होन्डाका विशेषगरी कम मूल्यका साइन र युनिकर्न मोटरसाइकल र डियो, एभिएटर लगायत स्कुटर धेरै ग्राहकको रोजाइमा पर्छन्। होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले ग्राहकलाई सवारी किन्न सहज होस् भनेर विभिन्न योजनाहरू ल्याइरहेको हुन्छ।

यस्तै, मासिक किस्ता तिरेर पनि बाइक-स्कुटर किन्न सकिने सुविधा कम्पनीले दिएको छ।

स्याकार ट्रेडिङका बिजनेस डेभलपमेन्ट म्यानेजर निजेनलाल श्रेष्ठका अनुसार कम्पनीले हाल दुई किसिमका किस्ता सुविधा दिएको छ-

एउटा, शून्य डाउनपेमेन्ट अर्थात सुरूमा एक रूपैयाँ मात्र बुझाउनु पर्ने र बाँकी रकम किस्तामा तिर्ने।

दोस्रो, ६० प्रतिशत रकम सुरूमै बुझाएर बाँकी रकम किस्तामा तिर्न सकिने।

यी दुई खाले किस्ताका लागि चाहिने कागजपत्रको मापदण्ड अलिकति फरक छ। त्यस्तै किस्ता तिर्ने समय पनि अलग छ।

६० प्रतिशत डाउनपेमेन्ट गरेर होन्डाका दुई पांग्रे लिन यी कागजात बुझाउनु पर्छः

  • आफ्नो आयस्रोत खुल्ने कागजपत्र।
  • नागरिकताको फोटोकपी।
  • म्याद ननाघेको लाइसेन्सको फोटोकपी।
  • २ वटा फोटा।
  • त्यस्तै ग्राहकले काठमाडौंमा घर भएको एकजना जमानी राख्नु पर्छ। उक्त जमानीको आफ्नो नाममा घर नभए जसको नाममा छ उसँगको नाता खुल्ने कागज ल्याउनु पर्छ। जमानीको पनि एउटा फोटो र घरको पानी वा बिजुलीको बिल लैजानु पर्छ। यदि ग्राहकको काठमाडौंमा आफ्नै परिवारको घर भए परिवारका अन्य सदस्य पनि जमानी बस्न सक्नेछन्।

यो योजनाको ब्याज कति हो?

६० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल वा स्कुटर किन्दा ग्राहकले १ प्रतिशत मात्र ब्याजदर तिर्नुपर्छ। यो योजनामा कम्पनीले किस्तालाई १२ महिना (एक वर्ष) तिर्नुपर्ने नियम बनाएको छ।

शून्य डाउनपेमेन्टः

सुरूमा एक रूपैयाँ मात्र तिरेर होन्डाका दुई पांग्रे लिन यी कागजात बुझाउनु पर्छ।

  • ग्राहकले एक वर्षदेखि काम गरिरहेको ठाउँको तलबको कागजपत्र (स्यालरी सिट)।
  • कम्पनीले दिएको परिचय पत्रको फोटोकपी।
  • एक वर्षदेखिको तलबको बैंक स्टेटमेन्ट।
  • नागरिकता र लाइसेन्सको फोटोकपी।
  • सवारीको मूल्य बराबरको ‘पोस्ट डेटेड चेक’। यो भनेको ग्राहकको खाताको चेकमा सवारीको मूल्य कति हो, त्यही अनुसार रकम लेखी हस्ताक्षर गरेर कम्पनीलाई बुझाउने हो। यसमा खातामा पैसा हुनैपर्छ भन्ने छैन र उक्त रकम खातामा भए पनि कम्पनीले लिँदैन। यदि कुनै ग्राहकले बेइमानी गरिहाले उक्त चेकमार्फत् कम्पनीले सम्पर्क गर्न ‘पोस्ट डेटेड चेक’ खोजेको हो।
  • त्यस्तै काठमाडौंमा घर भएको एक जना जमानी राख्नु पर्छ। जमानीको एउटा फोटो र घरको पानी वा बिजुलीको बिल लैजानु पर्छ।

यो योजनाको ब्याज कति हो?

शून्य डाउनपेमेन्ट योजना अन्तरगत दुई पांग्रे किन्दा १३ प्रतिशत ब्याजदर तिर्नुपर्छ। यसमा कुल किस्ता रकम २ वर्षभित्र तिर्नेगरी भाग लगाइएको हुन्छ।

READ MORE NEWS

व्यापक विरोधकाबीच नेकपा प्रदेश संसदीय दलको बैठक बुटवलमा बस्दै

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरू बिहान ६ बजे नै बुटवलस्थित प्रदेश नम्बर ५ संसदीय दलको कार्यालयमा पुगेका छन्।

नेकपा संसदीय दलले बैठक डाकेपछि उनीहरू सोमबार सबेरै संसदीय दलको कार्यालय पुगेका हुन्।

गत शुक्रबार प्रदेश सरकारको निर्णयपछि संसदमा प्रदेशको स्थायी राजधानी दाङ देउखुरी र नाम लुम्बिनी राख्न संसदमा प्रस्ताव दर्ता भएको छ।

राजधानी बुटवलबाट दाङ सार्न नेकपाकै कतिपय सांसद मानेका छैनन्। विपक्षी नेपाली कांग्रेसले आन्दोलन गरिरहेको छ।

रूपन्देही, कपिलवस्तु, पाल्पालगायत जिल्लाका नेकपा सांसदले पनि राजधानी सार्ने विषयमा असन्तुष्टि जनाएका छन्। शनिबार पाँच घण्टा यसबारे उनीहरू छलफलमा जुटेका थिए।

शनिबार केही निर्णय नभएपछि आज पुन: नेकपा संसदीय दलले बैठक राखेको हो।

प्रदेशका मन्त्री तथा सांसदसँग छलफल नगरी राजधानी र नाम सिफारिस गरेकोमा मुख्यमन्त्री शंकर पोखरेलको विरोध भइरहेको छ। राजधानी र नाम सिफारिसका लागि गठित समितिले दिएका विकल्प लत्याएको मुख्यमन्त्रीमाथि आरोप छ।

सरकारले संसदमा दर्ता गरेको प्रस्तावमा पुनर्विचार गर्न कतिपय नेकपा सांसदहरू र स्थानीय तहहरूबाट नै माग भइरहेको छ।

प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले सदस्यहरुका राय सुझावमाथि छलफल गर्न बाँकी रहेकोले बिहानै बैठक बोलाएको जानकारी दिए।

‘आज दिउँसो प्रदेश सभा बैठक छ। त्यही भएर पनि संसदीय दलमा सांसदहरूबीच छलफल गर्न अहिले बैठक गरिएको हो,’ उनले भने।

आन्दोलनमा रहेको नेपाली कांग्रेस र विभिन्न संघसंस्थाले प्रदेशसभा भवन घेराउ गर्ने बताएकोले नेकपाले बिहानै संसदीय दलको बैठक राखेको हो।

प्रदेश राजधानीबारे आज दिउँसो प्रदेशसभा बैठकमा छलफल हुनेछ। छलफलपछि मतदान भएमा पारित गर्न दुईतिहाइ मत चाहिन्छ।

दाङमा राजधानी बनाउने विपक्षमा नेकपाका १४ सांसद छन्। नेकपाले दाङकै पक्षमा ह्वीप जारी गर्ने सम्भावना छ।

नेकपा महासचिव विष्णु पौडेलले भने बुटवलमै राजधानी हुनुपर्ने माग राखेका छन्। तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दाङमै राजधानी राख्ने सहमति भएको थियो।

आइतबार बुटवलमा प्रदर्शन गरेका व्यवसायीले पार्टीको ह्वीप नमानेर जनताको पक्षमा आउन नेकपा सांसदलाई आग्रह गरेका थिए। आफूहरूको भावनाविपरीत राजधानी सार्ने निर्णय भए व्यापारी तथा विभिन्न संघसंस्थामा लागेकाहरू करिब दुई हजारले पार्टी छाड्ने चेतावनी दिएका छन्।

प्रदेशसभामा ८७ जना सांसद छन्।

प्रस्ताव दुईतिहाइले पारित हुन ५८ मत चाहिन्छ। प्रदेश सभामा सत्तारुढ नेकपाका ६१ सांसद छन्। कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।

सरकारको प्रस्तावअनुसार नेकपाका सांसदले मात्रै समर्थन जनाएमा दाङको देउखुरी उपत्यकालाई स्थायी राजधानी बनाउने प्रस्ताव सजिलै पारित हुन सक्छ।

त्यस्तै दाङ र बाँकेका नेपाली कांग्रेसका सदस्यहरुले भने भालुवाङको पक्षमा मतदान गर्ने बताएका छन्। अहिले प्रदेशसभा भवन सुरक्षा घेरामा राखिएको छ।


Your Views
Related News