काठमाडौ । जब हामी खुसी, उत्साहित, दुःखी हुन्छौ तब अंकमाल गर्छौ । आफुलाई सहज महशुस गराउनको निम्ति हामी अंकमाल गर्ने गर्छौ ।

आफ्नो निकटता र आत्मीयता एवम् आफूलाई सहज गराउने अंकमाल एक विश्वव्यापी सहजीकरण पनि हो । यसको माध्यमबाट हामी राम्रो महशुस गर्न सक्छौ ।

आत्मीयताको महशुस गराउने यो अब यतिमा मात्र सिमित नभई यसको प्रयोगले हामीलाई खुसी एवम् स्वस्थ बनाउने प्रमाणित समेत भएको छ ।

वैज्ञानिकहरुले बताए अनुसार अंकमालबाट व्यक्तिले न्यानो महशुस गर्नु मात्र नभएर यसभन्दा अन्य बढी फाइदा हामीलाई प्राप्त हुने गर्छ ।

तनाव कम

जब तपाईको साथी वा परिवारका सदस्य पिडामा छन् र उनीहरु नराम्रो महशुस गरिरहेका छन् भने उहाँहरुलाई अंकमाल गनुहोस् । वैज्ञानिकले बताए अनुसार व्यक्तिलाई साथ दिनका लागि गरिने अंकमालले उनीहरुलाई सहज बनाउन र खुल्नको निम्ति मद्दत गर्दछ । यसका साथै सहजीकरण बनाउदै पिडा कम गराउनमा अंकमालको भुमिका महत्वपूर्ण रहन्छ ।

एक विश्वसनीय अध्ययनको स्रोतका अनुसार २० हेट्रोसेक्सुअल (तेस्रो लिंगी) जोडिहरुलाई करेन्ट लगाइएको थियो । करेन्ट लगाउने क्रममा प्रत्येक महिलाले आफ्ना पार्टनरको पाखुरा समाएका थिए । ती प्रत्येक महिलाको मस्तिष्कको भाग तनावसँग कम जडित रहेको अध्ययनले पत्ता लगाएको थिए ।

जबकी अन्यमा भने यसको असर बढि देखिएको थियो । तसर्थ, जब हामी कसैलाई सहज गराउनको निम्ति अंकमाल गर्छौ तब उनीहरुको मस्तिष्कले पनि समान रुपमा प्रतिक्रिया जनाउँछ ।

रोगबाट टाढा

अंकमालले तपाईलाई स्वस्थ राख्न समेत मद्दत गर्ने अध्ययनले जनाएको छ । ४ सय वयस्कहरुमा गरिएको अध्ययन अनुसार अंकमालले व्यक्तिलाई बिरामी हुनबाट बचाउँने सम्भावना उच्च रहन्छ । सर्वेक्षणमा सहभागीहरुमा अंकमाल गर्नेहरु कम बिरामी भएको पाइएको थियो । यसका साथै यसले बिरामी भएकाहरुमा समेत लगातार लक्षण देखिरहने समस्याबाट टाढा राख्छ ।

मुटुलाई राहत

अंकमाल तपाईको स्वस्थ मुटुको लागि पनि उत्तिकै महत्वपुर्ण रहेको छ । यस सम्बन्धि सर्वेक्षण गर्ने क्रममा वैज्ञानिकहरुले २ सय वयस्कहरुको समूहलाई २ भागमा विभाजित गरेका थिए । जसमध्ये एक समुह आफ्ना रोमान्टिक पार्टनरको साथ २० सेकेन्ड अंकमालका साथै १० मिनेटसम्म एक अर्काको हात समाएर बसेका थिए ।

यस्तै अर्को दोस्रो समूह भने आफ्ना रोमान्टिक पार्टनरका साथ १० मिनेट २० सेकेन्ड सम्मका लागि चुपचापसँगै बसेका थिए । तसर्थ, त्यसबाट प्राप्त नतिजा अनुसार पहिलो समूहको उच्च रक्तचापमा नियन्त्रणआई तुलनात्मक रुपमा अर्को समूहभन्दा मुटुरोग दरमा समेत कमी आएको थियो। मुटु स्वस्थ राख्न मद्दत गर्ने यस अध्ययनको निस्कर्ष रहेको छ ।

खुसी राख्न मद्दत

हाम्रो शरीरमा पाइने ‘अक्सिटोसिन’ केमिकललाई वैज्ञानिकहरुले हाल ‘कुडल हार्मोन’ को नाम समेत दिएका छन् । हामीले अंकमाल गर्दा, एक–आपसमा छुँदा एवम् कसैको सामीप्यमा बस्दा यसको मात्राा वृद्धि हुने हुँदा यसलाई सो नाम दिइएको हो । यो व्यक्तिको तनाव र खुशीसँग सम्बन्धित रहेको छ ।

वैज्ञानिकले पत्ता लगाए अनुसार यो हार्मोनको प्रभाव महिलामा बढि रहन्छ । यसले व्यक्तिमा रक्तचाप तथा तनाव गराउने नोरपाइनफ्रिन हार्मोनको समेत कम गराउँछ । यद्यपि यसको वृद्धि महिलामा अंकमाल तथा आफ्ना शिशुको नजिक रहँदा हुन्छ ।

डरलाई कम गर्छ

वैज्ञानिकका अनुसार स्पर्शले व्यक्तिमा चिन्ताको कमी गर्दै आत्मबलको वृद्धि गर्दछ । स्पर्शले व्यक्तिमा मृत्युको सोचाईबाट टाढा राख्ने तागत समेत राख्छ । अध्ययनका अनुसार व्यक्तिमा निर्जिव वस्तुको स्पर्शले समेत यस भाव पैदा गर्दछ । जसमा एक टेड्डि बियरले समेत उनीहरु (व्यक्ति)को डरलाई कम गर्दै उनीहरुको अस्तित्व सम्बन्धि रहेको डरालाई टाढा राख्दछ ।

पीडाबाट टाढा

अध्ययनकर्ताहरु अंकमालमा पिडा कम गराउने शक्ति रहेको बताउँछन् । फिब्रोमाइल्जियाका व्यक्तिहरुसंग उपचारका ६ वटा स्पर्श उपचार पद्धति रहेको एक अध्ययनमा उल्लेख गरिएको छ ।

प्रत्येक उपचारमा हल्कासंग छालामा स्पर्श गर्ने प्रकृया समावेश गरिएको थियो । सहभागीले यसबाट आफ्नो जीवनको गुणस्तर वृद्धिसंगै पिडाको कमी भएको रिपोर्ट गरेका थिए । यस्तै अंकमाल पिडा कम गर्ने एक भिन्न प्रकारको स्पर्श हो ।

व्यक्तिबीच सञ्चारमा सहज

अधिकांश व्यक्ति भाव वा अनुहारको प्रतिक्रियाको माध्यमबाट एक आपसमा सञ्चार गर्छन् । तर, स्पर्श एक त्यस्तो माध्यम हो जसले एकबाट अर्को व्यक्तिसम्म म्यासेज वा सन्देश पुर्‍याउन मद्दत गर्दछ ।

वैज्ञानिकका अनुसार व्यक्तिको शरीरको विभिन्न भागमा छोएर गरेको संवादले व्यक्तिलाई आफ्नो भावनात्मक सन्देश अर्को व्यक्तिसम्म पुर्‍याउन सहज हुन्छ । जसमा व्यक्तिको रिस, डर, प्रेम, कृतज्ञता, खुशी, पिडा तथा समवेदनाजस्ता भावहरु समेटिएका हुन्छन् । अंकमाल पनि एक सहज स्पर्शको सञ्चारको माध्यम हो ।

READ MORE NEWS

अमेरिकी नागरिकता कानुनमा कडाई, कम्युनिष्ट पार्टीका सदस्यले ग्रिनकार्ड नपाउने

काठमाडौं, असोज १९ । अमेरिकाले कम्युनिष्ट पार्टीको सदस्य रहेका व्यक्तिलाई ग्रिनकार्ड नदिने प्रष्ट गरेको छ ।

नागरिकता र आप्रवासीसम्बन्धि नीति पुनरावलोकन गर्दै अमेरिकी सरकारले सर्वसत्तावादी निरंकुश पार्टीका सदस्यहरुलाई रोक लगाइने जनाएको हो ।

युएस सिटिजन एण्ड इमिग्रेसन सर्भिसले कम्युनिष्ट वा सर्वसत्तावादी निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्डबारे सम्बोधन गर्न नयाँ निर्देशिका नै जारी गरेको हो ।

अमेरिकाको शान्ति सुरक्षाको जोखिम सम्बोधन गर्न कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिन अमेरिकी संसदले सन् १९५० मै पारित गरेको कानुनमा घरेलु वा विदेशी कम्युनिष्ट वा निरंकुश पार्टीमा आवद्ध रहेका वा सदस्य आप्रवासी, अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्न अयोग्य हुने उल्लेख छ ।

नयाँ निर्देशिकाले भने कस्तो अवस्थामा अयोग्य हुने र कस्तो अवस्थामा तिनीहरुले ग्रिनकार्ड पाउन सक्ने भन्ने विस्तृत व्याख्या गरेको छ । जसअनुसार आवेदक संलग्न पार्टी कम्युनिष्ट वा निरंकुश होइन भने ग्रिनकार्ड पाउन सक्ने भनिएको छ ।

आवेदक संलग्न पार्टी कम्युनिष्ट वा निरंकुश भएको ठहरिए ती पार्टीमा आवेदकको संलग्नता सदस्य स्तरको हो वा होइन हेरी सदस्यता स्तरको नभए ग्रिनकार्डका लागि योग्य मानिने जनाइएको छ ।

आवेदकको संलग्नता सदस्यता स्तरको भएमा त्यो कति अर्थपूर्ण हो निर्क्यौल गरी अर्थपूर्ण नठहरिए ग्रिनकार्ड दिन सकिने उल्लेख छ । तर अर्थपूर्ण सदस्यता भएपनि त्यो आवेदकको इच्छाविपरित थियो, सदस्यता लिँदाको उमेर १६ वर्ष मुनिको थियो भने ग्रिनकार्ड पाउन सक्ने भनिएको छ ।

केही विषयमा भने खुकुलो प्रावधान लिएको देखिन्छ । कम्युनिष्ट वा निरंकुश पार्टी सदस्य बन्नुमा खाना, रोजगारी वा जिविकोपार्जन जस्ता बाध्यताबाट सृजित थियो भने उसले ग्रिनकार्ड पाउन सक्छ । आवेदकको सदस्यता दुई बर्ष अगावै खारेज भइसकेको भए पनि ग्रिनकार्डका लागि योग्य हुनसक्ने व्यवस्था गरिएको छ ।

अमेरिकी नागरिकता कानुनमा कडाई, कम्युनिष्ट पार्टीका सदस्यले ग्रिनकार्ड नपाउने

कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्यता रहेको तर अहिले उसबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा कुनै जोखिम नठानिए ग्रिनकार्डका लागि योग्य मानिने छ । अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा नभएमा अमेरिकी ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीले पनि छुट पाउने भनिएको छ ।

आवेदक अमेरिकी नागरिकको बुबाआमा, दम्पत्ति, छोरा, छोरी, भाइ, बहिनी हो भने विगतमा कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्य रहे पनि अमेरिकी ग्रिनकार्डका लागि छुट पाउनसक्नेछ ।

राष्ट्रिय सुरक्षामा खतरा भए नभएको निर्धारणका आधार भने उक्त व्यक्ति जासुस, आतंकवादी, सूचना सुरक्षामा जोखिमपूर्ण, जनस्वास्थ्यमा जोखिमपूर्ण, चुनाव सुरक्षामा जोखिमपूर्ण भए नभएकोलाई लिइनेछ ।


Your Views
Related News