एजेन्सी-साउथ फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।भारतिय मिडियाका अनुसार उनको आइतबार कोरोना रिर्पोट नेगेटिभ आएको हो ।

शूटिंग गरीरहेको समयमा उनलाई अस्वस्थ महसुस भएपछी अस्पतालमा कोरोना परिक्षण गरिएपछि रिर्पोट नेगेटिभ आएको हो । उनीसँगै बुबा सन्तोष भाटिया र आमा रजनी भाटियामा पनि कोरोना संक्रमण देखिएको थियो ।

आफु र बुबाआमामा कोरोना संक्रमण भएको बारे तमन्नाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् । तमन्नाले चाँडै नै बलिउड फिल्म ुबोले चुडियाु मा अभिनय गर्ने बताइएको छ । यस फिल्ममा नवाजुद्दीन सिद्दीकी र कबीर दुहान सिंह पनि मुख्य भूमिकामा रहने छन् ।

REAS MORE NEWS

तपाईंलाई सोच्न बाध्य तुल्याउने ओशोका ७ अभिव्यक्ति

सन् १९३१ मा भारतको भोपालमा जन्मिएका चन्द्र मोहन जैन, जसलाई हामी आचार्य रजनिश वा ओशो भनेर चिन्छौँ, उनी प्रेम, अध्यात्म र मानव विकासबारेका आफ्ना दर्शनका कारण चर्चित छन् ।

५८ वर्षको उमेरमा निधन हुनअघि उनले आफ्नो जीवनको अधिकांश समय प्रवचनमै बिताए । भारतबाट अमेरिका गएपछि उनले त्यहाँ रजनिशपुर नामक समुदाय नै गठन गरेका थिए । उनको जीवन विवाद र आलोचनाबाट मुक्त छैन । तर, यस अवधिमा उनले आफ्नो चमत्कारिक भाषणकलामार्फत धेरैको जीवन बदले, दशौँ लाख अनुयायी बनाए ।
ओशोलाई बुझ्नेहरु भन्छन्,‘उनी समाजका गहिरा मान्यताहरुसँग लड्ने क्षमता भएका क्रान्तिकारी थिए ।’ हामी यहाँ ओशोका १० चर्चित अभिव्यक्तीबारे चर्चा गर्दैछौं ।
माया प्रशंशा हो

यदी तपाईं फुल मन पराउनुहुन्छ भने नटिप्नुस् किनकी यसलाई टिप्दा यो मर्छ र तपाईंको माया समाप्त हुन्छ । त्यसैले यदी फुल मन पराउनुहुन्छ भने यसलाई जस्ताको त्यस्तै छाडिदिनुस् । प्रेम आक्रामकता होइन, यो प्रशंशा हो ।

प्रेमले पखेटा दिइरहेको हुन्छ, बन्धन होइन

यदी हामीले हाम्रो प्रिय व्यक्तिलाई सिमित गर्न चाह्यौँ भने वा परिवर्तन हुनका लागि माग ग¥यौँ भने हामी त्यो व्यक्ति रहँदैनौँ जसले प्रेम गर्छ ।   त्यसैले अरुलाई सम्मान गर्नु र उनीहरु जस्तो छन्, त्यस्तै रहन दिनु महत्त्वपूर्ण छ ।

पाको हुनुले मौलिकता स्वीकारिरहेको हुन्छ

तपाईं जस्तो व्यक्ति हुनुहुन्छ, त्यही रहनुस् । अर्को बन्ने प्रयास नगर्नुस् र तपाईं पाको बन्नुहुनेछ । पाकोको हुुनुले मौलिक हुने कुरालाई स्वीकारेको हुन्छ, मूल्य जेसुकै होस् ।

सधैँ खुसी रहनुस्

आफैमा मस्त रहनुस् । यदी काममा तपाईं खुसी हुनुुहुन्न भने परिवर्तन गर्नुस् । ढिलाइ नगर्नुस् ।

तपाईं पृथक हुनुहुन्छ

कोही पनि उच्च छैन, कोही पनि निच छैन । तर, कोही समान पनि छैनन् । मानिसहरु सामान्य र पृथक नै छन्, अतुलनीय छन् । तपाईं तपाईं हुनुहुन्छ, म म नै हुँ । मैले मेरो जीवनमा मेरो सम्भावनाको योगदान गर्नुपर्छ, तपाईंले तपाईंको सम्भावनाको योगदान गर्नुपर्छ । मैले आफैलाई खोज्नुपर्छ, तपाईंले तपाईं  आफैलाई खोज्नुपर्छ ।

डर बिना बाँच्नुस्

डर सकिएपछि जीवन सुरु हुन्छ । डरले सीमित बनाइदिन्छ, बन्धनमा पार्छ र सानो बनाइदिन्छ । यसले हाम्रो जीवन चोरेर लैजान्छ । हामी जे कुरामा डराएका छौँ, त्यसलाई बहादुर भएर सामना गर्नुपर्छ ।

आफैभित्र रमाउनुस्

यदी तपाईं आफैं आफुसँग रमाउन सक्नुहुन्न भने को तपाईंसँग रमाउन सक्ला ? त्यसैले आफैलाई माया गर्नुस् ।

READ MORE NEWS

आश्रमका आमाहरु बने साक्षर

महिलाहरुद्वारा सञ्चालित व्यास–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमका आमाहरु साक्षर बन्नुभएको छ ।

इनर ह्वील क्लब अफ दमौली र रोट¥याक्ट वेदव्यासको संयुक्त आयोजनामा ‘सिकाइको उमेर हँुदैन’ नारासहित सञ्चालित १२ दिने प्रौढ शिक्षाबाट आश्रमका आमाहरु साक्षर हुनुभएको हो ।

आश्रममा आश्रित ज्येष्ठ नागरिकले वृद्ध भत्ता तथा बैंकिङ कारोबारका लागि अत्यावश्यक हस्ताक्षर सिक्ने इच्छा जाहेर गरेपछि सिकाइलाई प्रामिकता दिँदै प्रथम चरणको प्रौढ शिक्षाको कक्षा सञ्चालन गरिएको इनर ह्वील क्लब अफ दमौलीले जनाएको छ ।

१२ प्रौढ शिक्षाले उहाँहरुलाई साक्षर बनाएको क्लबकी पूर्व अध्यक्ष निर्मला मल्लले जानकारी दिनुभयो । ‘हस्ताक्षर आवश्यक पर्ने महत्वपूर्ण कार्यका लागि साक्षर बनाउने उद्देश्यले प्रौढ शिक्षा दिन थालेका हौं, यसलाई निरन्तरता दिनेछौं।’ –मल्लले भन्नुभयो ।

आश्रममा आश्रित ६५ वर्षीया विमला भट्टराई, ७० वर्षीया मिठु केसी, भगवती खनाललगायतका आमाहरुले प्रथम चरणको सिकाइबाट नाम लेख्न सक्ने हुनुभएको छ । विमला भट्टराई भन्नुहुन्छ– ‘खुसी लागेको छ बूढो भएर नाम लेख्न जानेका छौं, अब सजिलो पनि हुन्छ ।’

त्यस्तै ७० वर्षीया मिठु केसी भन्नुहुन्छ– ‘हामीले बेलामा पढ्न पाएनौं र त यस्तो अवस्था आयो भन्दै हस्ताक्षर गर्न नसक्दा रुन मन लाग्थ्यो, अहिले जानेका छौं, अब वृद्ध भत्ता लिन जाँदा सजिलो हुने भएको छ, अनि मोबाइल चलाउन पनि जानेका छौं अहिले ।’ आश्रम आसपासका केही अन्य ज्येष्ठ नागरिकसहित गरी प्रौढ शिक्षामा १० जना सहभागी भएको आश्रमले जनाएको छ ।

आश्रमकी उपाध्यक्ष शकुन्तला आलेले इनर ह्वील क्लब अफ दमौली र रोट¥याक्ट वेदव्यासको सहयोगले यहाँका आमाहरुलाई साक्षर बनाउन पाउँदा अति नै खुसी लागेको बताउनुभयो ।

एक पैसामा खाजा र सय रुपियाँमा घर

मेरो पिता हरिहर बास्कोटा ९५ वर्षको हुनुहुन्छ । उहाँको सम्झनाअनुसारको बजार भाउ सुनेर जो–कोहीलाई आश्चर्य लाग्न सक्छ । हामी बाबु–छोराबीच भएको कुराकानीले करिब ८०–९० वर्षअघिको नेपाल बुभ्mन पाठकहरुलाई पनि सुविधा पुग्ने ठानी यो आलेख तयार गरेको छु ।

एक पैसाको खाजा
धादिङको केवलपुरमा वि.सं. १९९२ मा सरकारी पाठशाला खुल्यो । मेरो बुबा सो स्कुलमा पढ्न जान थाल्नुभयो । कहिलेकाहीँ उहाँले कृष्णमान साहूको पसलमा गएर एक पैसाको खाजा किनेर खाने गर्नुहुन्थ्यो । सो बखत एक पैसामा चिउरा र भुटेको भटमास आउँथ्यो । दौरामा खाजा थाप्दा साहू बाले पेटभरि पुग्ने गरी खाजा हालिदिनुहुन्थ्यो । यो आजभन्दा करिब ८५ वर्षअघिको कुरा हो ।

एक वर्षको घरभाडा पाँच रुपियाँ
वि.सं. १९९९ मा मेरो बुबा काठमाडौं चारखालमा रहेको मधेस पहिला फाँटको नौसिन्दामा जागिरे हुनुभयो । तब, उहाँले काठमाडौंको किलागलमा राधाकृष्णको छोराको घरमा डेरा खोज्नुभयो । राधाकृष्णका दुई जहान थिए । पहिलीबाट सन्तान नभएपछि जेठीले नै राधाकृष्णको दोस्रो विवाह गराइदिएकी थिइन् । सोही डेरामा मेरो आमा सुत्केरी हुनुभयो ।

सो बखत तिनै दुई घरपति बूढीआमाहरुले मेरो आमाको स्याहार गरिदिए । उनीहरुले कुसलिनी खोजिदिने, उखुको खोइला किनिदिने, खाना पकाउन सघाइदिने गरेर हाम्रो परिवारलाई ऋण लगाए । सो घरको एक कोठाको डेराभाडा मेरो बुबाले वर्षको रु. ५ तिर्नुहुन्थ्यो । पछि मेरो आमा–बुबा भुरुङखेलमा डेरा सर्दा पनि एउटा कोठाको भाडा वर्षको ५ रुपियाँ नै थियो । यो आजभन्दा ७८ वर्षपूर्वको घटना हो ।

एक अँगालो सागको एक पैसा
मेरो बुबा राणाकालमा नौसिन्दाको पदमा जागिरे हुनुहुन्थ्यो । एक दिन बिहान आमा भात पकाउन थाल्नुभयो । बुबा काठमाडांै मरु गणेश घुम्न घरबाट निस्कनुभयो । मन्दिर घुमेपछि एकजना किसानले खर्पनभरिको चमसुरको साग देखाउँदै दुई पैसामा लैजान मेरो बुबालाई आग्रह गरे । मेरो बुबाले एक पैसामा दिने भए लैजान्छु भन्नुभयो ।

ती किसानले लैजा, भनेपछि एक पैसा तिरेर एक अँगालो साग लिएर डेरामा पुग्नुभयो । मेरी आमाले अश्चर्य मान्दै यत्रो साग के गर्ने ? भनेर सोध्नुभयो । साथै, गुन्द्रुक हाल्ने ? भनी सोध्नुभयो । मेरो बुबा अलमलिएर, छरछिमेकीलाई बाँडिदिन भन्नुभयो । त्यसपछि मेरी आमाको दुई दिनको काम चमसुरको साँग निःशुल्क वितरण गर्दैमा बितेको थियो ।

एक आनाको हलुवा–स्वारी
मेरो बुबा कहिलेकाहीँ धादिङको केवलपुरबाट बिहानै हिँड्र १० नबज्दै काठमाडौंको चारखाल अड्डा आइपुग्नुहुन्थ्यो । सो बखत अर्थात् वि.सं. २००२÷०३ तिर भोक लागेर नजिकैको हलुवाई पसलमा गएर पेटभरि स्वारी र हलुवा खाँदा ४ पैसा अर्थात् एक आना रकम तिर्ने गर्नुहुन्थ्यो ।

तीन पैसा मानु दूध
वि.सं. २००४÷०५ तिर मेरो बुबा आप्mनी फुपूलाई भेट्न नुवाकोटको झिल्टुङ जानुभएको थियो । सो बखत फुपूले काहिँली नेवार्नीको पसलबाट दूध किनेर ल्याउन अराउनुभयो । सो बखत मेरो बुबाले ३ पैसा मानु दूध किन्नुभएको थियो ।

दुई रुपियाँमा फरिया
राणा शासनको अन्तिम समयमा मेरो बुबा सरकारी जागिरे हुनुभएको थियो । १९९९ सालमा नौसिन्दा हुँदा उहाँको मासिक तलब ११ रुपियाँ थियो । पछि २००४ सालमा नायब राइटरमा पदोन्नति भएपछि उहाँको मासिक तलब १८ रुपियाँ भयो । सो बखत उहाँले मेरी आमालाई कमलपोखरी छाप हानेको फरिया २ रुपियाँमा किनिदिनुभएको थियो ।

आठ पैसामा एक पाउ मासु
वि.सं. १९९९ मा नौसिन्दाको जागिरमा प्रवेश गर्नुभएका मेरो बुबा २००५ सालतिर ओछ्यान पर्नुभयो । उहाँलाई टीबी रोग लाग्यो । मेरो आमाले प्रत्येक दिन एक पाउ खसीको मासु किनेर मेरो बुबालाई मासु–भात खुवाउनुहुन्थ्यो । काठमाडौंको भुरुङखेल र डल्लुमा डेरा गरी बस्ने मेरो बुबा–आमाले क्षेत्रपाटीको ढुंग्री लगाएकी मासु पसल्नीको पसलबाट ३ वर्ष दैनिक एक पाउ मासु किन्नुभयो । सो बखत खसीको मासु एक रुपियाँ धार्नीमा पाइन्थ्यो । बुबाको सम्झनाअनुसार धरहरामा खसीको मासु एक पाउको १० पैसा, च्याङ्ग्राको एक पाउ मासुको ८ पैसा र भेडाको मासुको एक पाउको ६ पैसा भनी मूल्य टाँसिएको थियो । यो आजभन्दा करिब ७२ वर्षअघिको कुरा हो ।

एक सय रुपियाँमा घर खरिद
मेरा आमा–बुबा काठमाडौंको भुरुङखेलबाट डेरा सरेर डल्लु बस्न जानुभयो । सोही बखत मेरा माता–पिताका छिमेकी शान्तिको आमाको घरनजिक एउटा कुमाईं बाहुनको छाप्रो बिक्रीमा आयो । मूल बाटोमाथि काँचो इँटाको गाह्रो लगाएको र परालले छाएको एकतले घर थियो । बाटोमुनि एक टुक्रा जमिन पनि थियो । सो जमिनमा छाप्रे चर्पी पनि थियो । निज घरधनीले क्षेत्रपाटीमा सस्तोमा घर पाएकाले यो घर मेरो आमा–बुबालाई बिक्री गरेका थिए । काठमाडौंको सो घर–जग्गाको मूल्य एक सय रुपियाँ थियो । यो घटना २००८ सालको अर्थात् आजभन्दा ६९ वर्षअघिको हो ।

हवाई भाडा बाइस रुपियाँ
हाम्रा हजुरबुबा देवीप्रसाद बास्कोटा सल्यानको बडाहाकिममा नियुक्ति हुनुभयो । मेरो बुबा मालपोतको तहविलदार जागिर खान त्यसतर्फ प्रस्थान गर्नुभयो । सोही क्रममा जाजरकोटमा २५–३० वटा घट्ट दर्ता गर्नुपर्ने काम आयो । यसका लागि जिम्मेवारी तोकिएका पदाधिकारीले एकजना साथी मागे । मेरो बुबा साथी कर्मचारी तोकिइनुभयो । उहाँहरु जाजरकोट पुगेको अर्को दिन सल्यानबाट एकजना कार्यालय सहयोगी आकाशवाणी सन्देश लिएर मेरो बुबाकहाँ पुगे ।

उनले दिएको आकाशवाणीमा मेरो आमा सिकिस्त बिरामी भएकाले तुरुन्त घर (धादिङको केवलपुर) मा आउनु भन्ने थियो । मेरो बुबा भारतको मार्ग हुँदै रक्सौलबाट वीरगन्ज पुगी सिमरा–काठमाडौंको हवाई टिकट खोजी गर्नुभयो । विमानका कर्मचारीले चान्समा मात्रै उडाउन सक्ने बताएपछि उनीहरुकै पछि लाग्नुभयो । अन्त्यमा, हवाइजहाज सिमरा एयरपोर्टमा ल्यान्ड गरेपछि मेरो बुबासँग हवाई भाडा माग गरी टिकट काटिदिए । बुबाले सिमरा–काठमाडौं उडान बापत रु. २२ हवाई भाडा तिर्नुभयो । यो २०१७ साल अर्थात् आजभन्दा ६० वर्षपहिलेको कुरा हो ।

एक महिना खाए–बसेको चालीस रुपियाँ
मेरो बुबा जागिरको दौरान २०२१ सालमा नुवाकोट पुग्नुभयो । सो बखत साथी तिलकबहादुर थापासँग रुम पार्टनर भएर बस्नुभयो । मेरो बुबा र उहाँको साथी सो घरमा पेइङ गेस्ट भएर बस्नुभएको थियो । उहाँहरु दुवैजनाको मासिक तलब १ सय २० रुपियाँ थियो । त्यसबाट घरपतिलाई मासिक ४० रुपियाँ तिरेपछि बिहान–बेलुक भात, दाल, तरकारी र एक डाडु दूध खान पाउनुहुन्थ्यो । यसरी खाना खाएको रकम तिरेपछि घरभाडा फ्री हुन्थ्यो ।

चार पैसामा चना–चिउरा
वि.सं. २०२२ मा मेरो बुबा भूमिसुधार कार्यालय, बागबजारमा काम गर्नुहुन्थ्यो । सो बखत दिउँसोको खाजामा चना–चिउरा एक प्लेट खाएर टन्न पानी पिउनुहुन्थ्यो । यसबापत मेरो बुबाले चार पैसा तिर्ने गर्नुहुन्थ्यो ।
सत्र हजारको जग्गा बीस करोडको भयो
मेरो परिवार २०२९ सालमा चितवन बसाइँ स¥यो । यसको एक–दुई वर्षपछि मेरो बुबाले ५ कठ्ठा घर घडेरी जग्गा ५ हजारमा खरिद गर्नुभयो । त्यसको एक वर्षपछि पुनः साँधमा रु. १२ हजारमा चार कठ्ठा जमिन थप्नुभयो । समयको कालखण्डसँगै मेरो बुबाले सो जमिनलाई धैरै टुक्रा गरेर बिक्री गरी घरखर्च चलाउनुभयो । हाल उहाँले औसतमा आधा कठ्ठाका दरले आप्mना ४ छोरा र २ छोरीलाई घडेरी जग्गा दिएर अरु जमिन बिक्री गर्नुभयो । हाल म र मेरो बुबा बसी सो ९ कठ्ठा जमिनको मूल्य निकाल्दा सजिलै रु. २० करोडको मूल्य पुगेको पायौं । यसरी रु. १७ हजारको जमिन रु. २० करोडमा रुपान्तरित भएकोमा बाबु–छोरा चकित भयौं । यो आजभन्दा करिब ४४ वर्षअघिको कुरा हो ।


Your Views
Related News