सिएनएन, सोमबार, १९ असोज २०७७ । फ्रान्सको नाइस शहरको पहाडी इलाकामा भारी बर्षाको कारण ९ जना बेपत्ता भएका छन् ।

रिपोर्टका अनुसार, आल्प्स–मेरिटाइम्स क्षेत्रमा १२ घण्टामा एक बर्षको बराबर बर्षा भएको थियो । अधिकारीले जानकारी दिएअनुसार, बाढिले ठुलो संख्यामा घर, पुल, सडकलाई नोक्सान पुर्याएको छ ।

नाइसका मेयर क्रिश्चियन एस्टोर्सीले भने, १०० भन्दा बढि घर बाढिले बगाइसकेको छ । बचाउ टोलीले दर्जनौ मानिसहरुलाई रातीको समयमा सुरक्षित स्थानमा पुर्याएको छ । यता, फ्रान्सको मौसम विभागले बताए अनुसार, केही इलाकामा १९.७ इन्च बारिश रेकर्ड गरिएको छ , जुन बर्षभरीको बर्षा बराबर हो ।

READ MORE NEWS

देशको आर्थिक वृद्धिमा पूँजी बजार कहाँ ?

देश विकास र अर्थतन्त्रको विस्तारका लागि पूँजी बजारभन्दा अर्को उत्तम विकल्प छैन । यो भनिरहँदा पूँजीबजार मात्रै एक मात्र विकासको आधार भन्न खोजिएको होइन । तर, विकासका लागि आवश्यक पर्ने रकम वा पूँजी संकलन गरिदिने उत्तम माध्यमचाहिँ पूँजी बजार नै हो भन्दा अत्युक्ति नहोला । पूँजी बजार देशको आर्थिक विकास र औद्योगिकीकरणका लागि आवश्यक पर्ने पूँजी उद्यमी वा उद्योगीको हातमा पुर्‍याउने सबैभन्दा प्रभावकारी माध्यम हो । पूँजी बजारबाट पूँजी नउठाउने विश्वका ठूला कम्पनीहरू विरलै होलान् । अमेरिका र यूरोपले विगत २ सय वर्षभन्दा बढी समयदेखि यसको भरपूर प्रयोग गर्दै आएका छन् । विकसित देशका अर्थतन्त्र धेरै हदसम्म पूँजी बजारमा भर परेका हुन्छन् ।

नेपाल स्टक एक्सचेन्जमा अहिलेसम्म २७० कम्पनीले पूँजी बजारबाट पूँजी संकलन गरेर उत्पादन कार्यमा संलग्न छन् । पूँजी बजारले पूँजी उपलब्ध नगराएको भए यी सूचीकृत २७० पब्लिक कम्पनी कसरी स्थापना हुनसक्थे ? यिनले कति वस्तु र सेवाको उत्पादन गरेका छन्, कति रोजगारी पैदा गरेका छन्, कति कर तिरेका छन्, कति अरू पूँजी पैदा गरेका छन् ?

पूँजीबजार नहुँदो हो त कम्पनीहरूले आवश्यक सबै (अल्प, मध्य र दीर्घकालीन) पूँजीका लागि ऋणीहरूमा नै भर पर्नुपर्ने अवस्था आउने थियो ।

तिनै कम्पनीको शेयर दोस्रो बजारमा कारोबार भएर कारोबारीले कति कर तिरेका छन् ? कारोबारमा संंलग्न नेप्से, सीडीएससी, ब्रोकर, मर्चेन्ट बैंकर, इन्भेस्टमेन्ट कम्पनीमा कतिले प्रत्यक्ष रोजगार पाएका छन् ? यी सबै कुराको लेखाजोखा नगरीकन पूँजी बजारको महत्त्व र यसको भूमिकालाई कमजोर आँक्नु वा सतही टिप्पणी गर्नु गलत हुन्छ । नेपाली पूँजी बजारमा बजार पूँजीकरण रू. २० खर्बमाथि पुगिसकेको छ । यसै वर्षको भदौ १३ मा यो रू. २० खर्ब ९४ अर्ब पुगी अहिलेसम्मकै अधिकतम बजार पूँजीकरण भएको रेकर्ड कायम भएको छ । विकासशील देश भएर पनि हाम्रो देशको बजार पूँजीकरण र कुल गार्हस्थ्य उत्पादनको अनुपात निराशाजनक भने देखिँदैन । आव २०७६/७७ मा मार्केट क्यापिटलाइजेशन टु जीडीपी अनुपात हेर्न हो भने यो ४७ दशमलव ५९ प्रतिशतको हाराहारीमा देखिन्छ । अहिले शेयरबजारमा कारोबार रकम विगतको तुलनामा उच्च हुँदै गएको छ भने नयाँनयाँ लगानीकर्ताको प्रवेश दर बढेको कुरा नयाँ डिम्याट खाता खोल्ने र आईपीओको दरखास्त हाल्नेको संख्याले स्पष्ट पारिसकेको छ । कारोबारीको संख्या दु्रततर बढेकाले बजार पूँजीकरण अझ बढ्ने सम्भावना छ, जसले गर्दा पूँजी बजारको योगदान कुल गार्हस्थ्य उत्पादनमा अझ बढ्दै जानेछ । पूँजी बजारले अर्थतन्त्र उकास्न अन्य भूमिका पनि निर्वाह गर्छ ।

अनुत्पादक बचतलाई उत्पादक लगानीमा परिणत
उत्पादकत्व भनेको कुल गार्हस्थ्य उत्पादनमा दक्षता र कुशलता प्राप्त गर्नु हो । कुनै कम्पनीले वस्तुको उत्पादन गरेर, कुनैले सेवाको उत्पादन गरेर र केहीले वस्तु र सेवा दुवैको उत्पादन गरेर देशको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिन्छन् । अर्थतन्त्रमा वस्तु तथा सेवा उत्पादन तथा विक्री वितरण गरेर उद्योगहरूले उत्पादकत्व बढाउन मद्दत गर्छन् । उत्पादकत्व र पूँजी बजार भएका देशको अर्थतन्त्रमा पूँजी बजारले उत्पादन र उत्पादकत्व बढाउन भरपुर योगदान गरेको पाइन्छ । पूँजी बजार अर्थतन्त्रको त्यस्तो व्यवस्था हो, जसले ससाना बचतकर्ताको हातमा देशभर असंगठित रूपमा छरिएर रहेको बचतलाई संगठित तरीकाले परिचालन गरेर उद्यमी वा उत्पादकको हातमा राखिदिन्छ । यसरी पूँजी बजारले अनुत्पादक बचतलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याएर उत्पादक लगानीमा परिणत गरिदिन्छ ।

रोजगारीको अवसर सृजना
बचतको परिचालन गरेर उत्पादकत्व बढाउँदै गर्दा आर्थिक वृद्धिमा सहयोग गर्छ, जसले अन्ततः रोजगारीको अवसर पैदा गर्छ । सूचीकृत २७० कम्पनीले पूँजी बजारबाट पूँजी संकलन गरेर उत्पादन कार्यमा संलग्न छन् । यी कम्पनीले वस्तु र सेवाको उत्पादन गर्दा मानव पूँजीको आवश्यकता पर्छ, जसले प्रत्यक्ष रोजगारीको अवसर पैदा गरेको हुन्छ । शेयरको दोस्रो बजार कारोबारमा संंलग्न नेप्से, सीडीएससी, ब्रोकर, मर्चेन्ट बैंकर, इन्भेस्टमेन्ट कम्पनीमा धेरैले प्रत्यक्ष रोजगार पाएका छन् । यसबाहेक अप्रत्यक्ष लाभ र अरू पूँजी पनि पैदा गरेका छन् ।

तरलताको व्यवस्थापन
पूँजी बजारको प्रमुख काम लगानीकर्तालाई तरलता उपलब्ध गराउनु हो । धितोपत्रको खरीद र विक्रीका लागि पूँजी बजार तयारी अवस्थामा राखेर लगानीकर्तालाई चाहिएको समयमा आफ्नो धितोपत्र बेचेर नगद प्राप्त गर्न सक्ने अवसर प्रदान गर्नु हो । बजारमा शेयरको माग र पूर्ति, क्रेता र विक्रेता अविच्छिन्न रूपमा उपलब्ध गराउँदै गर्दा पूँजी बजारले धितोपत्रको मूल्यमा स्थिरता ल्याउन पनि मद्दत गरेको हुन्छ । विभिन्न किसिमका धितोपत्र जारी गरेर बजारमा विविधीकरण ल्याई लगानीकर्ताको जोखिममा कमी ल्याउन पनि उत्तिकै महŒवपूर्ण भूमिका खेलेको हुन्छ । साथै, सर्वसाधारणमा बचत र लगानी गर्ने बानी बसाल्नेजस्ता कार्य पनि पूँजी बजारले गर्छ । बैंकहरूले शेयर धितोमा दिने कर्जाले बजारमा आवश्यक क्रेता र विक्रेताको उपलब्धता गराउँछ, जसले बजारमा तरलता बनाइराख्न मद्दत गर्छ । बजारमा तरलता विद्यमान रहँदा धितोपत्रले सही मूल्य प्राप्त गर्छ । धितोपत्रको मूल्यांकन सही भएमा ठूलो रकमको प्राथमिक निष्कासनहरूलाई समेत सहयोग पुग्छ र पूँजीको संकलन सहज हुन्छ ।

लगानीको स्रोत जुटाउने माध्यम
ऋणीहरूबाट ऋण लगानी नहुने अवस्थामा लगानीको स्रोत जुटाउने ठाउँ पनि पूँजी बजार नै हो । ऋणी भनेको ऋण प्रदान गर्ने व्यक्ति वा संस्था जस्तै बैंक, वित्त कम्पनी, सहकारी संस्था आदि जो पनि हुन सक्छन् । जोखिमका कारण ऋणीहरूले लगानी गर्न नसकेमा विभिन्न कम्पनीहरूका लागि पूँजी बजारबाहेक अर्को विकल्प हुँदैन । ऋण लगानी सीमित अवधिको लागि मात्र हुन्छ तर पूँजी बजारको लगानी असीमित अवधिका लागि हुन्छ जुन अन्य स्रोतबाट सम्भव हुँदैन । पूँजी बजार नहुँदो हो त कम्पनीहरूले आवश्यक सबै (अल्प, मध्य र दीर्घकाीलन) पूँजीका लागि ऋणीहरूमा नै भर पर्नुपर्ने अवस्था आउने थियो । यस्तो अवस्थामा ऋणीहरूको मनपरी नियन्त्रण चल्थ्यो र कम्पनीहरूलाई व्यापार, व्यवसाय गर्न धेरै अप्ठ्यारो पर्ने थियो । ऋण महँगो भएर ऋणीको धरै शर्त मान्नुपर्ने हुन सक्थ्यो । तर, पूँजीबजारले ऋणीहरूको यस्तो एकाधिकार हटाएर व्यापार व्यवसाय गर्ने वातावरणमा खुकुलो बनाइ दिन्छ ।

व्यावसायिक जोखिम न्यूनीकरण
ऋणमात्र लिएर व्यवसायमा लगानी गर्दा व्यवसाय टाट उल्टने सम्भावना उच्च हुन्छ । ऋण लगानी गर्दा ऋणीहरू इक्विटी पूँजी ज्यादा भएको कम्पनीमा लगानी गर्न इच्छुक हुन्छन् किनकी इक्विटीले उनीहरूलाई आफ्नो ऋणविरुद्ध सुरक्षा प्रदान गर्छ, जसको फलस्वरूप ऋणीहरूको जोखिम कम हुन जान्छ । त्यति मात्र होइन, ऋणीहरू बढी बजार पूँजीकरण भएको कम्पनीमा ऋण दिन उत्सुक हुन्छन् । त्यसैले ऋण लगानी हुँदा वा नहुँदा कम्पनीहरूका लागि लगानीको भरपर्दो र उपयुक्त माध्यम पूँजी बजार हो । पूँजी बजारले पूँजीको लागत पनि कम गराइदिन्छ, जसले व्यवसाय टाट पल्टने जोखिम पनि कम गराइदिन्छ ।

यसरी पूँजी बजारले आर्थिक वृद्धि, उत्पादन वृद्धि, औद्योगिकीकरण, लगानी र रोजगारी उपलब्ध गराउनेजस्ता अर्थतन्त्रका गतिविधिहरूमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । आज देशमा अवस्था फरक छ, नयाँ परिवेश र परिस्थिति छ । यस्तो बेलामा नयाँ नीति र सोच चाहिन्छ । देशको अर्थतन्त्रलाई धेरै फैलाउनुपर्ने आवश्यकता छ, जसले धेरै पूँजीको माग गर्छ । अर्थतन्त्रको विस्तार गर्ने नीतिलाई सहयोग गर्ने किसिमको पूँजी बजारसम्बन्धी नीति आवश्यक छ । हामी पूँजी बजारलाई जति छिटो सुधार गरेर अन्य बजारको दाँजोमा पु¥याउँछौं, त्यति नै धेरै पूँजीको परिचालन हुन्छ । पूँजी बजारको विकास भएमा मात्र विदेशी पूँजी र लगानी भिœयाउन सक्छौं । होइन भने जति नै विदेशी लगानीको रट लगाए पनि आशा गरेअनुरूप विदेशी पूँजी र लगानी आउँदैन ।


Your Views
Related News