पाँच फिट साढे सात इन्च अग्लो, पातलो शरीरका र प्रतिद्विन्द्वीसँग जनावरको जस्तो आवाज निकाल्दै फुर्तिलो ढंगले आक्रमण गर्ने कुङ्फु फिल्मका नायक बु्रस लीलाई नचिन्ने संसारमा सायद कमै मात्र मानिस होलान् । लड्ने क्रममा आफ्नो शरीरको चोटबाट बगेको रगत चाटी छिटो–छिटो पोजिसन फेर्दै प्रतिद्वन्द्वीको प्रत्येक हाउभाउमाथि निगरानी राखेर प्रहार गर्न सिपालु बु्रस लीको जन्म सन् १९४० को २७ नोभेम्बरमा अमेरिकाको सानफ्रान्सिस्कोस्थित चाइना टाउनको एउटा चिनियाँ अस्पतालमा जन्म भएको थियो ।

चिनियाँ पात्रोअनुसार निकै भाग्यमानी ड्रागन वर्षमा जन्मेका उनको चिनियाँ नाम ली जुन फान थियो । हङकङ र अमेरिकन अभिनेता, चलचित्र निर्देशक , मार्सल आर्टिस्ट, मार्सल आट्र्स प्रशिक्षक र दार्शनिकसमेत रहेका उनले जित कुने डो नामक मार्सल आट्र्सको आविष्कार गरेका थिए । तर, किशोरावस्थासम्म उनको जीवन आफ्नो हङकङका परिवारसँग कोलुनमा बित्यो । अझै ओपेरा स्टार रहेका उनका पिता ली होई चुयनले उनलाई फिल्म दुनियाँमा ल्याएका थिए ।

उनले बाल कलाकाका रूपमा थुप्रै फिल्ममा खेलेका छन् । उच्च शिक्षा हासिल गर्ने उद्देश्यले उनी १८ वर्षको उमेरमा अमेरिका पुगे । उनी सियटलस्थित युनिभर्सिटी अफ वासिङ्टनमा भर्ना भए । त्यही बेला उनले मार्सल आट्र्स सिकाउन थालेका थिए । सत्तरीको दशकमा उनको मार्सल आट्र्समा आधारित फल्महरु हङकङ, अमेरिका र विश्वभरि नै लोकप्रिय हुन थाल्यो ।

लो वेइको दि बिग बोस (१९७१) र फिस्ट अफ फ्युरी (१९७२), गोल्डेन हार्भेस्टको वे अफ दि ड्रागन (१९७२), लीले नै लेखेको र निर्देशन गरेको तथा गोल्डन हार्भेस्ट र वार्नर ब्रदर्सको इन्टर दि ड्रागन (१९७३ ) र दि गेम अफ डेथ (१९७८) दुवै रोवर्ट क्लोले निर्देशन गरेको फिल्मले ब्रुस लीलाई नयाँ उचाइमा पु¥याएको थियो । उनले हङकङ र अमेरिका दुवेको नागरिकता लिएका थिए । उनको सन् १९७३ को २० जुलाईमा कोलुन टोंगमा ३२ वर्षको उमेरमा निधन भएको थियो ।

ब्रुसका पिता ली होई चयन हान चिनियाँ र आमा ग्रेस हो आधा चिनियाँ र आधा ककेसियन मुलकी थिए । बु्रस पाँच सन्तानमध्ये चौथो थिए । उनका अन्य भाइबहिनीमा फोयवे ली, एगनेस ली , पिटर ली र रोवर्ट ली रहेका छन् । उनी तीन महिनाको छँदा उनका मातापिता हङकङ फर्केका थिए । अस्पतालमा जन्मेका बेला उनलाई हेरचार गर्ने फिजियिन डा. मेरी ग्लोभरले उनको नाम ब्रुस राखेको बताइन्छ । उनका पिता ली होई चुयन एक प्रख्यात क्यान्टोनिज ओपेरा तथा फिल्म कलाकार थिए ।

जापानले हङकङमा आक्रमण गर्नु केही समयअघि एक वर्ष लामो ओपेरा टुरका लागि निस्केको थियो । उनका पिता धेरै वर्षसम्म अमेरिकाका थुप्रै चिनियाँ समुदायमा कार्यक्रम देखाउन व्यस्त रहे । आफ्ना थुप्रै साथीहरूले अमेरिकामै बस्ने निर्णय गरे पनि होई चुयन भने ब्रुसको जन्मपछि हङकङ फर्के । केही महिनापछि नै जापानले हङकङमाथि आक्रमण ग¥यो । ली परिवार तीन वर्ष आठ महिनासम्म जापानी कब्जामा रहन बाध्य भए ।

युद्धपछि बु्रसका पिता हङकङको अझै धेर लोकप्रिय कलाकार बन्न सफल भए । बु्रस लीकी आमा ग्रेस हो भने हङकङको सबैभन्दा शक्तिशाली र धनी हो टुंग्स परिवारका सदस्य थिए । तसर्थ ब्रुस निकै सुख शयलमा हुर्कन थाले । तर, त्यति बेला बेलायतको उपनिवेशमा रहेको हङकङमा कम्युनिस्ट चीनबाट शरणार्थी ओइरिएकाले बु्रस बस्ने स्थान वरपर निकै जनघनत्व, अपराध र ग्याङ वार र खतरा बढ्न थाल्यो ।

ब्रुस धेरै स्ट्रिट फइटमा संलग्न हुन थालेकाले उनका अभिभावकले उनलाई मार्सल आट्र्सको तालिम दिने निर्णय गरे । उनले पहिलोपटक मासर्ल आट्र्सका कला आफ्नै पिताबाट सिके । उनका पिताले उनलाई उसु टाइलको ताई ची चुआनको आधारभूत कला सिकाए । प्रतिद्वन्द्वी ग्याङका सदस्यहरुसँग थुप्रै भिडन्तमा हार खाएपछि उनले सन् १९५७ मा विंगचुनका यिप म्यान गुरुसँग सिकेको मार्सल आट्र्स निकै प्रभाबशाली ठहर भयो ।

यिपले आफ्ना चेलाहरूलाई संगठितरूपमा भिडनतमा प्रतिस्पर्धा गर्न प्रोत्साहितसमेत गर्ने गर्दथे । एक वर्षको तालिमपछि यिपका थुप्रै चेलाले मिश्रित मुलका लीसँग तालिम लिन अस्वीकार गरे । वास्तवमा सामान्यतया चिनियाँहरु गैरएसियालीलाई मार्सल आट्र्स सिकाउने नीतिका विरुद्धमा थिए । तर, १९५५ मा लीले यिप म्यान र वोंग सुन लिउङगसँग निजीढंगले मार्सल आट्र्स सिकि नै रहे । लीले निकै फुर्तिलो र ठीक तरिकाले किक हानेको देखेर सबै छक्क पर्थे । कोलुनको २१८ नाथन रोडस्थित आफ्नो घरदेखि केही घरको दूरीमा रहेको ताक सुन स्कुलमा भर्ना भएको केही समयपछि नै उनी १२ वर्षको उमेरमा ला साल्ले कलेजको प्राइमरी स्कुलमा भर्ना हुन पुगे ।

पढाइमा निकै कमजार भएकाले उनलाई सेन्ट फ्रान्सिस जेभियर कलेज (हाईस्कुल) मा सारियो । त्यहाँ उनलाई त्यहीं अध्यापनरत उनका दाजु एडवर्डले ध्यान दिन थाले । एडवर्ड त्यहाँको बक्सिङ टोलीको प्रशिक्षक पनि थिए । सन् १९५९ मा उन िअर्को स्ट्रिट फाइटमा फसे । पुलिस केस भयो । सधैं यसरी स्ट्रिट फाइटमा लागिरहने भएकाले ब्रुसको सुरक्षाका लागि नै उनको पिताले अमेरिकातर्फ लाग्ने निर्णय गरे ।

किनभने बु्रसका शत्रुहरुको सांगठित आपराधिक गतिविधिको पृष्ठभूमि भएकाले उनलाई ज्यानकै खतरा देखिएको थियो । साथै प्रहरीले पनि उनको फाइट अचाक्ली हुन थालेकाले उनलाई जेलमै कुहाइदिने चेतावनी दिन थालेको थियो ।

तसर्थ सन् १९५९ को अप्रिलमा उनलाई आफ्नी दिदी एगनेस लीसँगै बस्न अमेरिकाको सानफ्रान्सिस्को पठाइयो । १८ वर्षको उमेरमा त्यहाँ पुगेका उनी केही महिनापछि सियटलतर्फ लागे । उनले उच्च शिक्षा जारी राख्न त्यहाँ रुवि चोउको रेस्टुरेन्टमा वेटरको काम गर्न थाले ।

१९६० को डिसेम्वरमा उनले एडिसन टेक्निकल स्कुलबाट डिप्लोमा हासिल गरे । उनले १९६१ को मार्चमा युनिभर्सिटी अफ वासिङ्टनमा भर्ना भई प्रमुख विषय नाटक लिएर अध्ययन गर्न थाले । उनले मनोविज्ञान र दर्शनशास्त्रको पनि अध्ययन गरे । यही विश्वविद्यालयमा उनले आफ्नी भावी पत्नी लिन्डा इमरी भेटेका थिए । उनले इमरीसँग १९६४ मा विवाह गरे ।

लिन्डाको तर्फबाट ब्रुसका दुई सन्तान ब्रान्डन ली (१९६५–१९९३ ) र स्यानन ली (जन्म १९६९) जन्मिए । १९५९ देखि उनले अमेरिकामा मार्सल आट्र्स सिकाउन थाले । उनले जुडो प्रशिक्षक जेस्से ग्लोभरसँग मिलेर मार्सल आर्ट सिकाउन थालेका हुन् ।

ताकि कमुरा ब्रुसका सहायक प्रशिक्षक बने । उनले ब्रुसको निधनपछि पनि यो कार्यलाई निरन्तराता दिइरहे । ब्रुसले सियटलमा ली जुन फान गुँग फु इन्स्टिच्ुयट नामक पहिलो मार्सल आट्र्स स्कुल खोलेका थिए । १९६४ मा कलेज छोडेपछि ब्रुस ओकल्यान्डमा जेम्स लीसँग बस्न थाले । सो क्षेत्रमा चिनियाँ मार्सल आट्र्सका लागि निकै प्रख्यात उनी ब्रुसभन्दा २१ वर्षले जेठो थिए ।

तिनीहरुले त्यहाँ दोस्रो जुन फान मार्सल आट्र्स स्टुडियो खोले । जेम्सले नै ब्रुसलाई लंग बीच इन्टरनेसनल कराँते च्याम्पियनसिपका आयोजक एड पार्करसँग चिनापर्ची गराइदिए । सोही च्याम्पियनसिपमा पछि ब्रुसलाई हलिउडले फेला पा¥यो ।

सो प्रतियोगितामा ब्रुसले बुढी औंला र चोर औंलाले मात्र टेकेर पुसअप प्रदर्शन गरे । त्यहीं उनले आफ्नो अद्भूत शक्तिशाली वन इन्च पन्चको पनि प्रदर्शन गरे । आफूसामु उभिएका प्रतिद्वन्द्वीको छातीमा एक इन्चको दूरीबाट पन्च हानेर उनले प्रतिद्वन्द्वीलाई पर गएर पछारिने गरी हत्ताइदिएका थिए ।

उनको उक्त पन्च थाप्ने क्यालिफोर्नियाको स्टकटन निवासी बब बेकरले छातीको पीडा निकै असैह्य भएकाले काम छाडेर घरमै बस्नुपरेको स्मरण गर्दछन् । त्यपछि ब्रुसलाई कहिल्यै वन इन्च पन्च प्रदर्शन गर्न दिइएन । सोही च्याम्पियनसिप दौरान उनले पहिलोचोटी तेक्वान्दो मास्टर झुन गु रीलाई भेटे । तिनीहरुबीच स्थापित मित्रताले मार्सल आर्टिस्टहरुलाई निकै फाइदा पु¥यायो । रिले ब्रुसलाई विस्तृतरूपमा साइड किकको ज्ञान दिए । बदलामा बुस्रले उनलाई अकल्पनीय पन्च सिकाए ।

१९६४ मा क्यालिफोर्नियाको ओकल्यान्डस्थित चाइना टाउनमा उनको वोंग ज्याक म्यानसँग विवादास्पद प्राइवेट म्याच भयो । वोंग ताई ची चुआन र नर्दन साओलिन र सिन्गयिकुआनमा पोख्त मा किंन फुंगका चेला थिए । चिनियाँ समुदायले ब्रुसलाई गैरचिनियाँलाई मार्सल आट्र्स सिकाउन बन्द गर्न चेतावनी दिइयो । तर, उनले यो अस्वीकार गरेपछि उनलाई वोंगसँग म्याच खेलन चुनौती दिए ।

यस म्याचको सर्तअनुसार यदि ब्रुसले हारेको खण्डमा उनले आफ्नो स्कुल बन्द गर्नुपर्ने र जितेको खण्डमा भने उनले चाहेको व्यक्तिलाई केकुसियन सिकाउने पाउने । तर वोंगले एकपटक ब्रुसले चाइना टाउनमा गरिएको खेल प्रस्तुतिको क्रममा आफूले सानफ्रान्सिस्कोमा जसलाई पनि हराउन सक्छु भनी घमण्ड गरेकाले मात्र आफूले यो म्याच खेल्न लागेको र त्यस्तो अन्य केही सर्त आफूलाई स्वीकार्य नरहेको स्पष्ट पारे ।

किनभने उनी आफैं पनि गेर चिनियाँलाई पनि केकुसियन सिकाउनुहुने मान्यता राख्दथे । वोंगले यस म्याचको शुरुदेखि नै ब्रुसले मार्ने जस्तो गरी आक्रमण गरेको बताए । २० देखि २५ मिनेटमा सकिएको यो म्याच बु्रसले नै जिते । वाेंगले ब्रुस घाइते होला भनी आफ्नो निकै खतरनाक र शक्तिशाली किक नै प्रयोग गरेनन् । त्यसको केही सातापछि ब्रुसले अन्तर्वार्ता दिने क्रममा आफूले एक अज्ञात चुनौतीकर्तालाई हराएको दाबी गरेका थिए ।

यसै म्याचपछि उनले पुराना टेक्निकहरु त्यति प्रभाबशाली नरहेको महसुस गरी आफ्नै दर्शन र प्रविधिमा आधारित नयाँ मार्सल आट्र्स ‘जित कुने डो’ विकास गरेका थिए । यसको प्रतिक यिन यांग रहेको छ । ६४ केजी वजनका उनी आफ्नो कमालको फिजिकल फिटनेस र फुर्तीका लागि प्रख्यात थिए । उनी हरसम्भव तरिकाले सकेसम्म धेरै बलियो रहनका लागि आफ्नो फिटनेसप्रति निकै समर्पित र गम्भीर थिए । साथै उनको शरीर निकै लचकदार पनि थियो ।

उनी परम्परागत शारीरिक सुगठन प्रक्रियाबाट मांशपेसी निकै गठिलो बनाउँदा तेज गति र लचकतामा कमि आउने ठान्दथे । अमेरिका पुगेयता खाना सम्बन्धमा निकै गम्भीर बनेका उनले स्वस्थ खाना, हाई प्रोटिन ड्रिंक्स र भिटामिन तथा मिनरल सपलमेन्टस लिन थालेका थिए ।

एसियाली परिकारप्रति हुरुक्कै हुने उनी भात, दूध, सागपात र माछा निकै मन पराउँथे । आफ्नो पिता प्रसिद्ध क्यान्टोनिज ओपेरा स्टार भएकाले पनि उनी सानै उमेरदेखि नै फिल्ममा देखापरेका थिए । उनले गोल्डेन गेट गर्लमा पहिलोपटक बाल कलाकारको भूमिका निभाएका थिए । १८ वर्षको उमेर पुग्दा उनले २० वटा फिल्ममा खेलिसकेका थिए ।

मृत्यु
सन् १९७३ को १० मेमा हङकङको गोल्डेन हार्भेस्टमा इन्टर दि ड्रागनका लागि काम गर्दै गर्दा उनी एक्कासि ढेल्न पुगे । टाउको दुख्नुका साथ बेहोस भएकाले उनलाई तत्कालै हङकङ बापटिस्ट अस्पताल लगियो । डाक्टरहरुले उनको मस्तिश्क सुन्निएको अर्थात् उनी सेरेब्रल इडेमा भएको बताए । उनलाई म्यान्निटोल नामक औषधि दिइयो । त्यसले मस्तिश्क सुन्निने कम त भयो । तर, उनको मृत्युको कारण पनि पछि यही हुन पुग्यो ।

सन् १९७३ को जुलाई २० मा उनी हङकङमा जेम्स बन्ड फिल्मका हिरो जर्ज लाजेनबीसंग रात्रिभोजमा सरिक हुनेवाला थिए । लाजेनबीसँग मिलेर उनी फिल्म बनाउने सोचमा थिए । गेम अफ डेथ बनाउने विषयमा छलफल गर्न उनले दिउँसो २ बजे घरमा प्रोड्युसर रेमन्ड चोसँग भेटे ।

४ बजेसम्म छलफल गरेपछि तिनीहरु कारमा ब्रुसको साथी ताइवानी अभिनेत्री बेटी तिङ पेईलाई भेट्न उनको घरमा गए । तिनै जना बसेर त्यहाँ स्क्रिप्टमाथि छलफल गरे । त्यसपछि चो एउटा डिनर मिटिङमा भाग लिन हिँडे । केही छिनपछि ब्रुसले टाउको दुखेको गुनासो गर्न थाले ।

तिङले उनलाई एस्पिरिन र लठ्याउने मेप्रोवामेट रहेको एक्वाजेसिक नामक औषधि खान दिइन् । करिव साँझ ७ बजेर ३० मिनेट जाँदा उन िएकछिन निदाउँछु भन्दै पल्टे । ब्रुस डिनरमा नआएपछि चो त्यहीं आइपुगे । तर, उनले बु्रसलाई ब्युँझाउन सकेनन् । तुरुन्तै डाक्टर बोलाइयो ।

डाक्टरले उनलार्इ ब्यँताउन दश मिनेट कोशिस गरे । त्यसपछि उनलाई एम्बुलेन्समा राखे रक्विन एलिजावेथ हस्पिटल पु¥याइयो । अस्पतालमा पुग्नासाथ उनलाई मृत घोषित गरियो । त्यति बेला उनको उमेर मात्र ३२ वर्ष थियो । उनको शरीरमा देखिने कुनै चोट थिएन । तर, अटोप्सिको रिपोर्टमा उनको मस्तिश्क सुन्निएको जनाइएको थियो ।

चोले अन्तर्वार्ता दिने क्रममा उनको मृत्यु लठ्याउने औषधि मेप्रोवामेटको एलर्जिक रियाक्सनबाट भएको बताएका थिए । उनकी पत्नी लिन्डा आफ्नो गृहनगर सियटल फर्किन् । उनले सियटलको लेक भ्यु चिहानमा आफ्नो छोरो ब्रान्डनको समाधिसँगै बु्रसको पार्थिव शरीर समाधिस्थ गर्न लगाइन् ।


Your Views
Related News