काठमाडौं । तपाईको प्रेम छुट्यो ? यदि यस्तो समस्या छ भने तपाईले जतिराम्रो व्यवहार गर्दापनि प्रेम सम्बन्ध छुटेको छ भने मान्नुस् कि तपाईको कुण्डलीमा केही न केही खोट छ । जन्मको स्पष्ट मिति मिलाएर राम्रो ज्योतिषीले बनाएको तपाईको कुण्डलीले तपाईको प्रेम छुटाएको कारण स्पष्ट बतादिन सक्छ । यसरी प्रोम छुटाउनेमा सबैभन्दा नराम्रो भूमिका हुन्छ राहुको ।

राहु ९ ग्रह मध्येको एक हो । जुन तपाईको कुण्डलीमा शत्रुस्थानमा बसेको खण्डमा तपाईले नचाहँदानचाहँदै पनि प्रेम छुट्ने गर्दछ । प्रेम प्रकरणको लागि शुक्र आफ्नै घरमा हुनु आवश्यक रहेको छ । कुण्डलीको १२ भाव बलियो हुने या त १२ भावमा शुक्रको सम्बन्ध बलियो भएको खण्डमा प्रेम सम्बन्ध सुदृढ हुने गर्दछ । त्यस्तै, शुक्रको पाँचौं भाव पनि बलियो भयो भने पनि प्रेम सम्बन्ध सुमधुर हुन्छ । तर राहुको एउटै शक्तिले पनि यी सबै शक्तिलाई नष्ट गरिदिन सक्छ ।

ज्योतिष शास्त्रका अनुसार राहु यस्तो प्रेम सम्बन्धको लागि घातक हुन्छ कि जसले समाजसँग लुकेर सम्बन्ध गाँसेका हुन्छन् । राहुले आफ्नो शक्तिमार्फत् झूटलाई पनि यस्तो बनाईदिन्छ कि त्यो साँच्चिकै सत्य नै हो । त्यसैले राहुले सच्चा प्रेमको लागि होइन कि देखावटी प्रेमलाई पनि साँच्चिकै जस्तो बनाईदिन महत्वपूर्ण भूमिका खेल्दछ । राहुले मान्छेलाई झूट बोल्न सिकाउँछ । बचनलाई बदल्न सिकाउँछ साथै मानिसलाई आफूप्रति विश्वास दिलाउन सिकाउँछ । यस्तो कला राहु बाहेक अरु कुनैपनि ग्रहले दिन सक्दैन ।

राहु एकतर्फी प्रेमको यस्तो रुप हो कि जसमा कुनै व्यक्ति कहिलैपनि मायाले आफ्नो छेउ आउँदैन । बरु चुपचाप टाढैबाट सबैकुरा नियालिरहेको हुन्छ । किनभने उनीहरुभित्रको ग्रहगोचरको स्थिती अनुकस्ल वा बलवान हुन सक्दैन । राहुको धर्म नै यस्तो हो कि उसले कुनै पनि कुरालाई राम्रो या नराम्रो पहिचान गर्न दिँदैन । केवल आफ्नो स्वार्थ मात्रै देखाईदिन्छ । मासु तथा मदिराको सेवन, खराव आदत, चञ्चलता तथा बढी रिस उठाउने काम राहुले गर्छ । तर, यी सबैको पर्दाफास गर्ने काम भने केतुले गरिरहेको हुन्छ । जब राहुको यो शक्तिशाली समय सकिन्छ र केतुको शक्ति बढ्नथाल्छ त्यसपछि उसको असलियत पर्दाफास हुन्छ र प्रेम सम्बन्ध टुट्छ ।

यसरी राहुले बनाईदिएको वातावरण हनुकूल केतुले सम्बन्धमा दरारता ल्याउने गर्छ । केतु नै हो जसले सम्बन्धमा दरार उत्पन्न गराउँछ । कुनैपनि दुविधा गराउने काम राहुले गर्दछ । कुनैपनि व्यक्तिले घटाउने अप्रत्याशित घटनाको कारक पनि राहु नै हो । यदि कुनैपनि मान्छे नराम्रो काम गर्दा पनि आफूले राम्रै गरिरहेको भान उसमा विकास हुन्छ भने त्यो काम राहुले नै गरिरहेको बुझे हुन्छ । यस्तो काम गर्ने राहु नै हो ।

त्यस्तै, कसैलाई धोखा दिने प्रवृत्तिको पैदा गराउने काम पनि राहुले नै गर्नेगरेको छ । कसरी भने यदि तपाईको कुण्डलीमा रहेको भाग्यको स्थान बारबार निर्वल स्थिती पैदा बईरहेको छ भने तपाईको प्रेम सम्बन्ध छुट्ने सम्भावना बढी रहन्छ । यस्तो स्थिती पैदा भएको छ भने तपाई राहुको उपचारतिर लागिहाले हुन्छ । यस्तो स्थितीमा तपाईले राहुको उपचार गर्नुभएन भने तपाईले जे कुरा बोल्नु हुन्छ । तपाईकी प्रेमिकाले त्यसको ठीक उल्टो बुझ्निे सम्भावना बढी हुन्छ । जसरी तपाईले आफ्नो मनभित्र जे कुरालाई गुप्त कुरा भनेर सम्झिनुभएको छ । त्यहि भाव तपाईले बोलिरहेको मान्छेकपो अन्तर्मनले थाहा पाउने बनाईदिन्छ राहुले । त्यसैले तपाईसँग सम्बन्ध लामो समय जान सक्दैन या त तपाईप्रति मान्छे आकर्षित हुनै पाउँदैनन् । त्यसैले यस्ता संकेतहरु तपाईको प्रेम सम्बन्धमा पनि देखिएको छ भने तपाईले अवश्यपनि राहुको शान्ति गराउनै पर्छ ।

READ MORE NEWS

नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सल्लाहकार, प्रमुखसचिव र सुरक्षाकर्मीलगायतलाई कोभिड–१९ देखा परेपछि आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

 

प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रवार गरिएको पीसीआर परीक्षणको रिर्पोट अनुसार सल्लाहकारत्रय बिष्णु रिमाल, राजन भट्टराई र सूर्य थापालगायतलाई कोभिड–१९ पोजिटिभ देखि पछि सचिवालय बैठक स्थगित गरिएको हो।

 

”वालुवाटारमा ठुलो संख्यामा कोभिड–१९ संक्रमित फेला परेका छन्, त्यसकारण केही समयका लागि सचिवालय बैठक स्थगित गरिएको हो,” एक सदस्यले भने, ”अर्को बैठकको मिति चाँडै तय हुने छ।”

 

गत बुधवार प्रधानमन्त्री ओलीको पीसीआर परीक्षण नेगेटिभ आए पनि सल्लाहकारसहित ठूलो संख्यामा वालुवाटारमा कार्यरत सुरक्षाकर्मीमा समेत कोभिड–१९ पोजेटिभ देखिएको थियो।

यस्तो छ ल्याण्डमार्क होटलको दशै, तिहार प्याकेज


Your Views
Related News