काठमाडौँ । पशुपति क्षेत्रमा आइतबार र सोमवार साँझ ७:०० बजेदेखि ७:३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरिएको छ ।

पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिको आयोजनामा हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजिनामा माग गर्दै पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले विरोध कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिले विकास कोषको कार्यालयमा धर्ना दिने र कोष घेराउलगायत विरोधका कार्यक्रम घोषणा गरेको छ

READ MORE NEWS

कांग्रेसका सात नेतामा कोरोना पुष्टि, केन्द्रीय समिति बैठक असोज २४ मा बस्ने

नेपाली कांग्रेसका सात जना केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ।

सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक असोज २४ गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसले असोज २२ गतेसम्म केन्द्रीय कार्यालय बन्द गरेको छ।

‘केन्द्रीय समिति बैठक असोज २४ गते २ बजेका लागि बोलाइएको छ,’ शर्माले सेतोपाटीसँग भने।

काठमाडौंमा गरिएको पिसिआर परीक्षणमा पाँच जना केन्द्रीय सदस्यलाई र उपत्यकाबाहिर गरिएको परीक्षणमा थप दुई जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएको शर्माले बताए।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, रमेश रिजाल, अजय चौरासिया, शम्भूलाल श्रेष्ठ, कल्पना चौधरी र जंगीलाल रायलाई कोरोना देखिएको छ।

कांग्रेसले केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यसहित २५० जनाको गत असोज १५ मा पिसिआर परीक्षणका लागि टेकुमा स्वाब दिएको थियो।

यीमध्ये केन्द्रीय सदस्य, स्वकीय सचिव, सुरक्षाकर्मी, चालक गरी २० जनामा कोरोना पोजेटिभ आएको छ। कोरोना देखिएका नेताहरू होम आइसोलेसन बसेका छन्।

पत्रकारहरूको आन्दोलनमा दिनदिनै जान्छन् नेता

मिडिया हाउसहरूले श्रमजीवि पत्रकारलाई लामो समयदेखि तलब नदिएको र बेलतबी बिदा राखेको भन्दै नयाँ वानेश्वरस्थित सडकमै अनसन बसेका पत्रकारहरूको आन्दोलनमा सत्ता-प्रतिपक्षका नेताहरू दिनदिनैजसो पुग्छन्।

आज अनसनको चौथो दिन हो। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बेग्लाबेग्लै समयमा अनसनस्थल पुगेर ऐक्यवद्धता जनाएका छन्।

नेकपा प्रवक्ता श्रेष्ठले न्युनतम तलब नपाउनेजस्ता समस्या पत्रकारले भोग्नु पर्ने अवस्था आउनु दु:खद पक्ष भएको बताए।
‘तत्काल मिडिया हाउसले पत्रकारलाई न्याय स्थापित गर्ने काममा पहल गर्न अनुरोध छ,’ प्रवक्ता श्रेष्ठले भने।

नेपाली कांग्रेसका प्रवक्ता शर्माले श्रमजीवि पत्रकारको रोजगारीको सुरक्षा गर्न मिडिया हाउस सञ्चालकलाई आग्रह गरेका छन्।
पत्रकारको रिले अनसनमा कांग्रेसले ऐक्यवद्धता जनाएको उनले बताए।

यसअघि शनिबार पत्रकारहरूको अनसनस्थल पुगेका जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले जनतालाई सुसूचित गर्ने जिम्मेवारी बोकेका पत्रकारहरू नै शोषणमा परेर सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले पत्रकारलाई सडकमा ल्याउन बाध्य नपार्न मिडिया हाउसहरूलाई अनुरोध गरे।

सरकारले ऐन कानुन बनाउने तर पालना नगर्नेलाई कारबाही गर्न नसक्नु दु:खद् भएको भन्दै भट्टराईले श्रमजीविहरूको आवाज सुन्न सरकारको ध्यानाकर्षण गराएका थिए।

पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले विभिन्न १२ मिडिया हाउसमा एक घण्टा घेराउ गर्ने कार्यक्रम पनि रहेको बताए।

उनका अनुसार पत्रकार निकाल्नेजस्ता समस्या अन्नपूर्ण पोष्ट, कान्तिपुर, कारोबार, नागरिक, माउन्टेन टिभी, नयाँ पत्रिका,
एभिन्यूज, न्यूज २४, नेपाल आज अनलाइन, राजधानी, उज्यालो एफएम र समाचार पत्र दैनिक छन्।

सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउनु पर्ने, बाँकी रहेको बक्यौता भुक्तानी, अनावश्यक सरुवा र निष्काशन फिर्ता लिनुपर्ने, ६ महिना काम गरेकालाई स्थायी नियुक्ति दिनुपर्ने, श्रमजीवि पत्रकार ऐन लागू कार्यान्वयन नगर्ने मिडिया हाउसलाई कारबाही गर्नुपर्ने माग रिले अनसनको छ।

अनसन बस्नेमा कारोबारका धर्मेन्द्र कर्ण, नागरिकका सुविद गुरागाईं, डिल्ली आचार्य, करण बडाल, श्रीराम वाग्ले, विपेन्द्र कार्की, अमृत भादगाउँले, निर्मला बस्नेत, संकेत कोइराला, विष्णु केसी, गोविन्द देवकोटा, किरण आचार्यलगायत छन्।

यस्तै, सविन महर्जन, ध्रुव रिजाल, सुशील पोखरेल, भुवन पौडेल, उम्तम ओझा, ढकप्रसाद खतिवडा, राजन तामाङ, विश्वराज खनाल, राम निरौला, निमा लामा, डुक्पाछिरिङ मोक्तान, हेमा शर्मालगायत छन्।


Your Views
Related News