दमौली । व्यास ४ निवासी बसिर अहमद मियाँलाई गत मंगलबार ज्वरो आयो । उनी जँचाउनका लागि दमौलीको अपोलो अस्पताल गए । तर त्यहाँका चिकित्सकले उनलाई पोखरा जान सल्लाह दिए । सोही दिन उनलाई पोखराको चरक अस्पतालमा भर्ना गरियो । तर त्यहाँको शुल्क महँगो भएपछि परिवारले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगे ।

 

प्रतिष्ठानले ज्वरोका बिरामी भएकाले कोरोना आशंकामा प्री आइसोलेसनमा भर्ना गर्‍यो । सोही दिन उनको कोरोना परीक्षणका लागि स्वाब लिने तय गरिएको थियो । तर स्वास्थ्यकर्मी नआउँदै उनी अस्पतालबाट बेपत्ता भए । त्यसयता उनी भेटिएका छैनन् । कता जानुभयो के भयो अहिलेसम्म अत्तोपत्तो छैन, भाइ मोहम्मद अजिजले भने ।

 

 

 

 

पत्नी नजिराका अनुसार उनी अस्पतालको सेवाबाट असन्तुष्ट थिए । खोरजस्तो ठाउँमा कसरी बस्न सकिन्छ भन्दै हुनुहुन्थ्यो, उनले भनिन्, यस्तो फोहोर ठाउँ पनि अस्पताल हुन्छ भनेर गुनासो गर्नुभएको थियो ।

 

 

आफूलाई कोरोना नभएको जिकिर गर्दै आएका मियाँको स्वाब संकलन गर्न बिहीबार ३ बजे चिकित्सक आउँदै थिए । तर उनी त्योभन्दा अघि नै बेपत्ता भए । म फोनमा बोल्दै थिएँ, पत्नी नजिराले भनिन्, उहाँ बाहिर निस्केको देख्दा नदेख्दै हराउनुभयो ।

 

 

उनले बिरामी हराउनुमा अस्पतालको लापरबाही भएको गुनासो गरिन् । अस्पतालमा गार्ड पनि हुन्छन्, नर्स पनि छन्,ु उनले भनिन्, प्री आइसोलेसनबाट निस्किएको बिरामी पनि रोकिएन । अस्पतालसँग गुनासो गर्दा उल्टो आफूलाई आरोप लगाएको गुनासो नजिराको छ । भाइ अजिजले सीसीटीभी रेकर्डमा पनि नदेखिएकाले अचम्म लागेको बताए । निस्कने ठाउँमा सीसीटीभी नै रहेनछ, उनले भने, अब कता गएको के भएको केही थाहा पाउन सकिएन ।

 

 

परिवारका अनुसार बसिरको साथमा रहेको फोन पनि अस्पतालभित्रै थियो । उनले त्यसयता घर सम्पर्क पनि गरेका छैनन् । सुरुमै अस्पतालले सावधानी अपनाइ दिएको भए यस्तो हुन्थेन, अजिज भन्छन्, सानो लापरबाहीले हामीलाई साह्रै तनाव दियो ।

 

अस्पताल प्रशासनले भने कुरुवा हुँदै गर्दा बिरामी हराउनुमा आफूहरुको कुनै दोष नरहेको दाबी गरेको छ । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले भने, बिरामीको कुरुवा नै सँगै भएकाले उहाँहरुले हेर्नुपर्ने हो ।

 

 

उनले प्री आइसोलेसन वार्डमा सीसीटीभी नराखिएकाले प्रहरीलाई अनुसन्धानका लागि भनिएको बताए । अस्पतालको सेवा सुविधाबारे भने अरु बिरामीको गुनासो नआएको उनले जिकिर गरे । असुविधा भएको भए भन्नुपर्ने हो । अरु बिरामी बसिरहेका छन्, उनले भने ।

READ MORE NEWS

मैले थाहा पाउँदा देखि बाबुले दु’श्कर्म गरिरहे, तागत दिन्छ भन्दै गर्भ रोक्ने औषधि दिएछन्

धादिङ । हामी धादिङको संरक्षण गृहममा पुग्दा मात्र १४ बर्षकी बालिका अत्यन्तै अध्यारो अनुहारमा निरास अवस्थामा बसिरहेकी थिइन् । एउटा सामान्य खाट, ओढ्ने ओछ्याउने बाहेक बाँकी केही कपडा थिएनन् । उनलाई त्यहाँ कतिपनि सहज छैन भन्ने प्रष्ट देखिन्थ्यो ।

 

 

त्यहाँ हामी पुग्दा समेत उनी डराईन् । उनलाई अब कसैमाथी विश्वास बाँकी छैन । आफैलाई जन्मदिने बाबु बाबु भएन । आफैलाई फलाउने आमाको कोख अब आफ्नो रहेन । नआत्तिउन् पनि कसरी ? घटना हो धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको । नानी अहिले मात्र १४ वर्षकी छिन् ।

 

 

हामीले घटनाका बारेमा केही सोध्ने आँट नै गर्न सकिनौँ । केही बेरसम्म हामी बसि मात्र रह्यौ । मुख खोल्ने प्रयास उनले नै गरिन् । मलाई मेरै बाबुले यस्तो कहिलेदेखि गरे भन्ने मलाई नै एकिन छैन । जब म थाहा पाउँने भएकी थिए । त्यही बेलादेखिको भने याद छ । सायद म ७ बर्षकी थिए होला ।

 

 

मलाई मेरो बाबुले दु’श्कर्म गर्यो । के होला मलाई केही थाहा थिएन । आफ्नै बाबुको पोल खोल्ने आँट मसँग त्यो बेला थिएन । त्यो क्रम बर्ष वित्दै गयो । मैले सहनै सक्न छोडे । मलाई बाबुले यस्तो गरेको कुरा मेरो ममीलेपनि देख्नुभयो । पछि मलाई गाह्रो भइरहेको छ भनेर बारम्बार भने । तर आमाले चुप लाग मात्र भन्ने अरु केही नभन्ने । जब ममीलेपनि थाहा पाएर केही नगरेपछि बाबुले यो क्रम दिने जसो दोहोर्याई रहे ।

 

 

मेरो पिरियड हुन थाल्यो । बाबुले मलाई एउटा औषधि ल्याएर दिन थाले । थकाई नलाग्ने, तागत आउँने भिटामिन हो भन्दै ख्वाउँथे । एकदिन त्यो औषधिको खोल ममीलेपनि देख्नुभयो । तरपनि त्यो थाहा पाएरपनि नपाए जस्तै गर्नुभयो । अहिले थाहा भयो त्यो बच्चा नजन्मियोस् भनेर ख्वाइएको रहेछ ।

 

 

बालिका १४ बर्षकी भइन् । असोज पहिलो साता उनी गाउँमै काठको काम गर्ने एक युवकसँग घरबाट भागिन्। छोरी घरमा नरहेको थाहा पाएपछि उनका बुवाले प्रहरीमा उजुरी दिए। प्रहरीले केटासहित बालिकालाई दक्षिणी धादिङको गल्छीबाट नियन्त्रणमा लिएर घर लग्दै थियो । पीडित बालिकाले घर नजाने अडान राखिन् । घर जान नसक्ने बताउँनुको रहस्य खोलिन् । त्यो थाहा पाउँदा प्रहरी नै झस्कियो ।

 

 

उनले बुवाले पटक–पटक दु”श्कर्म गरेपछि सहनै नसक्ने अवस्थामा आफू घर छाडेर भागेको कुरा बताइन्। तब प्रहरीले पीडित बालिकालाई परिवारको जिम्मा लगाएन, सुरक्षित आवासगृहमा राखेर अनुसन्धान थाल्यो। जिल्ला प्रहरी कार्यालय धादिङको अ’पराध अनुसन्धान शाखाका प्रमुख मणिराम भट्टले अभियुक्तलाई नियन्त्रणमा लिई नेपालको कानून अनुसार कारबाहीका लागि मुद्दामा चलाएर अनुसन्धान गरिरहेको बताए।

 

 

‘अभियुक्तले विगत ५–७ वर्षदेखि नै छोरीलाई दु’श्कर्म गरिरहेको कुरा प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ’, भट्टले भने, ‘पटक–पटक दु’श्कर्म गरेको, बच्चा नजन्मियोस् भनेर औषधी खुवाएको आरोप उनले स्वीकार गरिसकेको अवस्था छ। हामीले थप अनुसन्धान गरिरहेका छौं।’

 

 

तर, अनौठो त अहिलेपनि पीडितकी आमाले श्रीमान्विरुद्ध जाहेरी दिन अस्वीकार गरेकी छन्। उद्धार गर्ने संस्था सहयात्री समाजका तर्फबाट प्रहरीमा जाहेरी दिइएको छ। आमाले उल्टै बालिकालाई भेटेर मुद्दा फिर्ता लिन दबाब दिइरहेको खुलेको छ। घरका कमाउने व्यक्तिलाई नै जेल पठाएपछि परिवार समस्यामा पर्ने भन्दै बुवालाई नथुनाउन र मुद्दा फिर्ता लिन दबाब दिइरहेको पीडितले बताइन्।

 

 

अभियुक्तले पछिल्लो पटक असोज ८ गते श्रीमती र छोरो ससुराल गएका बेला नाबालिका छोरीलाई फेरि दु’श्कर्म गरेको खुलेको छ। आमा र भाइ घरमा नहुने भएपछि फेरि बाबुबाट त्यही घटना हुने डरका कारण उनले मामाघर जान अड्डी लिएकी थिइन्। तर, आमाले ‘बाबा काममा जाने’ र ‘घर कुर्ने कोही नहुने’ भन्दै साथमा लगिनन्। ‘म पनि मामाघर जान्छु भन्दा मलाई लैजानु भएन। त्यस दिन पनि बुवाले मलाई विगत कै घटना दोहोर्याउनुभयो’, सुरक्षित आवासगृहमा रहेकी ती बालिकाले रुँदै भनिन्।

 

 

बुवा सोच्नै नसक्ने कार्य गर्ने, आमा चुपचाप सहन बाध्य गराउने भएपछि उनलाई घर बस्न मन लागेन। त्यही बेला साथ दिन आइपुगेका थिए, बाहिरी जिल्लाका ती युवक। दुवैजना भागेर बिहे गर्ने सल्लाह गरी घरबाट हिँडेपछि यो घटना बाहिरिएको हो।

 

 

तर यो कुरा थाहा हुँदा हुँदैपनि उनकी आमाले कहिलै साथ दिइनन् । आमाले पनि आफ्नो कुरा नसुनेपछि बालिकामा मानसिक समस्या देखा पर्न थाल्यो। विद्यालयमा पनि टोलाउने, धेरै नबोल्ने, एक्लै बस्ने गर्न थालेपछि शिक्षकले उनको बारेमा अभिभावकलाई जानकारी गराए। तर, उनी परिवारबाटै यस्तो भएकी थिइन्।

 

 

 

अहिले सुरक्षित आवासगृहमा राखेर उनको उपचार भइरहेको छ। उनमा पिसाब नरोकिने समस्या देखिएको छ। उनलाई दैनिक मनोपरामर्श दिइएको छ। उनी अब कहाँ जाने, के गर्ने भनेर निराश छिन्। उनको घर आफ्नो कहिल्यै भएन, विकल्पमा पराईघर जान खोजेपछि घटना बाहिरियो।

 

 

बाबुलाई जेल हालेको भन्दै आमाले उल्टै गाली गरिरहेकाले अब उनी फर्केर घर जान पनि सक्दिनन्। ‘बाबुलाई अदालतले सजाय त दिलाउला। जेलभित्रै राखेर पालन पोषण पनि गर्ला’, लामो सास तान्दै उनले भनिन्, ‘पढाइ पनि छुट्यो। अब म कहाँ जाऊँ, कसलाइ आफ्नो भनेर जाऊँ ?’

 

 

अधिवक्ता राधिका सापकोटाले यस्ता घटनाका पीडितलाई झनै समस्या रहेको सुनाइन्। ‘हाम्रो कानुन नै पीडकमैत्री भयो’, सापकोटाले भनिन्, ‘परिवारबाटै पिडामा परेका बालिकाहरू न घर फर्किन सक्छन् न त राज्यले नै उनीहरूको संरक्षण गर्ने दायित्व लिएको छ।’

 

 

पराईबाट यस्ता घटना भए बालिकालाई घरको संरक्षण हुने भए पनि घरभित्रैका घटनाका सन्दर्भमा सबैभन्दा समस्यामा पीडित नै परेका छन्। ‘अ’पराध गर्नेलाई मानव अधिकारको प्रत्याभूतिसहित दैनिक भत्ता दिएर जेलमा राखिन्छ’, उनले भनिन्, ‘यी पीडितहरूको अवस्था के छ भनेर कसैलाई चासो हुँदैन। अब नेपालको यो कानून संशोधन हुनु जरुरी छ।’


Your Views
Related News