काठमाडौं । भारतमा अहिले लगातार बालिका र महिलाहरु असुरक्षित बनेका अनेक घटनाहरु बाहिर आउन थालेका छन् । विशेष गरेर उत्तर प्रदेश हाथरस र बलरामपुर त्योपनि सामूहिक दु’श्कर्मीबाट बालिका र युवती जोगाउन नसकेका घटनाको बारेमा निरन्तर चर्चा भइरहेको छ ।

 

 

यसै बीच, भारतीय जनता पार्टी (भाजपा) का एक नेतालाई प्रयागराजमा नियन्त्रण गरिएको छ । पीडित स्नातक तहको छात्रा भएको खुल्न आएको छ । बीए अध्यनरत विद्यार्थीले जिल्लाको कर्नलगञ्ज प्रहरी चौकीमा उक्त नेताले आफुमाथी दु’श्कर्म गरेको मुद्दा दर्ता गरेको छ ।

 

 

हाथरस प्रकरणको नाजुक अवस्था पछि छवि सुधार्ने प्रयासमा उत्तर प्रदेश प्रहरीले प्रयागराजमा सामूहिक दु’श्कर्मको आरोपमा भारतीय जनता पार्टी नेता डा. श्याम प्रकाश द्विवेदीलाई नियन्त्रण गरेको छ । यस घटनामा प्रयागराज प्रहरीले अर्का आरोपी डाक्टर अनिल द्विवेदीलाई कारावास पठाएको छ ।

 

 

 

यस सम्बन्धमा प्रहरीले डा. श्याम प्रकाश द्विवेदीलाई पक्राउ गरेको छ । पीडित एक विद्यार्थी हुन् र बीए पढ्दै छिन् । पीडितले प्रयागराजको कर्नलगञ्ज प्रहरी चौकीमा दु’श्कर्मको मुद्दा दर्ता गरिएको हो । दु’श्कर्मको मुद्दा लेखिएपछी भाजपा नेता डा. श्याम प्रकाश द्विवेदी फरार रहेका थिए । तर प्रहरीले शनिबार भाजपा नेतालाई पक्रिन सफल भएको हो । हाथरस घटनाको कारण, भाजपा तिव्र आलोचनाको सिकार भइरहेको छ ।

 

 

विपक्षी दलहरु यूपीको योगी सरकारमाथि निरन्तर प्रश्न खडा गरिरहेका छन् । दु’श्कर्म प्रकरणमा एक भाजपा नेताको पक्राउ भएपछि पार्टीविरुद्ध उठेको विरोधमाथि तेल थप्नाका लागि पर्याप्त हुनसक्ने अनुमान गरिएको छ । यस अघि उन्नावका भाजपा विधायक कुलदीप सिंह सेङ्गर पनि दु’श्कर्मको आरोपमा दोषी ठहरिएका थिए जसले गर्दा भाजपाले घेराबन्दीमा परेको थियो । तर उनीमाथि कुनै ठोस कारवाही भने नभएको भन्दै आलोचना हुने गरेको छ ।

READ MORE NEWS

कर्णालीमा थप ५१ सङ्क्रमित, ४५ सङ्क्रमणमुक्त

कर्णाली । पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 

 

कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा ४२ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ गरी ५१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

 

 

“शनिबार पुष्टि भएका सङ्क्रमितमा गृहणीदेखि क्याम्पस लेक्चररसम्म छन्”, स्वास्थ्य शिक्षा अधिकृत कँडेलले भन्नुभयो, “बाह्र जना त स्वास्थ्यकर्मी मात्रै छन् । शनिबार पुनः ५१ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ७८० पुगेको छ ।” सङ्क्रमितमा सुर्खेतका ३७, दैलेखका १०, कालीकोटका एक र प्रदेशबाहिरका तीन व्यक्ति रहेको उहाँले बताउनुभयो ।

 

 

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा कन्ट्याक्ट ट्रेसिङमा परेका दुई, स्वास्थ्यकर्मी १२, बहालवाला दुई र अवकाश एकसहित तीन कर्मचारी, क्वारेन्टिनमा रहेका पाँच, विद्यार्थी चार, व्यापारी तीन, कृषक, नेपाली सेना, गृहणी, लेक्चरर, सहकारी, सुनचाँदी पसल र शिक्षक एक÷एक व्यक्ति रहेका छन् । दैलेखमा भने नौ नागरिकमा सङ्क्रमण देखिएको हो ।

 

 

त्यस्तै शनिबार ४५ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कर्णालीमा कोरोना जितेर घर फिर्ता हुनेको सङ्ख्या तीन हजार ९० पुगेको अधिकृत कँडेलको भनाइ छ । प्रदेशका विभिन्न आइसोलेसनमा ६०५ जना रहेका छन् । कोरोना महामारीका रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका आवश्यक निर्देशन तथा मापदण्डको पालना नगर्दा पछिल्लो समयमा यहाँका सबै क्षेत्रमा सङ्क्रमण फैलिँदै गएको जनाइएको छ ।


Your Views
Related News