काठमाडौं, १८ असोज । विश्वभक्त गुरू होमबहादुर कार्कीले देशभरिका धार्मिक स्थलहरु यथाशक्य चाँडो खोल्नुपर्ने बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यसतो माग गरेका हुन् ।

उनले भने,‘अब नवरथा सुरु हुन लाग्यो । हाम्रो धर्म, संस्कृति र परम्परा बचाउनको लागि पनि देशभरिका मठ, मन्दिरहरु खोलिनुपर्छ ।’ नेपालमा भएका पशुपतिनाथ मन्दिर लगायतका शक्ति पीठका ढोकाहरू नखोलिएमा घरघरबाठ दियो, बक्ती लिएर हरेक भक्तालुहरु सडकमा आउनेपनि उनले औंल्याए ।

त्यस्तै, उनले सम्पूर्ण जगतमा नै बम, गोला र बारुद लगायतका युद्ध सामग्रीहरु निर्माण गर्ने कम्पनी र व्यक्तिहरुलाई बहिष्कार गर्न र फूलै फूलको संसार बनाउनुपर्नेमा जोड दिएका । पूरा भिडिओ हेर्नुहोस :


Your Views
Related News