसँग कुरा पनि गर्न पाउँदैनन्। आफन्त हुने कुरै भएन। डाक्टर सिस्टरहरुलाई पनि विरामीकै हेरचाहमा समय व्यतित गरेको देखिने। सबैले लगाउने लुगा एउटै हुने हुँदा कुन डाक्टर हो कुन सफाई कर्मचारी हो थाहै नहुने।

कतिपय अवस्थामा सौचका लागि साधन मगाउँदा डाक्टरलाई अनुरोध गरिएछ पछि पो थाहा भयो उ त डाक्टर हो उसले कसरी मेरो पिसाव म्यानेज गरिदिन्थ्यो र? पछि सरसफाईको कर्मचारी आएपछि उनीहरुले भाँडा ल्याइदिने र हामीले पिसाव व्यवस्थापन गथ्र्यौं।

३/४ दिनको अन्तरालपछि मेरो रगत आउने काम बन्द भयो। खोकी चलेकै थियो। तर, ज्वरो पनि कम भएको थियो। त्यतिबेला नेपालमा प्रतिवन्धित औषधि आवश्यक पर्ने भयो। नेपालमा प्रतिबन्धित भएकाले भारतबाट ‘बल्याक’मा आउने रहेछ।

झण्डै ५० हजारको एक मात्रा पर्दो रहेछ। साथीहरुले कताकताबाट म्यानेज गरेर मगाए थाहा भएन। २ डोज लगाएपछि सबैले उक्त औषधिको बारेमा सोधपुछ गर्न थाल्नु भयो। मलाइ डर लाग्यो। मेरो जीवन यही औषधिमा अड्केको छ भन्ने थाहा पाएपछि मैले त्यो औषधिलाई आफ्नो छातिभित्र लुकाएर राख्ने गरेँ। डाक्टरले कसैले लादैन भन्दा पनि मलाइ आफ्नो काखबाट अलग राख्न मन लागेन।

म आइसीयूमा बसेकै बेलाको घटना हो यो। सँगैको अर्को बेडमा बस्ने व्यक्तिको अक्सिजन मास्क निस्किएछ। उसले चिच्याई कराई गरेर नर्सलाई बोलायो। नर्सहरु पनि आए। उसको अक्सिजन माक्स लगाइदिए।

सायद ढिलो भयो होला ती व्यक्ति सधैंका लागि अस्ताए। मलाइ डर के लाग्यो भने निदाउँदा पनि अक्सिजन मास्क फुत्किन्छ कि? कतै यो मास्क विना मैले पनि ज्यान गुमाउनु पर्छ कि झैं लाग्यो म कति रात त ननिदाई बसेँ।

जतिसुकै आत्मबल बढाउँ भने पनि नसकिने रहेछ। हामीले दैनिक आफ्नै आँखा अगाडि मरेको देख्दा आत्मबल बढाउन सकिएन। सायद आइसियूमा पुगेपछि विमारीहरु नफर्किने कारण त्यो पनि होला। जहाँ आत्मबल भनेको के हो? सबै सबैले अनुभव नै गर्न सक्दैनन्। हामीले नै वीरगञ्जबाट पठाएको दाइ सुतेको बेडमै म सुतेको रहेछु। मैले त सोचेँ दाइ निको भएर जानु भयो होला ।

तर, ३/४ दिनपछि जव मैले सामाजिक सञ्जालबाट दाइ त सोही बेडबाट यो संसार छोडेर जानु भयो भन्ने खबर पाएँ। डरको त अब सीमा नै रहेन। मेडिसीन राख्ने र्याकमा उनको फाइल भेटे। विजयराज कणिकार दाइको फोटोमा श्रदाञ्जलि लेखेको फोटो सामाजिक सञ्जालमा देख्दाको अनुभव म हजुरलाई के सुनाउँ।

एकरातको घटना हो। हामीलाई घोप्टो परेर सुत्न लगाइन्छ। म त्यसैगरी सुतेको थिएँ। हामीलाई अक्सिजन सप्लाई राम्रोसँग होस भनेर नै घोप्टो परेर सुत्न लगाइने रहेछ। कसैले पछाडिबाट घाटीँ न्यानेको अनुभव गरेँ। जिउमा बल छैन।

मैले प्रतिकार गर्न सकिन। मैले मेरो साढे ४ वर्षको छोरी मात्र सम्झेँ। अबोध मेरो छोरीलाई बाबु के भएर कहाँ गएको छ भन्ने पनि थाहा छैन। मैले छोरीलाई सम्झेपछि मलाई झन छटपटि भयो। म यो अवस्थाबाट जसरी पनि बाहिर आउनु पर्छ भन्ने लाग्यो।

मैले मेरो छोरीको लागि भएपनि बाँच्नु पर्छ झै लाग्न थाल्यो। झलझली छोरी सम्झिदैँ म त्यो अफ्ठेरो परिस्थितिबाट बाहिर निस्केँ। त्यसपछि सुतिन। मैले अनुभव गरेँ साच्चिकै सुतेपछि जोखिम हुने रहेछ झैं लाग्यो। धेरै साँझहरु १÷२ घण्टा सुतर मात्र बितेका छन्।


Your Views
Related News