वि.सं.२०७७ असोज- १९,सोमवार,ई.सं.२०२० अक्टोबर -०५, शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन कृष्णपक्ष तिथि-तृतीया , ०७:३३ बजे उप्रान्त चतुर्थी,नक्षत्र-भरणी , १३:४५ बजे उप्रान्त कृत्तिका,योग-वज्र , २३:५४ बजे उप्रान्त सिद्धि,करण-भद्रा ०७:३३ बजेदेखि वव , २०:३० बजे उप्रान्त तैतिल,चन्द्रराशि-मेष,आनन्दादि योग -चर, सूर्योदय-०५:५९, सूर्यास्त-१७:४३, दिनमान-२९ घडी २१ पला, सर्वार्थसिद्धि योग १३:४५ बजेपछि।

मानसिक त’नाव उच्च विन्दुमा पुग्ने छ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,आजको शुभ अंक ६ रहेको छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

घरपरिवारमा खटपट हुन सक्छ,बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ,अाफन्तबाट टाढिनुपर्ला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

उपचारमा खर्च हुने योग छ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,स्वस्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ,रमाइलो भ्रमण सम्भावना छ,पौरख गरेर देखाउने समय छ,
आजको शुभ अंक २ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,आजको शुभ अंक ४ रहेको छ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) –

शत्रुबाधा स्वतः हटेर जाला,आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ, धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,नयाँ सवारी साधन प्राप्तिको योग छ,आजको शुभ अंक १ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

नयाँ ज्ञान सिक्ने मौका छ,व्यापारमा प्रशस्त फाइदा हुने योग छ,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ,आजको शुभ अंक ९ रहेको छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ,साँझदेखि केही अप्ठ्यारा परिस्थिति अाउन सक्छन्, सचेत हुनुहाेला,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक ४ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

आतिथ्यपूर्ण सम्मान पाइएला,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ,आजको शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

काम पूरा नहुनाले खिन्नता बढ्ला,सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,आजको शुभ अंक २ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,केही दण्ड–जरिवाना पनि सम्भावना छ,आजको शुभ अंक ३ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

आर्थिक समस्या पर्ने छ,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहाेला,आजको शुभ अंक ८ रहेको छ।


Your Views
Related News